Monday, July 12, 2010

गीत उनीलाई पराइ हुनीलाई


























त्यहि आखाँले आफ्नो देख्थ्यौ त्यहि आखाँले पराइ देख्यौ
जुन कलमले माया लेख्थ्यौ उही कलम ले तलाक लेख्यौ !!


शब्द छैन मेरो सामु तिमीलाई बोलाउने साईनो लेख्न
नसकिदो रैछ "नानु" हत्केलाले पिर छेक्न
रुमलिन्छु अतित भरी जाने कुनै दिशा छैन
भन्छयौ अरे ! दुनियाँ लाई प्रदिप मेरो कोही हैन !!


कुन पापीले मन चोर्यो त्यहि मनले मलाई हेर्यौ
कोरा कागज मेरो जीवन आज तिम्ले बदनाम लेख्यौ!!


सोचेजती सपना सबै सिसासरी चर्किगयौ
आफ्नै मुटु ठाने तिम्लाइ अनायासै तर्किगयौ
के रहयो र !! बाँकी अब अल्बम का तस्बिर भन्दा
तस्बिरसँगै मुटु कोप्ने बचन का तिर भन्दा !!


त्यहि आखाँले आफ्नो देख्थ्यौ त्यहि आखाँले पराइ देख्यौ 
कोरा कागज मेरो जीवन आज तिम्ले बदनाम लेख्यौ!!

- Pradip K. Subedi
   Doha - Qatar



Friday, July 2, 2010

म के गरौ त ??

"धेरै पछि आज तिम्रो याद निकै आइरहेको छ प्रदिप"

उनको पहिला हरफ यिनै शब्द बाट सुरु हुन्थ्यो हरेक पत्र मा अनी म दोहोराएर तेहराएर पढ्ने गर्थे अनी लडिबुडि खेल्थे यिनै शब्द का गुछ्छाहरुसंगै मन रोमान्चित पारेर ।

आज औंला भाच्दा १२ बर्ष बितेर गएछन् उनीसँग बिछोडिएको पनि तर आलमारिमा थन्किएका यी प्रेम पत्र हरु के का लागि साक्षी बनेर बसेका छन् म आफैलाई थाहा छैन । उफ्फ उफ !!! लामो श्वास बटारिएर घाटिमा रोकिन्छ मलाई निकै अप्ठ्यारो महसुस हुन्छ। सत्य सधैं तितो हुन्छ भने हो रहेछ पनि जो आज पनि मेरो आँखा भरी नाँचिरहेका छन्। उनका यादहरु बिर्सन नसकेर बिदेस भासिएको पनि १०सौ बर्ष भैसकेछ । यो दौरान मा मैले के पाए भन्दा पनि के गुमाइन भन्ने कुरा को हेक्का राख्न नसकेर मन निकै पिरोलिरहन्छ। म अल्बम का पाना हरु पल्टाउदै जान्छु अतितका क्षणहरु ताजा स्मरण बोकेर फल्यास्ब्याक गरिरहन्छन । अनुहार भरि नजानिदो गरि चिट चिट पसिना आउछ ।

"न पाए तिमीलाई न बिर्सें तिमीलाई" मोबाइल को घन्टि बज्छ । मलाई यो रिङ टोन निकै मन पर्छ अनी एक्छिन सुनिरहन्छु फेरी कसैको महत्वपुर्ण फोन होला भनेर हेरेको नेपाल बाट कान्छो भाईले गरेको रहेछ । हत्तपत्त रिसिभ गरे " दाजु आज मेरो एस एल सी को रिजल्ट हुँदै छ शायद राम्रै नतिजा आउछ होला हजुर यसपाली त पक्कै घर आउनु हुन्छ होला नी हैन ? म झसक्क झस्किन्छु साँच्चै घर नपुगेको पनि धेरै पो भएछ । हुन्छ हुन्छ म आउछु भनेर कलइन्ड गरिदिए ।
                 फ्रिज खोलेको हिजो राखेको कोला त जमेर बरफ् पो भएछ । फेरी क्यान्टिन जान थालेको नमज को घन्टी ले बन्द भैसकेको रहेछ । भित्र भित्र भोक ले पेट बटारिएर आयो, अल्छी निकै भएको ले किचेन मा छिर्ने जाँगर हत्त पत्त आउदैन अनी येसो हेरेको एकजना दाजु ले चिकेन बनाइरहनु भएको रहेछ अनी दुई टुक्रा मासु र एक्पुरिया बिस्कुट सकेर बल्ल ज्यान हलुङो भो ।

"बाहिर निकै गर्मी छ यार" भन्दै रामहरी मेरो रुम मा छिर्यो ।

यतिबेला भने म मेरो अतित लाई सम्झेर एउटा कथा बुन्ने तरखर मा थिए तर उशको आगमन ले मेरा मन मा उब्जिएका तरङ हरु छाल बनेर तरंगिए सानो कोठा भरी । उँ भने मेरा हात समाउदै भन्दै थियो जाऔ यार बाहिर तिर बोर लाग्यो धेरै कम्पुटर मा बस्नु हुन्न क्या फेरी चस्मा को पावर बढ्छ ।
म के गरु के नगरु भएर जुरुक्क उठे लेखेको यति नै हो अब पोस्ट त गर्नै पर्‍यो

बाँकी कथा अर्को शुक्रबार लेख्ने छु है त ...