Thursday, December 31, 2009

फर्किदै छु म मेरो देश नेपाल

भोली सबेरै भाले को डाँक त के भनु यो मरुभुमी मा सुर्यको पहिलो किरण सँगै आकाश मा उड्नु छ । म रोमान्चित छु सकुसल आफ्नो देस फर्किन पाउदा । भावना हरु पैठे जोरी गर्दै खेलिरहेछन जती सपना बोकेर बिदेसिएका हुन्छौ हामी नेपालीका छोरा छोरी त्यती सबैले सफलता हासिल गरेका हुन्छन भनेर भन्नु नै निकै कठिन् हुन्छ मलाई शायद देश छोडेर बिदेसिएका हरु ले यि अथवा मेरा जस्ता पिडा हरु भोगिरहनु भएको होला । जे जस्तो भए पनि म नेपाल फर्किदै छु भोली .....



हिजो आज गर्दै औंला गन्दै गर्दा देश छोडेको पनि 735 दिन हरु भएछ । देश त निकै नौलो भएको छ रे गणतन्त्रत्मक नयाँ नेपाल रे कती ले शाहीद को माला लगाइसकेका छन र कतिले लिस्ट मा नाम चढाइसकेका होलान यो त नगन्य नै भाईसक्यो तर पनि मिडिया हरुमा देश को खबर सुन्दा यस्तो लाग्छ म नितान्त नयाँ नौलो पारीबेश को आनन्द वा महसुस गर्न गैरहेको छु । म आएपछी निकै पुरानो राज सस्थाको बाहिर्गमन भयो जङल देखी सदन छिरेर कथामान्डुमा महल खडा गरे कसैले , कुनै नेता हरु युरोप देखी अमेरिका देखिसके , कसैले भए भर का लाई जागिर मा घुसाइसके आखिर त नयाँ बिल्कुलाई नयाँ भाईसकेको छ् नेपाल हुन सक्छ यो नयाँ नेपाल को नयाँ भिडमा म पुरानो नेपाली बिरानो हुन पनि सक्छु । नागरिक स्वतन्त्र को chahalpahal चलिरहेको बेला एक ले अर्को लाई मार्ने होड्बाजी चलेको छ रे , मलाई निकै डर लागेको छ कतै कसैको धारिलो .....भो अब त सम्झिन्न आङ सिरिङ्ग भयो । जे होस् काला पहाड देखी कोपाहेगन सम्मा देश ले यात्रा भरिसकेको छ । देश मा आ आफ्न गणराज्य हरु घोषणा भाईसकेको अवस्था छ मलाई त थाहा पनि छैन म् कुन राज्यको हुँ ? फेरी कथामान्डु बाटै फर्किनु पर्ने पो हो ?



जे भए पनि भोली त फर्किनु छ । मन मा अझै कौतुहुलता बाँकी छ साच्चै मेरो गाउ कस्तो भएको होला ? भुन्टी चेप्टे कत्रा भएका छन होला । यस्तै यस्तै सोचिरहेको छु । अफिसको काम सबै एउटा साथीलाई जिम्मा लगाएर मध्यानह मा राहदानी र तिकेट खल्तिमा हालेर रुममा फर्किएको म सुत्न खोजिरहेको छु अह पटक्कै आँखा बन्द हुन नै मान्दैन । फेस बुक खोलेको वालभरी अङ्रेजी बर्षा का शुभकामना का लहर हरु भरिएका छन । नेपाली नयाँ बर्षा मा मुस्किल ले ५ 7 वटा शुभकामना पाएको मैले यो अङ्रेजी बर्षामा झन्डै ५० नाघिरहेका छन हेर्दै छु कती सम्मा पुग्नेहोलान । यो भाईचरा को सदभाब देखेर खुशी त लाग्यो मलाई तै पनि मनमा सन्का बढ्दै पनि छ कतै नेपाली साथीहरु नेपाली नयाँ बर्षा त परिवर्तन गरेका हैनन यो नयाँ नेपाल बनाउदा आखिर जे भए पनि नेपाल गएरै थाहा पाउनु पर्ला । अब त नेपाल मा लोड सेडिङ छ रे शायद ईमेल लेख्न पनि मुस्किल होला तै पनि साथीहरु माझ जसरी पनि आउने प्रयास गर्ने छु कृपया मलाई फेरी फ्रेन्ड लिस्ट बाट नकाउट नगरनु नि है त नमस्ते !! जदौ !!!

===================================
प्रदिप सुबेदी
म्याग्दी
आज : कतार
भोली : नेपाल

Tuesday, December 29, 2009

बाई बाई २००९ , !!!

Dear Friends,


Where did the year go?



Suddenly it is December......again - and we realize that with giant strides we started in January and within a blink of an eye, 2009 is on its’ back!
A big
"Thank You" to each and every one of you, for the impact you had on my life this year. Especially for all the support, telephone calls, sms’s, and e-mails I received (not forgetting those shoulders when I needed it), the happy moments to smile about and the sad ones to cry about, ....... Without you, I'm sure that 2009 would have been extremely boring.
From my side I wish you all a
MAGICAL FESTIVE SEASON filled with Loving Wishes and Beautiful Thoughts.
May 2010 mark the beginning of a Tidal Wave of Love, Happiness and Bright Futures.














To those who need money,
may your finances overflow

To those who need caring,
may you find a good heart

To those who need friends,
may you meet lovely people

To those who need life,
may you find GOD।


THANK YOU FOR 2009!

A HAPPY NEW YEAR!
GOD BLESS,




Thanks & Regards.
Pradip K. Subedi

Tuesday, December 8, 2009

गीत ( निस्ठुरी को माया )

Love MySpace Images
हेरु कि मात्रै ईशाराले बोलाउ खै
चकित छु एक्लै कती टोलाउ खै ????

कहाँ जाने कती हिंड्ने मेरो कुनै टुङ्गो छैन
कोरु भने दिलमा मात्रै नाम पनि उन्को छैन
कस्तो हो यो चाहना खै !सुन्यता मा क्षितिज खोज्ने
कस्तो हुन्छ पिडा भनी कोही छैन मलाई सोध्ने ....


हिम्मत गरी बोलाउ कि ! एक्लै आँफु टोलाउ खै ??
ब्यथा साह्रै बढ्दै गयो कस्लाई भनी सुनाउँ खै ....!!


जती नजिक हुन खोज्छु उती दुरी बढ्दै गाछ
सिम सिम पानी सँगै हुरी पनि बढ्दै गाछ
रात कुरी आकाशतिर जून उदाउछ कि भनी हेर्छु
अध्याँरोमै जिबन डुब्छ लामो श्वास तानी फेर्छु .....

हेरु कि मात्रै ईशाराले बोलाउ खै
चकित छु एक्लै कती टोलाउ खै ????

अझै पनि नबुझिदिने निस्ठुरी कस्ती हौ नि ?
क्याक्टस भित्र उम्रिएकी काँडाँ जस्तै छौ नि ...


हिम्मत गरी बोलाउ कि ! एक्लै आँफु टोलाउ खै ??
ब्यथा साह्रै बढ्दै गयो कस्लाई भनी सुनाउँ खै ....!!

Love MySpace Images

Thursday, December 3, 2009

किन फेरी झर्कियौ .....???

बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ
हाइ ! मात्रै भनेको थिए किन फेरी झर्कियौ .....


न गल्ती केही मेरो, न त केही भनेकै थिए
कस्ले मन चोर्यो खै ! अनायासै तर्कियौ .......


कुन तराजुले जोख्यौ कुन्नी ? जुठो हुने मेरो माया
म त सानो जात को रे !! सुनपानिले छर्कियौ ......


जुन बाटो आयौ तिमी उही बाटो नै फर्कियौ
सितको थोपा मागेको हुँ असिना भै दर्कियौ ......


बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ
हाइ ! मात्रै भनेको थिए किन फेरी झर्कियौ .....


Sadness

Sunday, November 29, 2009

इद को छुट्टी, देश सम्झिदै २-४ गिलास अनी मेरो ब्लग

साच्चिकै ब्लग लेखाइ निकै दिनभरी जोतेर थाकेको बहर गोरु जस्तो भएको छ मेरो लागि । के लेखु के लेखु हुन्छ अनी लेख्दा लेख्दा सधैं नै कुनै बिषयको अन्त्य नभैइकनै अल्छि लागेर आउछ अनी धेरै कथा हरु आधुरै भएका छन फेरी आज भोली निन्द्रा ले अली निकै लखेट्न थालेको छ खै ! शायद बुढेस काल सुरु पो भएको हो कि कुन्नी ।

काम को पेला पेल पनि जिन्दगीमा कहिल्यै नसकिने भयो । यो गर्‍यो त्यो नहुने त्यो गर्‍यो अर्को नहुने यो अपुरै अधुरै को मारामारिमा नै जिन्दगी बितिरहेको छ आखिर यसैलाई जिन्दगी भन्छन क्यारे । आ जे सुकै भनुम जाबो जिन्दगीलाई मलाई कुनै महत्व लाग्दैन आफ्नै जिन्दगी पनि यो मान्छे मान्छे को भिडमा धन को थुप्रो खोज्न आफ्नो देस अनी परिवार छोडेर प्रदेसमा बस्दा को पिडा मलाई मात्रै हैन धेरै नेपालीका छोरा छोरी हरुलाई अनुभब भएकै कुरा हो त्यसमाथी हाम्रो समाज खाली पस्चिमेलि मुलुकमा बस्ने लाई वा भनौ डलर कमाउनेलाई मात्रै प्राथमिकता दिन्छ अनी त हामी जस्ता खाडीमा आफ्ना सपना पालेका हरु ब्यर्थ जस्तो लाग्छ आफ्नै जिन्दगी किनकी पलाघरे साइलाले जस्तो अस्ट्रेलिया मा भाडा माझ्न सकिएन न त डाडा घरे काजिकी छोरीले जस्तो इजराएलमा कपडा धुन सकियो आखिर बाबुले रिन काडेर दिएको लाखौं रुपैयाँ दलाल लाई दिदा पनि अमेरिका को एम्बेसी छिर्न पाईेएन क्यानाडाको कन्सल्टेन्सी देख्न पाईएन यस्तै छ यो गरीब नेपाली छोराको काहानी । यहाँ नेर कसैलाई कन्फ्युज नहोस् कृपया काम कामै हो ( फेस बुकमा अल्का सेर दिदिले लेख्नु भएको थियो काम कहिल्यै सानो ठुलो हुँदैन सेबा नै धर्म हो - उहाँको कुरा निकै मनाशिव लाग्यो मलाई पनि ) जुन ठाउमा या त अमेरिकामा भाडा धुने काम होस् या त अरब मा रोड खन्ने काम होस् आखिर काम कामै हो बरु पैसा पो ठुलो सानो भएकोहोला र त हाम्रो समाजको हेर्ने दृष्‍टिकोण यस्तो, हुन त किन नहोस् गरीब जनता का धनी नेता हरुले हाम्रै रेमिट्यान्स को आसमा बजेट पारीत गरेका छन । जय होस् ।भो कुरो नगरु देसको पिडा हरु यहाँ ।


अब आफ्नै गन्थन मन्थन तिर लागौ । बर्षा मा बल्ल बल्ल पाएको छुट्टी कसरी मनाउने भन्ने कुरो मा पनि साथीहरुको आ- आफ्नै राय हरु निस्किन थाले । कसैले कहाँ जाने कसैले के गर्ने भन्ने ताइ र तुइँ को कुरो नमिलेर म, अर्जुन दाई अनी अमर दाई भने कही नजाने भैइयो । अन्य साथीहरु भने कता कता गए कुन्नी हामी भने जम्यौ २ -४ गिलास संगै कुरो को सुर्की र् तुर्की तिर ।














