Tuesday, December 21, 2010

आमा मेरी


















आमा
पुष माघ को जाडो मा
तिमिले दिएको मकै
बैशाख जेठको घाम मा
तिमिले खुवाएको मोइ
आज
सम्झिरहेको छु प्रदेस मा रोई रोई ।

साहु को मेला पात बाट
आफु भोकै बसेर धरो मा लुकाइ ल्याएको खाजा 
तिम्रो गुन्यौ को फेरो
समाउदै पाइला टेकेको मेरो बाल्यकाल
आज
मैले तिर्न नसकेको
साहुँको ब्याज + स्याज मा
गहनाइरहेको होला

हुन त सन्तान को माया
कुन बबुआमालाई नहोला र ?
आफ्नो सन्तान कुन अर्घेलो होला र ?
तर पनि
मैले पूरा गर्न नसकेका तिम्रा आशा हरु
मैले फर्काउन नसकेका तिम्रा खुशीहरु
भन्छन् होला सुटुक्क
तिम्रो कानैमा
छोरो बिग्रियो अर्काको छोरी को पछि लागेर  
अन्त त
भन्छ्यौ होला मन नलागेरै बाबा को अगाडी
"एउटा फूल फुटेर गयो"
तर
छोरो टुटेको छैन मेरि आमा
एउटा फूल फुटेको छैन मेरि आमा
मात्र
गन्तब्य को खोजिमा गन्तब्य बिहिन हुन पुगेको छु
सबैको आँखा मा एउटा घिन हुन पुगेको छु
युद्दमा हारेको सैनिक जस्तै सपनहरुमा हारेको छु
बाध्यता आफ्नै छ
तर पनि म पक्कै आउँछु
मेरि आमा
म छिट्टै आउछु ।।
 

Saturday, December 11, 2010

"जुन हेर्दै मायालुलाई गीत"















जुन टिपी मायालुको शिर मा लाउने धोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो

पैसा कमाई ल्याउ भन्यौ हाबाइजहाज मा उडिगए
प्रदेसको गल्ली गल्ली तिम्रै यादहरुमा डुबिरहे
न त भोकमा खाना पाए न सुखी निद निदाए
गल्ती ठुलो भयो जिन्दगीमा मैले बाटो बिराए

सुनिदिने छौ की "सानु" बेदनाको पोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो

यही जुन हेरी रात दिन तिम्रै याद् मा टोलाइरहे
"सानु" भनि बरबराउदै सपनिमा बोलाइरहे
तिम्लाइ पाउने आशा राखी औँला भाँची दिन गने
फर्की आउँदा पराइ भैछ्यौ म मदहोसिमा पागल बने

अधुरै भो अपुरै भो तिम्रो हुने धोको मेरो
कस्ले बुझ्ने कस्ले पुछ्ने यहाँ मन रोको मेरो

Tuesday, December 7, 2010

तिमिले मायालु

धड्कन मा राख्छु भने गीत भनि टारिदियौ तिमिले मायालु 
न वारी न त पारी बीचमै मलाई पारिदियौ तिमिले मायालु

संगै हुने सपना ती बिचार गर्छु भन्थ्यौ मायालु
जीवन बाँड्फाँड गरि मेरै भागमा पर्छु भन्थ्यौ मायालु
आसै आशमा राखी मलाइ रित्तो हात फर्काइदियौ मायालु
के अछुतो थिए कुन्नी सुनपानीले छर्काइदियौ मायालु

जबाफ एउटै सधैं भाका मात्र सारिराख्यौ तिमिले मायालु
न वारी न त पारी बीचमै मलाई पारिदियौ तिमिले मायालु

Monday, December 6, 2010

तिमी किन रिसायौ भन न मायालु "R"



तिमी किन रिसायौ भन न मायालु
न्यानो माया किन चिसायौ भन न मायालु

सपना देखे तिमीसँग बाँच्ने तिमी संगै रमाउने
दु:ख सुख जे पर्दा नी तिम्रै हात समाउने
आन्यासै किन मन अन्तै बिसायौ भन न मायालु
आज फेरी तिमी किन रिसायौ भन न मायालु

मुटु मेरो येस्तो भा छ पिरै पिरले फुट्नै लाग्यो
अन्तिम श्वास फेर्दै छु त्यो पनि छुट्नै लाग्यो
मेरो जिन्दगी किन जाँतोले नै पिसायौ भन न मायालु
अनायासै फेरि किन रिसायौ भन न मेरी मायालु

Wednesday, December 1, 2010

असुरक्षित यौन सम्पर्क नगरौ एड्स बाट आफूलाई जोगाऔ


विश्व एड्स दिबस को उपलक्ष्य मा मेरो पनि सबैलाई जनचेतना को आबह्वान "असुरक्षित यौन सम्पर्क नगरौ" "एड्स बाट आफु पनि बचौ अनी अरुलाई पनि बचाऔ"