सुरुमा कम्पनिका २-४ कुरा हरु बाट सुरु भएको फेस बुक हुँदै अन्त त देशमै गएर बाजियो । कसैले यो नेता को कुरो मिलेन , कसैले फलानोको काम भएन आखिर जसको कामको मुल्याङ्कन निस्पक्ष गर्ने हो भने हामीले सोचेको र खोजेको कुनै पनि ब्यक्ती बाट हुन सकेको छैन भने अब कसको काम राम्रो भन्ने । बिचार को राजनीतिक नगरने नेपाली नेता लाई के भन्ने खै ! आफ्नै देसको सडकमा बसेर त्यही देस मा उत्पादन भएको चिउरा खाएर आन्दोलन गरेर सर्बसाधारण को काम ठप्प गर्न हुने भने सहमति गर्न सिङापुर जानु पर्ने । पर्दा भित्र आफु आफु मिल्छन बाहिर हामीलाई चटक देखाउछन भने अब हामीले के आश गर्नु र है । यिनै कुरा हुँदा हुँदै अर्जुन दाई ले भन्नु भयो " एल सि डि टि भि ले अर्को टि भि भन्दा थोरै इलेक्ट्रिसिटी लिन्छ यस् अर्थ मा हाम्रो जस्तो बिद्युत को संकट हुने देस मा हामीलाई उत्साहित गर्नु को साटो राज्यले भ्याट भनेर प्रती इन्च ६५० लिन्छ " अब कसरी यि नेता लाई हामी जनता प्रती उत्तरदायी छन भन्ने ?? अर्जुन दाई को कुरो निकै मनासिब् लाग्यो मलाई । हामी यस्तै यस्तै गफ गरेर आखिर छुट्टी सकियो पनि , शायद यि कुरा हरु र बास्तिक नेपालीले भोगेका कुरा हरु लेख्ने नै हो भने यो सानी ब्लग मा पुरा पनि नहोला । सत्य जहिले पनि तितो हुन्छ , यि तिता सत्य मेरा कलम ले लेखिरहदा मलाई पटक्कै जाँगर पनि चलेन । आखिर जे जस्तो भए पनि मलाई यि दिनहरु को सम्झना कैद गर्न मन लाग्यो त्यसैले पनि यो ब्लग मा नट गरेको छु ।

Friday, November 20, 2009

यि आँखा हरु .....







अनुतरित हेराइ बोकेका यि आँखा
सिधा - सिधा
मेरो मुटुमा घुसेर आक्रमण गर्न थालेका छन ।
सिधा - सिधा
दिमाखमा चढिसकेका छन
त्यसैले म नियाली रहन्छु यि हेराइ
म खोतलिरहन्छु ति पर्खाइ
कतै मेरो बाटो कुरेका त छैनन
अहँ .....
कसरी सम्भव छ
हैन असम्भब पनि त के छ
के यो हेराइको भाव त बुझ्न सक्छस ...???
फेरी बुझेर पनि त के गर्न सक्छस र !!!
मेरो चर्मा चक्षु भित्र को यि द्वन्द्र
करण
आखिर यिनै आँखा हरु >
अनौठो हेराई बोकेका यिनै आँखाहरु
अदभुत रहस्य पोखेका यि आँखाहरु
म फगत मा
या त द्रबिभुत भएर ....
या त मदहोसी बनेर
पीइरहेको छु प्यालाहरुमा जिन्दगी को
म पल पल झुमिरहेछु नशा भित्र यि आँखाको
आखिर बुझ्नै गार्हो यि आँखाहरु
जती नै खोजे पनि
आखिर भुल्नै गार्हो यि आँखाहरु .............

Tuesday, November 17, 2009

मेरो मन फेसबुक अनि मेरै दिनचर्या

आजभोलि मेरो लेखन मा निकै कमी आईरहेको छ कारण म अल्छि पनि हैन न त म ब्यस्त नै छु वास्तव मा इमान्दारिता का साथ भन्ने नै हो भने म सँग लेखिहाल्नु जस्तो रोचक तथा नयाँ केही पनि छैन । हुन त देस को कुरा गरु भने सबै ले छि छि र नाकै खुम्च्याउने बनाइसकेका छन देश आफ्नै बाउँको बिर्ता सम्झेर सिंहदरबार छिरेका वा हामी नेपाली नेपालीमा असान्ती मच्चाउन लाइसेन्स पाएका ६०१ भिजलान्ते हरुले त्यसैले पनि अखबार हेर्दा हेर्दा नजर गलेर आउछन मेरा भने यो नाथे ब्लग मा कस्ले पढ्ने ? फेरी समुन्द्र वारीको देशमा बसेर अखबार को साहरा मा मैले के नै लेख्नु छ र मेरो देसको काहानी जता हेरेपनी भिजलान्ते हरु ले नै मच्चाइरहेको उदण्ड का खबर हरु बाहेक कुनै नौलो नयाँ सुन्ने दिनको प्रतिक्षा बाहेक अरु के नै हुन्छ र अब त हामी प्रदेसिहरुको ??

त्यसैले मैले आजभोलि देस लाई सम्झेर रुन सके पनि २ शब्द लेख्न सकेको छैन । माया पिरतिको कुरो लेखौ भने पनि ३ दसक को उमेरमा के बैस पोखेको होला यो ब्लग मा भन्नु होला भनेर चुँइक्क गर्न पनि सकेको छैन किनकी देखेको छु सबै फेस बुकमा ब्यस्त छन माया साटासाट गर्न मा बैसालु मनहरु । त्यही देखेर आज भोली लोभि नै भएछु कि के हो या त आसातित मन भएर पो हो कि दिन को एक्चोटी फेस बुक लग नगरे के बिर्सें के बिर्सें हुन्छ मलाई पनि । जती फेस बुक को वाल स्क्रोल गर्दै अगाडि बढ्छु त्यती साथीहरुका शब्दहरुले मेरो मन पनि स्क्रोलिङ भैरहन्छ ।
"बगायौ रगत गोर्खाली दाजु बिदेसको भुमि मा!आमाको चोला सकियन फेर्न के गर्नु त्यो तक्मा!जन्मनु मात्रै आमाको काखमा के पायौ बिदेसमा!गाली र बेईजत बिधुवा सिउदो भाइ टिका रित्तो पायौ ................"अर्जुन जि को हार्दिकता तितो सत्य बनेर दुखिरहेको रहेछ वास्तवमा मलाई पनि अलिकती पिडा भयो उहाँका गर्भिला शब्दभाब सँगै देस अनी प्रदेसी जिन्दगी देखेर जुन पिडा हरु पल पल मेरा पाइताला ले छिचोल्न परिरहेको छ । पुर्खा हरु ले कमाएको बहादुर नाम दिन दिनै बदनाम भैरहेको छ विश्वामा नै कारण गरिबि ले बिदेसिएका हरु को चित्कार , देसमा असान्ती मच्चाइरहेको फोहोरी राजनीतिक अनी बढ्दो चोरि डकैति आदी इतयादी जता बाट सम्झे पनि आखिर पिडै पिडा अनी भन्नु होस् त म के लेखम मेरो यो ब्लग मा ।

आखिर मन न रहेछ जता लगे पनि कन्ट्रोल को नै कमी हुन्छ अनी फेरी म सधैं फेस बुकमा नै लट्ठ हुनु बाहेक बिकल्प नै देख्दिन । साथीहरु पनि निकै स्वादिला अनी हार्दिकता ले भरिएका हुनुहुन्छ मेरो फेसबुकको वाल मा । अस्ती बेटी जि ले भन्नु हुन्थ्यो मलाई ३ बर्ष बिताउन यदी दु:ख भएन यो बिरानी ठाउँमा तर आज ३ दिन मेरो लागि एउटा कठोर संघर्श बनिरहेको छ शायद यतिबेला उहाँ परिवार को साथमा हुनुहुन्छ अनी आफन्तको मिलनमा उंमङिगिएर यो पिडा भुल्नु भएको होला त्यसैगरि म उहाको जस्तै पिडा बोकिरहेको छु अउँला भाच्छु मरे घट्दैनन दिन हरु अझै ४० दिन पो बाँकी रहेछ त ? जे होस् बातावरण बिग्रिएको सुन्दर नेपाल हेर्न म निकै आतुरिएको छु । अनी फेरी म फेस बुकमै ब्यस्त हुन्छु । एक्दिन लारा जि ले फेस बुकमै भएको रमाइलो प्रसँग मेरो संसार मा लेख्नु भएको थियो मैले पढेको थिए निकै कमेन्ट पनि आएका थिए हिजो संजोग भनौ उहाँ सँग भेट भयो फेस्बुक् कै च्याट रुममा अनी मैले उहाँ लाई सोधेको थिए बाहुन हरु को त वास्तवमै खेदो खन्नु भएछ नि लारा जि भनेर तर उहाँले हाँसेर जबफ दिनु भयो बुझाई त आफ्नो आफ्नो नै हो कन्जुस जि तर पनि धन्यवाद आखिर मलाई थाहा छैन लारा जि को लेखाइ मा के नै लुकेको थियो तर मलाई चसक्क भयो मान्छे हरु किन जात अनी बर्ग र क्षेत्र को निहुँ पारेर मान्छे मान्छे को सम्प्रदाए मा आघात पारीरहेका छन । यि कथित जात भात का कुरा गरेर राजनैतिक् छबी बनाउने हरुले खेलेको खेल मा अनायासै होमिने को सन्ख्या नगन्ने हुँदै गैरहेको छ दिनहुँ । यस्तै कुरा खेल्दै खेलाउदै मैले मेरो मन फेस बुक कै वाल मा स्खलित पार्दैछु अझै ।

"WE LOVE OUR FLAG " भन्दै "रुपा जि ले देसको झन्डा राख्नु भएको रहेछ यो देखे पछी झन मेरो मन छताछुल्ल भएर आयो । विश्वा मा नेपाल अनी नेपाली चिनाउने एउटा छुट्टै बिशेषताको यो झण्डा खै कसैलाई भारी भयो रे अनी फेर्ने कुरो गरिरहेका छन रे नयाँ नेपाल मा । के सुन्नु परेको हो यो फुट्ने कानले पनि ?


जे भए पनि जस्ले जे गरे पनि म रुपा जि लाई धन्यवाद नदिकन बस्न सक्दिन कम्सेकम यसको महत्व बुझ्ने ले त बुझेकै छ नि । आखिर देसको झन्डा फेरेर नागरिक स्वतन्त्र आउने भए या त जनताको घर दैलो मा चापी ठोकेर जनताको सर्बोच्चता हुने भए कामरेड हरु लाई लाल सलाम मेरो हैन भने करिमा बेगम अनी दुर्गा देवी जस्ता लाई यो देसमा कानुन छ भन्ने आभास दिलाउन किन कुनै माइकोलाल जन्मेको छैन ???((((( आखिर जनतालाई स्विजरल्यान्ड को सपना बाडेँर देसलाई नाइजेरिया वा युगाण्डा बनाउन लागिपरेका नेपाल आमा का कुपुत्र हरुलाई मैले भन्नु पर्ने शब्द नै भेटाउन सकिन यदी कसै सँग छ भने सापटी दिनु होला है !!))))))))))))))))

आखिर मन न रहेछ साथी हरु यही मनको साहरा ले केही गर्न नसके पनि फेस बुकमा रमाउन भने जानेको छु नै । साथी हरुको भिड भाडमा घुसेको म "बिध्या जि को कबिता ले पनि मन्त्रमुग्ध भएको छु " यस्तै रेनुका सोल्टिनी हुनुहुन्छ उहाँ का गहकिला मायाबी शब्द हरु पढ्दा निकै आनन्द लाग्छ " क्रिस जि अनी उहाँकी सानु को कथा निकै अगाडि बढीरहेको छ " हाइ हेलो गर्ने हरु पनि निकै भेटिदा रहेछन कसैले त प्याच्च सुन्न नसक्ने शब्द हरु प्रयोग गर्दा भोली देखी फेस बुकलाई बाइ बाइ भनु कि झै पनि लाग्छ तर नसकिने रहेछ पनि । त्यसैगरि भुल्न नै नसकिने साथीहरु "पुष्प जि " अंबी अधिकारि, रोशन पोखेरेल जि " अनुकुल जि , किरण भाई "मेरी बर्षा सुबेदी बहिनी " प्रगती जि , दीपा जि" सबैलाई मेरो नमस्ते ल ।

Sunday, November 8, 2009

हे !! युबा

यदि तिमीलाई
साच्चै देसको माया छ भने
यदि तिमीलाई नेपाली हुनु छ भने
पिलिज छोडिदेउ तिमी यो
डोको मा क्रोध बोकेर पोको को खोजमा
पिलिज छोडिदेउ तिमी यो
सडकमा अबोध पोखेर, चोको को खोज मा
किन की ....
तिमीलाई थाहा हुनुपर्ने बेला आइसक्यो
देसै नभए पछि के को भेस होला र !!
भेसै नभए के को मेस होला र ???
आखिर
नगरिकता ओछ्याएर धर्ती देखिन्न
न त नागरिकता ओडेर जाडो छेकिन्छ
त्यसैले यदि तिमीलाई
साँच्चै नेपाली हुनु छ भने
या त नेपाल को भनी चिनिनु छ भने
नजाउ अब तिमी गल्ली तिर
नजाउ तिमी चौक तिर
त्यहाँ त केबल
६०१ गुण्डा हरुले ताण्डब न्रित्य देखाइरहेका छन्
हाम्रो अगाडी जति चिल्लो घसेका हुन्छन्
उती हाम्रै घाँटी कस्न बसेका हुन्छन
हैन भने
हेर त तिमी ले
हिजो र आज मा कति परिवर्तन चाहेका थियौ हामीले
आज र भोलिमा के के सपना देखेका थियौ हामीले
तर यिनीहरुले
गल्लिमा आगो फुकेर हाम्रो भबिस्य जलाउन थालेका छन्
मान्छे मान्छे बीच कलह रोपेर बैमान फलाउन थालेका छन्
त्यसैले !! खबरदार तिमीलाई
नजाउ त्यो द्रिस्य हेर्न तिमी
सचेतना तिमीलाई
नखोज तिमी पनि गुण्डराज बन्न
किनकी तिम्री आमाले
मेलम्चीको पानी सम्झेर परान धान्न सक्दिनन अब
न त तिमी र तिम्रो भाई को बर्ग सँघ्रस नै थाम्न सक्छिन
केबल हेरिरहेकी छिन्.......................................................
तिम्रो हात मा बन्दुक नभएर कलम होस्
त्यहि कलम ले निकालेका शब्दहरु
यी घाउँहरु मा मलम होस्
हो !!
यदि तिमीलाई साँच्चै देशको माया छ भने
यदि तिमी नेपाली नै हुनु छ भने
पिलिज ..............छोडिदेउ । ।

Monday, October 5, 2009

गजल ( उनको खोजीमा छू )

























चुलोचौका अनिलो भो नुन को खोजिमा छु
अध्याँरो भो बस्ती मेरो जुन को खोजिमा छु

समयको अघिपछी मोड्दै जिन्दगी यो
बेचैनिमा रङ्ग भर्न मिठो धुनको खोजिमा छु

धेरै पल्ट छुरा हान्यौ बैगुनी मलाई नै
उजागर गर्न मन गुणको खोजिमा छु

एक्लोपन उदाएर अस्ताइसके खुशी हरु
पर्खाइको पिडा बोक्दै उनको खोजिमा छु ।

Friday, October 2, 2009

गजलमै प्रदिप भाईलाई उत्तर दिन्छु म


कृष्ण सुबेदी
चितवन नेपाल
हाल : दोहा कतार





(प्रदिप भाईको गजल पढ्दा किन किन मलाई उत्तर खोजे जस्तो लाग्यो त्यो गजल ले हुन त भाईको वास्तविक जिबन के होला त्यसमा आफ्नै परिस्थितीहरु हुन सक्छन तर पनि यो ब्लग भाईले मेहनत गरेर यती सुन्दर बनाउदा पनि यहाँ का रचनाहरु वास्तव मा एक्ला अनी सुन्यतामा रमाइरहेका पाउछु म । त्यसैले यो यती मिठो गजल लाई एक्लिन नदिन म उत्तर लेखेर भाईको ब्लग मा पाहुना बनेर झुल्किएको छु )






सङ्लो मन थियो कसैको धमिलो माया मिसायौ
आफ्नै जुठो मन छ तिम्रो ब्यर्थै म सङ्ग पो रिसायौ ।

रहर गरेका थियौ र पो दिएकी थिय यो चोखो मन
मेरै आँखाँहरु छली बेकारमा किन जहर मिसायौ ।

अझै पनि तिम्रो लागि म रित्तिएकी छैन प्रदिप
माझेरिमै स्वागत छ तिमीलाई, किन आँगनिमा बिसायौ ।

सङ्लो मन थियो कसैको धमिलो माया मिसायौ
आफ्नै जुठो मन छ तिम्रो ब्यर्थै म सङ्ग पो रिसायौ ।

(समाप्त )

गजल तिम्रो यादमा

























के भुल गरे नानु तिमी म सङ्ग रिसायौ
आशु त पिएकै थिए अझै जहर मिसायौ

झुल्किन्थ्यौ की भन्ने आश जिन्दगिमा न्यानो घाम
खै ! किन मन तिमीले हिउँ जस्तै चिसायौ

सन्कै सन्काको संसार यो स्वार्थले भरिदो रहेछ
कतै ! तिमिले पनि दिल अन्तै चौपारिमा बिसायौ

ब्यर्थै भार भैरहेछ मलाइ जिबनको गती यो
त्यसै माथि तिमीले ढुङ्गा राखी हिडायौ


के भुल गरे नानु तिमी म सङ्ग रिसायौ
आशु त पिएकै थिए अझै जहर मिसायौ

Monday, September 28, 2009

एउटी अन लाइन साथी


उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन ।
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि

हाम्रा यस्तै यस्तै मीठा कुराले जिन्दगिका यात्रा हरु पुरा हुँदै थिए । मलाइ थाहा पनि थिएन के मैले कतै गलत धारणाले सपनाहरु त देखेको छुइन कती बेला म आँफैलाई प्रश्न पनि गर्थे त हैन उनी जस्ती पाउनु मेरो लागि ठुलै कुरो हो जस्तो लाग्थ्यो पनि किनकी उनी साह्रै मायालु थिईन । हुन त हामी एकअर्कालाइ भेटेका त थिएनौ येती सम्मा की वेब क्याम पनि कहिल्यै खोल्दैनथ्यौ मैले एक्दिन हिम्मत गरेर सोधेको थिए तर उनिले भनिन नाइ प्रदिप जी समय आए पछी हाम्रो भेट भैहाल्छ नी । मैले फेरी सोध्ने आँट कहिल्यै गरिन । समय आफ्नै रफ्तर मा थियो त निर्जला र म पनि हाम्रै यात्रमा । हुँदा हुँदा उनिलाइ एक्दिन अन लाइन मा नदेख्दा त लाग्थ्यो यो दुनियाँ सुन्य नै छ ।

पोहोर् बर्ष यही दशैंको दिन थियो उनी को घर मा जुठो परेको थियो रे अनी घरमा एक्लाई भएको ले सारा दिन हामी अन लाइन मा मीठा मीठा कुरा गरेर बितायौ । आफु त बिदेसको ठाउँ भने जस्तो समय पनि नमिल्ने तर पनि उनिको लागि डिउती नै हापेर पनि म अन लाइन् बस्ने गर्थे यो भन्नु को मतलब मेरो मन भित्र उनी पर्ती एउटा ठुलै काल्पनिक संसार रचेको थिए । थाहा भएन उनिको मनमा के उब्जिएको थियो । उनी सँग घन्टौ जिस्किनु नै म आफुलाइ भाग्यमानी ठान्थे सधैं शायद यही नै मेरो कम्जोरी थियो । येत्रो संचारको होड्बाजी को दुनियामा हाम्रो मिलन केबल अन लाइन मै सिमित थियो न मैले उनिलाइ फोन नम्बर सोध्न सके न उनिले नै दिइन । मन मा त उनिको सुरिलो स्वर सुन्न सधैं आतुर हुन्थे त कहिले काही म आफ्नो वेब क्याम खोलेर बस्थे कतै उनिले अनुमती माग्लिन र यही निहुमा म पनि उनिलाइ हेर्न पनि सकु तर उनिले कुनै दिन न त वेब नै मागिन न त आफ्नो नै खोलिन केबल हामी आउँला दुखाइ दुखाइ मन लाई मायाबी कुरा मा रुमलेर एक अर्कामा लठ्ठिएर दिन हरु बिताउथ्यौ ।

जिन्दगी को अर्को नामै सायद अचम्म हो केरे जुन अचम्म आज मेरो जिन्दगिमा मिलेको छ । म यतिबेला आफुलाइ सम्हाल्न नै सकिराखेको छैन कुन सब्द ले लेखु जस्तो भैराखेको छ हाम्रो मिलनको बिन्दु या त हाम्रो यात्रा को अन्त्य हुन सक्छ यो अन्त्य उनिको लागि सुखद बनेको होला तर मेरो लागि अहिले पनि छाती हातले छामिरहेको छु यो छाती भित्र को सानो संसार याने की मेरो मुटुमा भुइचालो गएछ की के हो कुन्नी धड्किरहेको छ । कुनै शब्द भेटाइरहेको छैन मैले मेरो यो काहानी लेख्ने आखिर सत्यता जहिले पनि तितो हुन्छ भनेझै मेरो अगाडि हिजो सम्मका सबै palharu छिन् भरमै तिता भए आफ्नै छाया चर् चर् फुटेको जस्तै देखेको छु मैले त ।
म काम सकेर आज अलिकती चाडो फर्किएको थिए अनी घर तिर फोन गर्नु पर्‍यो भनी हतार हतार कम्प्युटर खोले संयोग भनु की के हो कुन्नी निर्जला पनि अन लाइन मै रहिछिन मेरो साइन ईन हुनु बित्तिकै हाइ भन्न थालिन मैले पनि हेल्लो भने । निकै मीठा मीठा कुरा हुँदै गए उनी ले लिङगे पिङ्ग र सेल रोटिका कुरा गर्दा मेरो मुखबाट झन्डै र्याल निस्केको थियो पनि । दसैंको निकै महान्ता को गाथा गाइन अनी भन्दै गैइन गाउको काहानी । यती लामो समय हामी अन लाइनमा कुरो हुँदा वा मन भित्र भित्र पिरतिका आँकुरा पलाउदा पनि हामीलाई एक अर्काको गाउ कहाँ भन्ने कुरो पनि थाहा थिएन । कुरै कुरो मा एक्कासी उन्ले वेब को अनुमती मागिन म त यिनै दिनका प्रतिक्षा मा थिए । पहिला मैले उनिलाइ हेर्ने भने उनिले पहिला मलाइ हुँदा हुँदा हामी बिच निकै बेर झग्डा हुँदै गयो नेपाल को राजनितिक जस्तो । अन्तमा गाउखाने कथा को उत्तर जस्ले मिलाउन सक्दैन उसैले खोल्नु पर्ने सहम्ती भयो भाग्यले मलाइ सजिलो सोधिन भने मेरो प्र्स्न को उत्तर उनी ले दिन सकिनन अनी उनैले वेब खोल्ने कुरो बन्यो तर केटी न हुन फेरी एउटा प्रस्तव राखिन संगै एक एर्काको अनुमती रिकोजिसन एसेप्ट गर्नु पर्ने । आखिर सहमती नगरे त आजाको दिन पनि हेर्न नपाइएला भनेर मैले ओके गरिदिए ।


१ , २ , ३ , दुबैको वेब क्याम खुल्यो म त समुन्द्र मा नै हाम फाले जस्तो भए किनकी उनी अरु कोही नभएर आज भन्दा ५ बर्षा पहिला मेरो यात्रा बाट छुटेकी सहयात्री थीइन् । मेरा आँखा एका एक रसाए उनी त मलाइ हेरेकै हेरै भैइन । म सँग केही सब्द पनि थिएन बोल्ने यती मीठा मीठा गफ गर्ने हामी दुबइ एक एर्कालाइ देखेर नतमस्तक भैइयो । बडो मुस्किल ले सञ्चै हुनुहुन्छ भनेर लेख्दै थिए अचानक उनी अफ लाइन भैइन मैले टाइप गरेको सेन्ड गर्न पनि सकिन । यत्रो ठुलो संसार हामीलाई किन यती सानो भएको होला ? नियती ले पनि किन होला मलाइ सधैं पिडा माथि पिडा दिरहेको छ । निर्जला ( कलात्मक नाम धारी ) मेरी सानु सायद भगवान ले फेरी हाम्रो मिलन गराउन चाहेका थिए होलान तर तिमी यस्पाली पनि आफुलाइ कायर बनायौ हैन । तिमी साँच्चै कायर हौ नानु !!


आजा आखामा बिल्कुलाई निन्द्रा छैन । पुराना कुरा अनी नयाँ कुराको समायोजना गरेर आलोचना पनि गर्दै छु अहँ मन अडिएकै छैन केबल बगिरहेछ नदी जस्तै । हुन त जिन्दगी पनि त नदी नै हो एक्लाई बगेर अनेकौ चट्टान सँग जुध्नुपर्ने .......

अन्त मा नानु तिमी अफ्लाइन भए पनि सधैं म अन लाइन नै हुन्छु किनकी तिमीले जिस्काएको मन तिम्रै प्रतिक्षामा बिलौना गरिरहेको छ बुझ्नु नबुझ्नु आफ्नै तरिका हो । समय ले छुट्टएको हो हामीलाई शायद यही समयले नै मिलाउन खोजेको पनि हुनसक्छ त्यस्सैले यो ब्लग पढ्यौ भने पक्कै उत्तर लेख्ने नै छौ भन्ने आशा लिदै .............

अन्त मा बिजय दशमी २०६६ को हार्दिक मङल्मयी उमङको शुभकामना ल नानु ...
उही तिम्रो हुन नसकेको प्रदिप

Tuesday, September 8, 2009

मिन पचासे जिंदगी


Thursday, September 3, 2009

हाई हाइ सेतो मुरली



यामुना अर्याल
गुल्मी
हाल : अनाम नगर काठमाडौं




तपाईंहरुले आज कतै बाटोमा सेतो मुरली नसमाएको मनिष देख्नु भयो ? एक्छिन पक्कै अलमलमा पर्नुहुन्छ होला, धन्दा मान्नु पर्दैन उहिल्यै कृष्ण ले ब्रिन्दा बनमा गोपिनिहरु फकाउन बजाउने सुरिलो धुन दिने बाँसुरिको कुरा गरेको हैन मैले, कुरा आजकाल सर्बत्र यत्रतत्र देख्न पाइने पान पसल देखी नाङ्लो पसल सम्मा अनी स्टार होटेल देखी भट्टी पसल सम्म बिना कुनै हिचकिचावट प्रयोग मा आईरहने हामीले देख्दै आईरहेको उही चिरपरिचित सेतो मुरली को हो । सेतो मुरली चुरोटको समानार्थी शब्द हो, चुरोट भन्न साथ कसैको मुखमा र्याल आउन सक्छ त्यसैले कुरा सेतो मुरली बाट सुरु गरेको हो । सेतो मुरली बेगरको मान्छे भेटाउँनु भनेको आजकाल प्याज नखाने बाहुन जस्तै भएको छ । के बालक के ब्रिदा के सज्जन के दुर्जन सबैको हातमा, खल्तिमा दर्जा अनुसारको मुरली रहेको छ् त्यसमा कुनै सन्देह छैन । छोटो समयमै निकै लोकप्रियाता हाँसिल गर्न सक्क्षम भएकोमा सेतो मुरली ब्रन्ड लाई गिनिज बुकमा नाम लेखाउन यो पङ्तिकार हार्दिक ब्यक्त गर्छ । अझ अहिले को सचेत बर्गको कोटिमा बिराजमान युबा पुस्ता को त के कुरा ? २ ४ कक्षा पढ्न पाएको छैन चुरोट समाएर हिंड्न थाल्छन यो त एउटा सरुवा रोग भाईसकेको छ नियन्त्रण को सिमा नै छैन । कसैको लाज सरम मान्नु नपर्ने कसैको धक नलाग्ने जहाँ जस्तो अवस्थामा जसरी प्रयोग गर्दा पनि इज्जदार देखिने सेतो मुरली को प्रयोग ले नेपाल मा पनि अड्डा जमाएको छ । नजमाओस पनि कसरी ? मानिसलाइ पिर मर्का पर्छ त्यही पिर मर्का हटाउने पनि त्यही सेतो मुरली , मानिसमा खुशीको बहार आउछ यसलाई हर्स उल्लास मयी बनाउन अझ भनौ रोमान्टिक बनाउन सक्ती थप्ने पनि यही सेतो मुरली । आखिर के सक्ती छ यो सेतो मुरलिको धँवासे संगितमा ? आखिर किन मनिष हरु जिबनलाई किन धुँवामा उडाइरहेका छन ? के पिर चिन्ता भुलाउने वा खुशी भित्र्याउने अरु कुनै माध्याम छैन र त्यही सेतो मुरलिको सिरोपण गर्नु पर्ने ? पन्क्तिकार को यो जिज्ञासा यि चुरोट शिरारोमणिहरुलाई ।

स्वाथ्य सिक्षा पढाउने एक जना गुरुले कक्षामा चुरोटको कुलतमा फस्न हुँदैन भन्दै लेक्चर दिन्थे उनी आँफै पिरिएड सकाएर चक डस्टर राख्न नपाउदै सेतो मुराली बजाउन सुरु गरिहाल्थे, एक दिन बिद्यार्थीले चुरोट खाएको थाहा पाउदा ति सरका लोप्पा खान परेको थियो यसै सन्दर्भमा उनले भनेका थिए " मैले जे गर्छु तिमीहरुले त्यो नगर मैले जो भन्छु त्यही गर " यस्तै हो अहिले को चलन अर्ती उपदेस दिने तर उलङ्घन आँफैले गर्ने कती रमाइलो ? केही समय अघी १२ कक्षा को परिक्षा चलिरहेको थियो, फिजिक्स बिषयको परिक्षा बिग्रिएपछी एउटा नाम चलेको कलेजका बिद्यार्थीको ठुलै जमात सुन्धारामा यही सेतो मुरलिको धुनमा माहिर थियो । त्यस्तै १५ जनाको समुहमा ५ जना छात्रा छन भने बाँकी सबै छात्र । यसो हेर्दा कुनै पार्टिमा जान लागेका हुनकी जस्तो लाग्थ्यो चट्ट टाइसुटमा सजिएका , टल्किने जुत्ता लगाएका खानदानिका छोराछोरी जस्ता । यसो छेउबाट यो पन्क्तिकार ले चियाउदै गर्दा त्यो भिडको एक जना सन्जिब हो या सञ्जय भन्ने ले सँगइ उभिएको साथीको काधमा धाप मार्दै भन्यो "क्या झुर भयो यार लास्ट नाइट त् एक्जाम बिग्रेको झोकमा रुममा बसेर मजासँग सेतो मुरली बजाइरहेको बेला मा ड्याड छिरेर लास्टै र्याक गर्नु भो यार म त आज दिनभर ३ प्याक लगाउने सुरमा छु केटा हो साथ दिने हो ? " अर्को साथीले मुख खोल्यो "ह्या त पनि के भनिरा तलाई साथ नदिने को छ र यहाँ ? हामी सबै एउटै ड्याङका मुला त हौ नि आखिर सबैको एक्जाम बिग्रेको छ सबैले टेन्सन साफ गर्नु त पर्‍यो नि हैन केटा हो " सबैले हो मा हो मिलाए । पङ्क्तिकार गाडी कुरेर बसिरहेको थियो यस्तैमा एउटा छत्रा ले भनिन हैन फिजिक्स पो बिग्रियो नि अरु त राम्रो गर्नु पर्छ क्या हिड रुममा गएर पढौ उनको कुरा लाई कस्ले स्विकार गर्ने ? ए पढेर के हुन्छ र ? किन पढ्नु ? जिउँ जिन्दगी रमेर अर्को एक बिद्यार्थीले खल्ती बाट चुरोट निकाल्दै तान्न सुरु गर्‍यो अनी क्रमस अरु सम्मा पुग्यो यो क्रम । उनिहरुलाई भोलिको जाँच कसरी राम्रो गर्ने भन्ने त छैन नै छ त केबल हिजो बिग्रिएको जाचको टेन्सन साफ गर्ने कडि सेतो मुरलिको । तेन्सन बाट मुक्त हुन्छ के लेउ एक सर्को उसले आखुले खाँदै गरेको चुरोटको आधा ठुटो देखाउदै अर्को बाट सुरु भयो, मानौ सुनधाराको यात्रु प्रतिक्षालय सेतो मुरलिको धुनमा तरङगित भयो । केटीहरुलाई पनि चुरोट तान्न अनुरोध गर्दै थिए तर केटीहरु भने चुइगम खान मै ब्यस्त थिए ।



भर्खर टाइसुटमा सजिएको यो जमात एकै छिनमा कसैको टाइकमिज भन्दा लामो कसैको छोटो छोटो आँफै बेतालमा उपस्थित हुन लागे । यो समुह अरु कोही नभएर राजाधानिको महँगो कालेजमा १२ को परिक्षा दिन लागिरहेका धनी बाउका छोराछोरी हरु थिए । समुह मा आबद्द कुनै पनि बिद्यार्थीको हतमा झोला थिएन किताब कपी हुने त कुरै भएन । सबै कलेजको छप अन्कित पोसाकमा थिए एकै छीन उनिहरुको रमिता नियालिरहेको यो पन्क्तिकार लाई केही प्रश्न गर्न मन त थियो तर मुख खुल्न सकेन अनी चुप्चाप हेर्न वाध्य । चुरोट खाइसकेपछी उनिहरु मध्यकै एउटाले भन्यो " केटा हओ हिड त्यही हो के आज जाने भनेको भन्दै धरहरा अगाडि रहेको डान्स बार तिर लक्षित गर्दै अनी उनिहरु सबै जना त्यतै सोझिए । शुक्रबार को दिन प्रया निजी कालेजमा बेन्च्डेस्क् रित्तै हुन्छ रे भन्ने सुनिएको थियो तर आँफैले देख्न पाउदा पत्यार लाग्यो पनि । काठमान्डौको निकै महँगो नाम चलेको कलेज् का बिद्यार्थीको यो हबिगत देख्न पाउने यो पन्क्तिकार एक्लो त पक्कै हैन र देख्ने जती सबैको मनसयमा घुसेको हुनुपर्छ कि निजी कलेज् त्यस्माथि पनि त्यत्रो नाम चलेको कालेजका बिद्यार्थीहरु कती सम्मा छाडा हुँदा रहेछन उता महँगो कालेजमा छोरा छोरीलाई पढाएको भन्दै आमा बाबु को नाक घिरौला भन्दा ठुलो यता छोरा छोरीको चाल् भने यस्तो मजाको छ । घरअबाट त पक्कै जाच दिन हिंडेका नै त् होलन नत्र कलेजको पोशाकमा .........
यसबारेमा न त कलेजको प्रशासन ले चासो राख्छ न त् अभिभाबक ले नै ? आमा बाबु हरु ले लाखौं खर्च गरेर महँगो कालेजमा पढाउन पाएको मा त्यस्सै मख्ख उता कलेज् मोटो रकम असुल्न मै ब्यस्त तर बिद्यार्थी बिग्रेकोमा कसैलाई चासो छैन यस्तै हबिगत हुने हो भने त हाम्रा युबा सिक्षित पुस्ता भनेर चिनिने बाट के नै आशा राख्न सकिन्छ ? कतै देसको भबिस्य पनि यही सेतो मुरलिको धुँवा सँगै मडारिदै उड्ने त होइन ?

यो एउटा घटना जो हालै यो पन्क्तिकार को आँखाले कैद गर्न भ्याएको थियो । आजकाल का युबा पुस्ता सेतो मुरली अर्थात चुरोटका असली प्रयोग कर्ता बनेका छन । उनिहरु नै बाहिर धुम्रपान गर्नु हुँदैन भन्छन तर पाएको बेला मा आफ्नै औकात समेत बिर्सिन्छन । अहिले को युबा पुस्ता लाई निकै सचेत पुस्ता भनिन्छ तर वास्तविकता नीयाल्ने हो भने त युबा पुस्ता को नामै परिवर्तन गरेर बायुपुस्ता गराए हुन्छ वा फरक नपर्ला । बायु जता मन लाग्यो त्यतै बहन्छ भने आजकालको युबा जमात पनि तेस्तै छ । भर्खरै स्कुल पढ्दै गरेका बिद्यार्थी बिना चुरोट हिड्दैनन्, अन्य लागु औषधी को कुरा त सामन्य हुँदै गएको छ । सभ्य ठाउका असभ्य युबा पुस्ता देखेरै थाहा हुन्छ कि नेपालको भावी मुहार कस्तो हुने हो भनेर । केही टेन्सन पर्‍यो चुरोट सल्कायो र तान्यो टेन्सन साफ , केही खुशीयाली भयो वा रमाइलो गर्नु पर्‍यो चुरोट सल्काएर धुवाको तुवालो फिजायो रमाइलो, कतै सभा समारोह आयोजना होस् त्यहा पानीका गिलास भन्दा चुरोट का ठुट्टा फाल्ने पिलेट राखिएका हुन्छन । आँह कती लोकप्रिय चुरोट । कती महिमा छ सेतो मुरलिको ? विश्वा यत्रो मन्दिले आक्रन्त हुँदा पनि चुरोटमा कहिल्यै मन्दी आएन । हातमा चुरोट समाएर चिया पिउदै गरेका एक प्रब्रिद्द ब्यक्तिले पन्क्तिकारको यही प्रश्न मा भनेका थिए " हेर्नुहोस् चुरोट आँफैमा नराम्रो होइन यो एउटा ह्याबिट हो जब यसमा एक्पटक लागिन्छ पार पाउन निकै गार्हो छ । यो यस्तो चिज हो जसलाई रोमान्स को बेला मा पनि उपयोग गर्न सकिन्छ दु:खको बेलामा पनि पिर मेटाउन सकिन्छ । उनले यसो भनिरहदा दिक्क लाग्यो चाट्रड एकाउन्टेन्ट भैसकेको बिद्द्वान मान्छेको भनाइ सुन्दा बिरक्ता पनि लाग्यो । घरअको एक जिम्मेवार ब्यक्तिले लतलाई यसरी व्याख्या गरेपछी उसका भावी पुस्तामा यो गुण नसर्ला भन्न सकिदैन । अन्त्य मा भन्नै कर लाग्यो यत्रतत्र सर्बत्र हाइ हाइ सेतो मुरली ।

Wednesday, September 2, 2009

हेर्दा हेर्दै हावाइजहाज चढेर पो जानु भयो त

जिन्दगी नै त आखीर एउटा यात्रा रहेछ यही यात्रा मै भेटिनु भयो मित्र दिपेस थापा हुन त अर्गानैजेसनमा त उहाँ मेरो सिनियर हुनुहुन्थ्यो तर आज मलाई उँहालाइ साथी नै भनेर बोलाउन मन लागेको छ र उहाले पनि साथी नै मान्नु भयो र त आज मेरो आँखामा नराखे पनि नबिझाउने हुनुहुन्छ उहाँ । म त स्वार्थी मान्छे जहिले पनि लिना जानेको छु त्यसैले पनि उहा बाट निकै लिए सके जती लिए ज्ञान लिए मन लिए उहाको निकै समय पनि लिएको छु मेरो आफ्नो ब्यक्तिगत काम को लागि त्यसैले आज उहा नहुँदा यि सबै कुराको कमी भइरहेको छ अनी निकै मिस गरिरहेको छु यो ब्लग मार्फत ।

जिबन मा साथी निकै किसिमका हुन्छन कोही निकै स्वार्थी हुन्छन आफ्नो फाईदा मात्रै सोच्ने कोही मख्खिचुस हुन्छन पैसा निकाल्न पटक्कै नखोज्ने तर अर्काको पाए लाजै नामानी खाने अनी कोही हैकम लगाउन जानेका मात्रै जसले जे भने पनि अर्काले मानिहालोस चाहे त्यो राम्रो कुरा होस् चाहे नराम्रो । कोही निकै घमन्डी पनि हुँदारहेछन कोही मेरा गोरुको बार्है टक्क गर्ने खालका कोही त धाक मात्रै देखाउने अनी अर्काको अगाडि स्मार्ट मात्रै देखिन खोज्ने भने कोही सुर्ती खाएर कोठा गहनाउने बनाउने कहिले पनि सफा नगर्ने अनी झगडा गर्ने आखिर निकै भोगियो यो बैदेसिक रोजगारिको दौरानमा तर यि माथिका भन्दा पनि निकै भिन्न खालको हुनुहुन्थ्यो मेरो मित्र दिपेस् सर । हामी झन्डै २ बर्ष एउटै कम्पनी मा बिताइयो समयको परिवर्तन संगै आज उहा नेपाल जानु भयो म यही को तातो हावा खाँदै छु थाहा छैन कहिले सम्मा यो तातो हावा मा दौडिरहनु पर्ने हो ।

एउटा मिठो अतित बन्दै छन उहाँ सँग बिताएका पलहरु जो हरेक क्षण मेरा आँखामा नाचिरहन्छन हुन त मैले भोगेको अनुभव अनुसार भावनात्मक साईनो नै मिठो हुन्छ रगतको भन्दा भनेर भन्दा पनि रगतको नातामा कर्तब्य बाँधिएको हुदोरहेछ भने भावनात्मक नातोमा माया लुक्दो रहेछ । यिनै शब्द हरुसँग बग्दै दिपेस् सर सँग बिताएका पलहरुको मिठो सम्झना राख्दै केही तस्बिर यो सानो ब्लग मा राखेको छु मैले ।







दिपेस् सर धन्यवाद हजुरलाई त्यो मित्रता दिनु भयो धेरै कुरा सिकाउनुभयो हुन सक्छ यो अबधिमा कुनै दिन हजुरको चित्त दु:खाएको पनि हुन सक्छु यसको लागि माफि चाहन्छु आशा छ हजुर को माया ज्यान टाढा भएपनी मन टाढा हुने छैन ।

हजुर जहाँ भए पनि खुशी हुनुहुनेछ भन्ने शुभकामना सहित् अहिले लाई बिदा माग्छु ल ।

Friday, August 28, 2009

"नबिर्सें तिमिलाई नपाए तिमीलाई









"नबिर्सें तिमिलाई नपाए तिमीलाई "
"बिना अर्थ दिलमा सजाए तिमीलाई "


जुनेली त्यो रात थियो तिम्रो मिठो साथ थियो
दुई मुटु तिर्खाएर एकै हुने चाहत थियो .....
कस्को आँखा पर्‍यो कुन्नी अनायासै बर्जपात आयो
हुन सक्छ तिमीलाई बैशको मात लाग्यो ....



जून् बनेर ऊदायौ आँखामा नचाए तिमीलाई
धुन बनेर रेटियौ जिबनमा बजाए तिमीलाई
"बिना अर्थ दिलमा सजाए तिमीलाई "


सम्झिदा ति दिनलाई आशुमात्रै पाए मैले
जिन्दगीमा जहिले पनि धोका मात्रै खाए मैले
"नबिर्सें तिमिलाई नपाए तिमीलाई "
"बिना अर्थ दिलमा सजाए तिमीलाई "

Thursday, August 27, 2009

जिबनमा दु:ख को छाँया हरु























हो नानु आज आनायासै छाती फुलेर आएको छ किन हो कुन्नी आँखाहरु पनि फरफराइरहेका छन बेजोडले । मुटु भित्र भक्कनिएर आएको छ एस्तो कि जस्तो ठुलै चोट बजारिएको छ आफ्नै सिर मा ।

I dont want to show my sadness to anyone ...but this is my blog and just cant hide my emotions from here.But the fact is that she's quite angry with me and I have been crying a whole single day I dont know what to do ... i dont want to work , i dont want to write....I simply dont know what to do !! all i can think of is the miles of Loneliness that i have to cover in this whole one year.

किन किन मलाई रुन मात्रै मन लाग्यो आज
नदी बाट उछिट्टिएको बगर हुन मन लाग्यो आज

चाहेर मात्रै जिबन मा छुन नसकिने आकाशका जुनहरु
रोएर मात्रै नसकिने जिन्दगीका मीनपचासे धुनहरु ...
बज्थ्यो कि त गीत मिठो कसैले रेटिदिए तार हरु
एकल यात्रीका घुम्तिमा कोही भेटिदिए यार हरु ....

Tuesday, August 25, 2009

गीत जिन्दगीको



















जिन्दगी न हो बगिरहेछ खोला जस्तै
कहिल्यै नभरिने मगन्तेको झोला जस्तै

कहिले हाँसियो रमाएर कहिले हिडियो आँशु झार्दै
कहिले जितियो खेल केही कहिले आफुसंगै हार्दै
जती भरिदै गयो उती पोखिदै
धेरै र थोरै सधैं जोखिदै .......

जिन्दगी नै हो बगिरहेछ खोला जस्तै
कहिल्यै केही नहुने सधैं होला होला जस्तै

कसैलाई केही सानो कसैलाई के के ठुलो
आफ्नो भने जिन्दगी सधैं चुहिने मात्रै दुलो
तिम्ले भन्थ्यौ टालेर आउ फाटेका भागहरु
माफ गर सकिन पुरा गर्न तिम्रा यि मागहरु

जिन्दगी त हो नि हजुर बगिरहेछ खोला जस्तै
कहिल्यै नभरिने मगन्तेको झोला जस्तै
कहिल्यै केही नहुने सधैं होला होला जस्तै ....

Saturday, August 22, 2009

तिज को रमझम







बिदेसमा बसेपछी अब यो सबै सुबिधा त खोज्नु पनि भएन तर फोटो हरु चोर्न भने पछी चाँही परिन ।







क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले

जती फकाउदा पनि मनै नपग्लिने
डेड फुटे नानी उनी कहिल्यै नअग्लिने
मेरो आँखा के भयो खै उनी मात्रै नाच्छिन
तिज आयो भनेर कम्मर मात्रै भाच्छिन ।

क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले


यो पालिको तिजमा उनको बुद्दी फर्कियोस
तर्किरहने उनको मन मै तिर सर्कियोस
छम्छमि नाच नानु तिज आयो भनेर
छिट्टै आउछ प्रदेसी बस औंला गनेर

क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले ।

Friday, August 21, 2009

तिजको लहर आयो होला बारी लै !!



" तिजको लहर आयो बरिलै "
" हासेर नाचेर मनाउ बरिलै "


मलाई निकै याद आउछ यो दिन को । हुँ न त घरमा धेरै दिदी हरु भएर पो हो कि के हो निकै रमाइलो हुन्थ्यो हाम्रो घरमा । आमा ले मिठो दर बनाएर खुवाउनुहुन्थ्यो । हामी साथीहरु मिलेर हरेक बर्षा गाँउमा सास्क्रिती कार्यक्रम राख्दथ्यौ । मैले जहिले पनि उदघोसकको काम गर्थे अनी अली अली कोमेडिमा नाच्न पनि आउथ्यो शायद अहिले पनि मेरो गाउमा मलाई सम्झिरहेका होलान पनि र मैले यहाँ अहिले निकै मिस गरिरहेको छु ।


समय सधैं एक नाश नहुने पनि आज यो मरुभुमिमा बसेर एक फेरी आफ्नो देशलाई सम्झिदा अनी हाम्रा सस्कृतिहरुलाई सम्झिदा छाती चिरिएर आउछ । जे भए पनि यो नेपाली हिन्दू महिलाहरुको महान चाड को पावन अबसरमा म परद्शी को तर्फ देखी सम्पूर्ण नेपाली महिला हरु साथै मेरा दिदिबहिनीहरु आमा सानीआमाहरु , फुपुहरु सबैमा हार्दिक मंगल् मय दिर्घायुको शुभकामना .....

" बर्षको दिनको तिज आयो दर खानु हाँसेर "
" रातो सारी लगाउ चेली छम छम नाँचेर "

तिज आयो छम छमी नाँचिदेउन - आगनिमा कम्मर भाचिदेउन


" हे यसपाली को तिजमा दिदी लिना जान पाइन "
" आमा ले पकाएको दर चोरि चोरि खान पाइन "

बसेको छु प्रदेसमा तिजका दिन सम्झेर
कहिले आउँला नेपाल जाने दिन गनेर ।


Posted by Picasa

Friday, August 7, 2009

गीत

कसैलाई माया गरे कुन्नी कस्तो भुल भयो
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो

मिल्काउदै छ्यौ मेरो माया बगरको ढुङ्गा जस्तो
भेट्यौ कि त माया कतै सुबास दिने फुल जस्तो
कस्तो मन रैछ तिम्रो काँचुली झै फेरिरहने .....
बनाउने भयौ यो आँखालाई फोटोमात्रै हेरिरहने ....

तिमीलाई मन दिए खै ! कस्तो भुल भयो
पराइको माया तिम्लाई सुबाश छर्ने फुल भयो
तिमीलाई माया गर्ने कस्तो मेरो भुल भयो ।

तिमी बिनाको जिबन भन्दा पिउनै जाती जहर बरु
त्यागी दिन्छु बाँच्छु भन्ने मेरा सबै रहर हरु ......
देख्यौ भने सपनिमा नडराउनु है ! अँधेरिमा
जुन बनी उदाइदिन्छु सधैं तिम्रो माझेरिमा

कसैलाई माया गरे कुन्नी कस्तो भुल भयो
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो

Sunday, August 2, 2009

साथी दिबस को शुभकामना

साथी दिबस अर्थात friendship डे कसैका आँखामा फुल फुले पनि कसैको आँखामा काँडा उम्रेका पनि होलान किनकी जसले नयाँ साथी बनाए वा भेटाए उनिहरु पक्कै रमाए जसले बिभिन्न करणले साथी वा मन पराएका चिज गुमाए तिनिहरुलाई पक्कै आजको दिनले केही मर्माहत बनायो होला । मेरो कुरा गर्दा खासै यो मेरै साथी हो भनेर सम्झेर रुने वा हर्श बिभोर भएर हिंड्ने जिबनमा त्यस्तो साथी नै भेटिएनन भन्दा पनि जती भेटिए त्यतिले आफ्नै स्वार्थ पुरा गरेर गए । त्यसैले पनि आजको यो पवित्र दिनमा सर्ब पर्थम तिनिहरुलाई मेरो शुभकामना ........

बाल्यकाल का साथी हरु को कुरा गरौ भने गाउमा जन्मिएको म खोला मा पौडी खेल्निहरु , संगै डन्डी बियो खेल्दा झ्यालि गरेर मुक्का मुक्की गर्नेहारु कोही छोरा छोरी बोकेर छाती फुलआउँदै हिड्छन उनिहरुलाई पनि शुभकामना र कोही हबाइ जहाज चढेर अमेरिका भन्छन केरे पुगेका हरु लाई पनि ग्रिन कार्डको शुभकामना अब स्कुले तिर साथीहरु लाई सम्झिदा कोही लेक्चर भएका कोही हाकिम साब छन मेरो शुभकामना ले छुन्छ कि छुदैन जे भए पनि आजको दिनमा शुभकामना। केटी साथीहरु पनि थुप्रै थिए अटो ग्राफ भर्ने चलन थियो त्यतिबेला स्कुलमा शायद जोगाएर राखेका भए मलाई सम्झिएका होलान सम्झिना न्भ्याएका भए पनि मेरो सम्झना चाँही स्विकार्नु ल ......

अब पढ्न त सकिएन नै हलो जोत्ने काम पनि आफ्नो देश भित्र गर्न सकिएन त्यसैले साहुको रिण गरेर हबाइ जहाज चढेर कतार तिर छिरेका म अनी म जस्तै साथीहरु सबैलाई यो साथी दिबसको उपलक्ष्य पारेर अलिकती भए पनि बोत्तल रित्याउने शुभकामना शुभकामना ........

मैले त यत्रो शुभकामना दिए अब हजुर हरुको पालो ल शुभकामना दिने मात्रै भन्दा त एक दुई बोत्तल भेटी लिएर यसो मेसो गरौ न त पो जय ! साथी दिवस .....


Tuesday, July 28, 2009

जिबनको गोरेटोमा (जिंदगी जी )

आकाशमा कालो बादल पत्र - पत्र परेर फाटिरहेको थियो भने हामीहरुको मन त्यही बादलजस्तै भित्र भित्र फाटिरहेको थियो ! प्रदिपे ,आज पानी पर्ला जस्तो नि आकाश ड्म्मै कालो बादलले ढकिसक्यो त् " हवल्दार् साब बङ्कर बाट बाहिर निस्किएर आकाशतिर हेर्दै मलाई बोलाउछन
" साब पनि अब यो असार मा पानी नपरे के बर्सेला त् " नजिकै बसेको मेरो ब्याजी रामहरी प्याच्च बोल्यो अरु दुई चार जना पनि उसको जबाफले गलल हाँस्न थाले तर मलाई भने उनिहरुको कुनै कुराले आक्रसित गर्न सकेन आँखा भरी सान्नानीको मुहार झल्झली नाँचिरहेको थियो अस्ती मात्र सान्नानीले पत्रमा लेखेकी थिन तपाईं बिनाको जिबन सार्है खल्लो लागेको , डाँडा पाँखा पनि सुन्य लाग्छन आखिर कस्को लागि तपाईं लडिरहनु भएको छ् ? तल्ला घरे काकाले पनि जागिर छोडेर घर आउनु भएको बर्षाकी छोरीले सधैं हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छे उसलाई के जबाफ दिउँ ? उनको पत्र पढ्दा जाबो पुलिसको जागिर चटक्कै छोडेर हिडौ जस्तो लाग्थ्यो फेरी आँखाभरी घरका अभाव हरु खट्किन्छन,पानी पर्दा चुहिने घरको छानो अझै नयाँ जस्ता लगाउन सकेको छैन दुइ चार मुरी धान फल्ने तलको गैरी खेत पनि बन्धक राखेको लीलामी होला जस्तो आखिर मानिसको लागि सबै भन्दा ठुलो सत्रु भनेकै गरिबि रहेछ एकछिन अल्बमका फोटाहरु ओल्टाइपोल्टाइ धित नमरुन्जेलसम्मा हेरिरहन्छु कोही साथीहरु तास खेलिरहेका छन ,कोही एक आपासमा छेड्छाड गरिरहेका छन गजबको हाम्रो सद्दम हुसेनको जस्तै बंकरभित्रको जिन्दगी मनमा अनेक कल्पना गरिरहेको थिए त्यती नै बेला रोल्गलको साइरन बज्यो , बकरभित्रका सबै साथीहरु चौरमा थुप्रिन्छन बुटको तना कस्दै थिए छिटो गर है ! प्रदिपे भन्दै हवल्दार् साब कराउँछन रिमरिम साँझको बेला चराचुरुङि कराउँने त्यसमाथि निकै उचाइमा उभिएको खाराको डाडा निकी मनमोहक देखिन्छ , असारे हरियाली नजिकैको मकै बारीमा धानचमार फुलेको, लामो लामो मैको घोगा देख्दा मलाई मेरो गैरी खेतको साअरो सम्झना आउछ

द्वन्द्रकालिन परिस्थिती जतिबेला जे पनि हुनसक्छ त्यसैले सुरक्षा का केही निर्देशन् कम्पनी कमान्डरले हामीलाई जानकारी गराउछन अनी हामी - आफ्नो डियुटी पालो लिस्ट हेरेर फेरी बंकर तिर छिर्छौ केही बेर पछी स्पेसल टास्क फोर्स अन्तरगत सर्च मा गएको हाम्रो प्लाटुनको एउटा टोली आईपुग्छ, मैले मेरो अतिनै मन मिल्ने साथी सुनिललाई बाहिरतिरको हालखबर सोध्दछु उसले खासै केही फेला नपरेको जानकारी दिन्छ के गर्ने कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भएको थियो हाम्रो पुलिसको जागिर दिनहु रेडियो , पत्र पत्रीकामा मृत्युका खबर बाहेक अन्य समाचार शायद नेपालीहरुको कानमा कमै पर्दथ्यो यस्तो लाग्थ्यो कतिबेला कुन गोली आएर यो मिनपचासे पुलिसको जिन्दगी बोकेर लैजाने हो पत्तै हुँदैनथ्यो कहिले काही आफ्नो जिन्दगी देखेर पनि सार्है उराठ लागेर आउथ्यो भात खाने घन्टी लाग्यो सबै थाल बोकेर कुदन थाले आज मलाई अघी देखिनै पेट दुखेको थियो त्यसैले खाना नखाने सोचमा थिए " ! प्रदिपे खाना खाँदैनस " हवल्दार् साब प्लेट बोकेर हिड्दै थिए सर आज अल्ली सन्चो छैन मैले यती मात्रै भन्दै थिए उनले फेरी भने " अहिले जङलमा गएर भ्याकुर खालस अनी ठीक होला " ।मैले खासै जबाफ दिनु उचित मानिन् खिस्स हाँसिदिए उनी मेस तिर लागे मेरो ब्याजी बिक्रमले प्लेटमा खाना लिएर आयो " खाँ प्रदिपे अब खाएपछी हाम्रो टोली तल धुलिहेलको जङलमा गएर आउने रे ! उँ मुखमा भातको गास हाल्दै बोल्यो

"हैन मेरो बजे यही सेन्ट्री गार्ड थियो " मैले आफ्नो अनभिग्यता जाहेर गरे

छोड्दे यार ! यहाँँ भन्दा बाहिरै मजा आउछ उसले प्लेट्को भात आदी जस्तो सिध्याइसकेको थियो मैले पनि रुचे जती खाए , अनी सबै जना बुट सुट कस्न थाले
! केटा हो, राम्रो सँग हतियार चेक् गर है फेरी जङ्गलमा गएर नपड्केला नि ! हाम्रा कमान्डर कराउदै थिए सबै जना रेडी भएपछी थ्री नट थ्री बोकेर हिड्यौ जङ्गल तिर हामी जङ्गलमा पुगेको केही बेरमा नै पानी दर्किन थाल्यो झ्याइकिरी झ्याइ झ्याँई कराइरहेका थिय साँच्चिकै उराठलाग्दो थियो हाम्रो यात्रा त्यहाँ नुनको सोझो गर्नुपर्ने बाध्यता थियो हामी पुलिसहरुमा राष्ट्रियताको नाममा आफ्नै दाजु भाईहरुसँग लडिरहेका थियौ एका एक कमान्डरको सेटमा हाम्रो टोलीलाइ फिर्ता बोलाइयो चौकिबाट हामीहरु फर्किन थालयौ, पानीको कारणले शरीर लुछुप्पै भिजेको थियो अझ थरथर काँपेको थिय तर के गर्नु जागिर जागिर नै हो आखिर हाम्रो टोली चौकिको नजिकै पुग्न के आँटेको थियो एक्कासी गोली पड्कियो चारै तिर हाम्रो सिङ्गो पुलिस चौकी नै दुस्मनको घेरामा परिसकेको रहेछ असिना परेझै गोलीहरु बर्सिन थाले कमान्डरले चौकिमा सम्पर्क गर्दै थिय तर एकै छिनमा सम्पर्क बिच्छेद भयो "आत्मसमपर्ण गर्ने भए गर नत्र चौकी ध्वस्त बनाइदिन्छौ भन्दै माओवादीहरु धम्की दिदै थिए उता चौकिबाट पनि हाम्रा साथीहरुले हिम्मत भने आईजा अगाडि" भन्दै गोली बर्षाइरहेका थिए रात चकमन्ना थियो पानी झन झ्याम झ्याम परिरहेको को थियो, लाग्थ्यो मृत्युको शंखघोश गर्दै काल हाम्रो वरिपरि घुमिरहेको हामी बिचमा थियौ, माओवादी हरु थुप्रै संख्यामा थिए उनिहरुले बम फाँलेकोले आगोका ज्वला समेत निस्केका थिए केही बेर हामी नस्मस्तक भयौ के गर्ने के नगर्ने दिमागमा कुनै जुक्ती आएको थिएन हामी बिस्तारै पोजिसनमा पाइला चौकितिर बढायौ , कमान्डरले हिम्मत लिएर काम गर भन्दै ईशारा गरेका थिए केही अगाडि पुगेपछी हाम्रो जम्काभेट भयो माओ को एउटा ग्रुप सँग हाबाको झोकमा असिना परेझै गोली बर्सिन थाले हाम्रा जना साथीहरु पानी पनि भन्न नपाई ढले थाहा भएन उनिहरु कती जना पल्टिए पोजिसनमा फाएरिङ्ग गरिरहेको थिए अचानक मेरो दाहिने पाखुरामा एउटा गोली आएर ठोक्कियो राइफल भुइमा खस्यो हातबाट रगतको धारा बग्न थालयो, फनफनि चक्कर लाग्न थालयो साथीहरु सबै तितर बितर भए , खल्तिबाट रुमाल निकालेर पाखुरामा बाँधे रगत बगिरहेको थियो राइफल अनी गोली बोकेको झोला त्यही फालेर ओरालो झरे बिस्तारै मनमा बाँच्ने आशा एक्दमै कम थियो एक पल्ट सम्झिए घर परिवारलाइ अनी प्रण भन्दा प्यारि सान्नानीलाई बाबुको मुख देख्न तड्पिरहेकी सानी छोरीलाई चकमन्न अध्याँरो रात त्यसमाथि जङ्गल, पानी निकै परिरहेको थियो लड्दै पल्टिदै निकै तल आईपुगे एकातिर प्यास लागिरहेको थियो अर्कोतिर पाखुराबाट रगत बगिरहेको थियो ताउँको मा रिङ्गटा लागिरहेको थियो गोली निकै नै पड्किरहेको सुनिन्थ्यो त्यहाँ भन्दा अगाडि हिंड्न सकिन एउटा ढुङ्गा मुनी गएर लुकी बसे पानी पर्न केही काम भएपनी जाडोले मुटु थर थर काँपिरहेको थियो भने आँखाँभरी साथीहरुको तस्बिर नँचिरहेको थियो गज्याङ गुजुङ मानिसहरु बोलेको आवाज आयो संसकित भए कतै .....
यसो चियाएर हेरेको आगोको राँको बालेर केही हुल दौडिरहेका थिए - कसैले डोको पनि बोकेका थिए मैले अड्कल गरे माओवादीहरु घाइते तथा म्रित ब्यक्तिहरु सुरक्षित स्थान तिर ओसारपोसार गरिरहेका थिए मैले त्यहा बस्नु आफुलाइ सुरक्षित ठानिन खल्तिबाट घडी निकालेर हियर रातको १२ बजिरहेको थियो हातको दुखाइ चर्किरहेको अवस्थामा खुट्टाहरु कपाउँदै हिंडे त्याहाँ बाट छामछुम गर्दै अगाडि बढीरहेको थिए आँफैलाई थाहा थिएन कता जादैछु मनमा साह्रै पस्चाताप लागिरहेको थियो साथीहरुलाई छोडेको मा आफुलाइ सम्हाल्दै अगाडि बढीरहेको थिए एक्कासी मेरो कानमा ऐया ! ऐआ ! गरेको स्वर ठोक्कियो तर्सिए " लौ फेरी भेट हुने भयो यिनिहरु सँग " साँच्चै आज मलाई कालले पिछा गरेको नै रहेछ, मनमा यस्तै भान भयो एउटा रुखमुनी लुकेर चियाउन थालए आध्याँरोमा खासै केही कसैलाई देख्न सकिन तर आवाज भने अझै आईरहेको थियो ऐआ ! ऐआ मरे पानी आमा पानी , स्वर पूर्णता महिलाको थियो , मलाई डर लाग्न थालयो भुत पिचासका कुरा हरु पनि खेल्न थाले मस्तिस्कमा स्वर अझै तिखाएर आयो मरे ! पानी , पानी मैले आफुलाइ समाहल्न सकिन आखिर एउटा सिपाही हुँ सिपाइको मनमा पनि माया हुन्छ आँ मर्न नै लेखेको रहेछ मरुला मनमा यस्तै सोचेर त्यो आवाजलाई पछ्छए त्यो आवाज आएको नजिकै पुगे अध्याँरो चौपट्टै थियो थियो एउटा छल बस्तु छट्पटाइरहेको थियो मैले अड्कल गरे उनी पक्कै माओकी घाइते योद्रा हुन जसलाई उनका साथीहरुले नै छोडिदिएछन उनी पल्टिरहेको ठाउँमा गए उनको घुडामा देब्रे कोखमा गोली लागेको रहेछ उनी मलाई देखेपछी बेस्सरी समातेर पानी भनिन उनको कम्मरमा झुण्डिरहेको टुमलेट खोलेर हेरे अलिकती पानी रहेछ दिए मैले भिजेको गन्जी निकालेर उनको घाउंलाई बाँधिदिए उनिलाई थाहा थिएन एउटा सिपाइ भन्ने कुरा उनी बरबराउदै थीईन मैले केही बुझिन शायद उनी आफ्नो मोर्चाका पास्वोर्ड बोलिरहेकी थीइन् त्यहाँ बस्नु अझ खतरा हुनसक्थ्यो भने छोडेर जाउँ उनी बाँच्नु मर्नु को दोशाँधमा छट्पटाइरहेकी थीइन् एक पाखुरामा गोली लागेको असक्ता थिए झन उनको हालत देख्दा भित्रको मानबता अझ असक्त बनेर आयो त्यतिबेला मैले उनिलाई आफ्नै ज्यान खाने सत्रु देख्न सकिन सकी नसकी उनिलाई बोकेर हिंडे उनको मनमा बाँच्ने आशा पलाएछ कि के हो उनी एया उँइया गर्न छोडेकी थीइन् ।गन्तब्य बिहिन भएर यसरी हिंड्नुको पनि कुनै अर्थ थिएन अर्कोतिर घाइते ज्यान आरमको आबस्यक्ता थियो मैले अध्याँरोमै भएपनी सानो ओढार भेट्टाए उनको घाउबाट रगत बग्न छाडेको थियो भने सरिरमा हल्का ज्वरो आएको थियो हामी दुबै पानीमा भिजेका थियौ शरीरमा कम्ब्याट बाहेक केही थिएना एकातिर जाडोले शरीर थरथरी काँपेको थियो भने अर्को तिर पेटमा भोक मडारिन थालेको थियो उनी राम्रो सँग होशमा नै आएकी थिइनन , ओढारमा आएपछी झन उनी निदाइन मेरो काखमा मेरो दिमागमा अनेक कुरा हरु खेल्न थाले केही मान्छेहरु बोलेको आवाज मेरो कानमा ठोक्कियो शायद उनका साथीहरु उनिलाई खोजिरहेका थिए यसो घढी हेरेको बिहानको :११ बजेको थियो टोलाउँदा टोलाउदै पनि निदाएछु

ब्युँझिदा उनी थिईनन त्यहाँ आकाशमा कता कता हेलिकप्टर कराएको आवाज आएको थियो कुहिरो डम्म लागेको कतै केही देखिदैनथ्यो ।मलाई डर लाग्यो कहाँ गइन उनी ,,,?? त्यहाँ बाट हिंड्ने सुर लिएर उठेको मात्रा थिए उनी टुप्लुक्क आईपुगिन टुमलेटमा पानी लिएर एक्चोटी झस्किए आँफै "मेरो ज्यान बचाइदिएकोमा धेरै धेरै धन्यवाद" जिन्दगी ! उनी मुसुक्क हाँस्दै बोलिन हाँसिदिए मात्र मनभित्र "तिमिहरुले भए ज्यान लिने थियौ " भन्न मन लागेको थियो तर सकिन हेर !जिन्दगी " जे भए पनि वास्तविकता धेरै अप्ठ्यारो हाम्रो सामु अर्कोतिर हामी दुबै घाइते पनि छौ तिम्रो समुहले भेटेमा मलाई खतरा भने हाम्रो प्रशासनले भेटेमा हामी दुबैलाइ " टुमलेटको पानी पिए मैले हेलिकप्टरले गोली छोड्दै हिंडेको फेरी यो जङ्गलमा अर्को उपाए पनि छैन हामीसँग के गर्ने ,,,? उनी मेरो नजिकै बस्दै बोलिन यस्तो लाग्थ्यो कि उनी आफ्नै समुहको कुनै हितैशिसँग कुरा गरिरहेकी चाइना यता मलाई निकै अप्ठ्यारो लागेको थियो केही बेर हामी दुबै चुप लाग्छौ "यसो गरौ जिन्दगी ! मेरो बाटो लाग्छु तिमी तिम्रो यात्र गर, सम्झिदेउ बगाएको भेल उर्लियो बगरमा " यती भन्दै उठ्छु उनी जुरुक्क उठेर मलाई अङ्गालो हालेर रुन्छिन "सुनेको थिए सिपाइहिहरुको मन साह्रै क्रुद्द हुन्छ रे साँच्चिकै रहेछ ठिकै यदी जानुनै हुन्छ भने मलाई यही मारिदिनुहोश " यती भन्दै उनले आफ्नो पकेटबाट बिनेट निकाल्दै झन रुन थालिन् के गरु के नगरौ दोधाँरे पेरिसथिमा परे केही बेर मौन भयो बातावरण , आखिर जे भए पनि छोड्नु थियो त्यो ठाउँ त्यसपछी हामी दुबइ निस्कियौ त्याहाँबाट भोक पहाड अग्लिए झै चुलिदै थियो पेटमा भने घाउँको पिडा पनि उस्तै थियो बनमा उनिले नै खै ! के के झार (जडिबुटी भन्थिन ) थिचेर लगाइदीन दुखाइ केही काम भएपनी हिडाइ भोकको पिडा लेखिसाध्य छैन आकाशमा चिल झै घुमिरहेका हेलिकप्टरका आँखाहरु छल्दै दिनैभर हिंडेपनी जङ्गल छिचोल्न सकिरहेका थिएनौ हामीले मैले खल्तिबाट चेन नभएको घडी निकालेर हेरे ! दिउँसो को :१८ बजिरहेको थियो अघी देखी नै आकाशमा देखिएको कालो बादलले पानीका थोपा ओकेल्न थाल्यो हामी फेरी जङ्गलकै एउटा ओढारमा शरण लिन पुग्यौ थकाई निकै नै बढेको थियो, मैले पानीअमला उखेलेर जम्मा पारे भने जिन्दगीले शफा गर्न थालिन् "भोली त्यहा पुग्नु पर्छ है ! प्रदिप जि !" रुखका छेडबाट देखिने निकै परका फाट्टफुट्ट घरहरु औलाले ईशारा गर्दै बोलिन उनी

हेरौ हेर्दा निकै टाढा देखिन्छ फेरी यो बर्षा रोकिने हो कि हैन, हिड्दा हिड्दै त्यो भन्दा नजिकका गाउ पनि भेटिन सक्छन नि "जिन्दगी " पानीअमलाको गेडा चपाउदै हाँस्छु ।ुनी पनि खिस्स हाँस्छिन यस्तो लाग्छ कि उनिमा चिन्ताको कुनै एउटा छिटा पनि परेको छैन यता मेरो आँखा मा भने त्यो लडाईंको मैदान अनी मेरा साथीहरुको मुहारले पोलिरहेको थियो हामीले पानीअमला चपाएर भोक घटाऊने प्रयास गर्छौ केही बेर पानी पर्न केही काम भएकोले हामी निस्कन्छौ त्याहाँबाट युद्र मैदान बाट भागेको सिपाही आँफैलाई हिनताबोध लाग्छ उनी भने निकै उत्साहित छिन् शायद एउटा जिबन बाँच्न पाएकोले होला ओरालो निकै हिड्यौ हामी थकाईको कुरै छोडौ हिड्दा हिड्दा जङ्गलको नजिकै एउटा गोठ भेटियो मनमा शाहस बढेर आयो ।साझ झमक्कै परेको थियो हामी त्यो गोठनेर पुग्दा, गोठभित्र ६० - ७० बर्ष जतिका एक बुढा मान्छे आगो तापिरहेका थिए उनी झस्किए हामीलाई देखेर "यहाँ बाट गाउँ कती टाढा होला बाजे " उनी तिर नहेरिकनै सोध्दछु ": घण्टा जती तल झर्नु पर्छ " उनी अगेनामा दाउरा थपिरहेका थिए हामी सार्है थाकेका थियौ त्यसैले बाजेसँग नै बास मागेर बस्ने निर्णय गर्यौ बाजे ले हामीलाई मकैको पिठो खुवाएर सार्है गुण लगाए ( अहिले पनि मेरो आँखामा ति बाजेको तस्बिर नचिरहन्छ ) बढ्दो रातको पहरसङगै जिन्दगीलाई ज्वरोले समात्यो शायद घाउको असरले होला मैले निधारमा पानी पट्टी लगाए पनी केही बिसको उन्नाइस भएन ज्वरोको क्रम बढेर गइरहेको थियो मलाई सार्है चिन्ता लाग्न थाल्यो नियतिले कालको मुखबाट फुत्किएर हिंडेकी बिचरीलाई फेरी सताउन थालयो
"प्रदिप जि ! म धेरै बाँच्दिन होला मेरो म्रित्यु को खबर घर सम्म पुर्याइदिनु होला है ! यो जुनिमा त यस्तै भयो अर्को जूनिमा चाँही पक्कै भेटौँला " भन्दै रुन थालिन् । मन सर्है अमिलिएर आयो मेरो पनि, मेरो मनमा नजानिदो तरिकाले उनिपर्तिको माया बढीरहेको थियो । मैले उनिलाई केही नहुने आश्वासन दिए । उता ति बाजेले पनि अनेक जडिबुटी खुवाए तर जिन्दगीलाई छुदै छोएन । हामी रातभर निदाउन पाएनौ । जिन्दगीलाई बाजेको जिम्मामा छोडेर म झिसमिसेमा निस्किए गाउँतिर गएर औषधी लिनाको लागि । गाउँमा पुगेर आउँदा बाजे गोठको छेउमा बसेर टोलाइरहेका थिए मेरो भने मन डराउन थालयो कतै जिन्दगीलाई ....
बाजे मलाई देखेर रुन थाले, म आस्चर्य मा परे मन झसँग डरायो पनि कतै जिन्दगी ....
" के भयो बाजे जिन्दगीलाई मेरो मन डराए पनि सोधे बाजेलाई ।

बाबु उनिलाई लिएर गए खै को हुन हेर्दा हरिया कपडा लगाएका थिए , १०- १५ जना जती थिए , बाजेलाई पनि नरमाइलो लगेछ ।

" ठिकै छ उनैका साथीहरुले लगेर गएछन " मनमा त साह्रै नरमाइलो लागेको थियो । म त्यहाँ बस्नु पर्ने कुनै औचित्य पनि भएन मन मनै जिन्दगीको स्वास्थ्य लाभको कामना गर्दै म बाजे सँग बिदा भएर लागे आफ्नै गन्तब्यतिर । भोक प्यास बोक्दै मान्छेहरुका आँखा छल्दै अनेकौ बाटोहरु पछ्याउदै म घर पुगे । बाबु आमाको मलिनो अनुहारमा थोरै कान्ती पलाए पनि मेरी सान्नानी निकै खुशी थीइन मैले पुलिसको जागिर छोडिदिएको मा भने मेरा आँखा भरी घरका अभावहरु झन नाँच्न थालिरहेका थिए । खाना खाए पछी म सान्ननी लाई खाराको घटना सुनाइरहेको थिए त्यतिनै बेला घरमुन्तिर केही कोलाहल सुनियो । सान्नानीले झ्यालबाट चियाएर हेर्न थालिन् । " यो घरमा पुलिस आएको छ रे सिध्यादिउँ " यो आवाज मेरो कानमा पनि ठोक्कियो उता सान्नानी डरले थर थरी काँप्न थालिन् म दोधारमा परे । बाबु भन्दै आमा मेरो कोठामा छिर्नु भयो, उहाँको आँखाभरी मामाता छचल्किरहेको थियो । म त्यहाँ बाट भाग्नु पर्ने भयो मेरो ज्यान भन्दा पनि परिवार को मायालाई बच्चाइदिनु मेरो ठुलो दावित्व सम्झिए अनी चुप्चाप निस्किए आफ्नै अभागि खप्पर लाई दोश दिदै । यो भगाई अन्त त देशै छोडेर हिंड्नु पर्ने अवस्थामा पुग्यो अनी त साउदी अरबको घाम खाए २ बर्ष सम्म । यो अबधिमा मैले संपर्क गर्न निकै प्रयास गरे जिन्दगी सँग तर सफल भइन । घरपरिवारको माया त छदैथियो त्यसमाथि मरुभुमिको चर्को घाम मैले भोगेका पिडा हरु लेखिसाध्य छैन । जसो तसो २ बर्ष बिताएर घर फर्किए । दन्द्र को असर् त नेपाली अनुहार मा इस्पस्ट कोरिएका त छदै थिए त्यसैले पनि डरका परकास्ट बाट कुनै पनि समाज अछुतो थिएन अझै छैन पनि म पनि डराइरहेको थिए कतै फेरी केही हुने हो कि !!

एक दिन मेरा आँखा एउटा पत्रीका मा परे जसमा राज्य तर्फ तथा माओवादी तर्फ बाट बेपता पारीएका हरु को नाम सार्वजनिक गरिएको थियो । म त झस्किए किनकी माओवादी पक्षबाट बेपत्ता पारीएका मा मेरो नाम थियो त जिन्दगीको चाँही राज्य पक्ष बाट । यसबाट मलाई थाहा भयो कि सत्यता निकै लुकेको रहेछ वास्तवमा अनुमानकै आधारमा डलर पक्षउने हरुबाट निरह गरीब जनताको राहत हुने कुरा त केबल दिउसै सपना देख्नु मात्रै त रहेछ हाम्रो नेपालमा किनकी भाषाण त सबैले जानेकै छन । राज्यलाई आफ्नै ब्रिता ठन्ने हरु कुर्चिमा बसेर ढुकुटिको चापी कहिले दाहिने हातले कहिले देब्रे हातले खोल्न मै ब्यस्त छन भने अब यिनिहरुबाट हामी के आशा गरौ ????? यस् बिशम परिस्थितीमा गम्भिर हुनुपर्ने माओवादी सत्तामा आयो गुलेली खेलाएर गयो । प्रचन्डलाई युरोप, अमेरिका पुग्ने समय मिल्यो, सिधा साधा जनताले नबुझ्ने भाषाण छट्नमै ब्यस्त तर कुनै दिन यि मुद्दा हरु उठाएनन न त उठाउने आबस्यक्ता नै ठानेनन हुनसक्छ जनता कमजोर हुनु भनेको नै यिनिहरुको सत्त बलियो हुनु हो । आज कयौ आमाहरु अझै आफ्ना छोराछोरी फर्किन्छन कि भनेर छातीमा तस्बिर टासेर बाटो हेरिरहेका छन । कयौ नारिहरु पछ्यौरिले आँशु पुछ्दै आफ्नो खसमको श्वास न त लासको खबर सुन्न ब्याकुल छन । कल्पना गर्नुहोस् त एस् साना छोरा छोरीले आमा ! हाम्रो बबा कहिले आउने ? भनी सोध्दा कस्तो हुन्छ होला ति नारिहरुको मन । १२ बर्से दन्द्रको प्रभावले सामाजिक संरचना अस्त ब्यस्त बनिरहेकोले एकले अर्कोलाई विश्वाश गर्ने बातावरण गुमिरहेको छ दिनदिनै । अझै पनि कयौ ढोकाहरु खुल्न सकिरहेका छैनन भने जस्ता धेरै युबाहरु बिदेसिरहेका छन त कोही त्यहिपनी गुमेको जागिर पाईन्छ कि भनेर सडकमा हात थापिरहेका छन तर के गर्ने कसले सुनिदिने यि रोदनहरु । निकै पर्यास गरे मैले जिन्दगी को बारेमा केही जानकारी पाउन तर केही पनि थाहा भएन । के साँच्चिकै जिन्दगी बेपत्ता पारीएकी नै हुन त ? मनमा यिनै कुरा हरु केलाउदा केलाउदै आज ९, १० बर्ष बितेर गए अझै कती बित्ने हुन पनि । मेरो जिबनको गोरेटोमा लेखिएका यि कथाहरु मर्महत बनेर मेरो क्यान्भासमा पोखिरहेका छन हरेक क्षणहरु । पिडा भन्ने कुरो जती लुकाउन खोज्यो उती बढ्दो रहेछ, जती पोख्न खोज्यो उती भरिदो रहेछ । यस्तै पिडाहरु मै बाँचिरहेका धेरै जिन्दगीहरु छन हाम्रो नेपालमा । आँखाँमा नाचिरहन्छिन आजभोली जिन्दगी सायद चाहेर पनि भुल्न सक्दिन मैले उनिलाई । आज उनी जहाँ भएपनी या त उनी म्रित भए पनि मेरो सम्झना उनिलाई मेरो यो ब्लग मार्फत !!