Saturday, September 14, 2013

कथा : तुहिएको सपना

ओई.... कती चलेकी !! त्यस्ले हामीलाई सुनाउन को लागि भनेकी थि तर आफ्नै साथी तिर फर्किदै । नजिकै बसेका प्रकाश र म भने खसखुसुक गर्न वाध्य बनेका थियौ किनकी ऊसका नजर चोरि चोरि हामीलाई नियालिरहेका थिए । एउटी रातो टिसर्ट अनी निलो जिन्स मा थि भने अर्की हरियो कुर्ता सलबार मा । रुप हेर्दा लाग्थ्यो स्वर्ग बाटै झरेका थिए दुबै जना त्यसैले त मेरो साथी प्रकाश को दिल मा मन्द मन्द हाबा बहिरहेको थियो म भने प्रकाशे लाई जिस्काउन लागे । 

शनिबार को बिहान, माघको महिना भर्खर घाम उदाएको आहा !! म्याग्दीको महारानी थाना को पाखा घाम ताप्ना अनी महारानी देबी को दर्शन गर्न भनेर हामी दुबै त्यता लागेका थियौ । मंगल्घाट का ब्यपारिहरुको पसलबाट आएको जेरी को बासना ले प्रकासेको मुखमा पानी न आएको त हैन तर देबी को दर्शन गर्ने अनी बल्ल नास्ता गर्ने भनेर उस्लाई प्रमिस गराइसकेको थिए घर बाट निस्कदै । यहाँ त महरानी को भन्दा नि पहिला देबी को दर्शन होला जस्तो लागिसक्यो मलाई मेरो साथी प्रकाश भने उनिहरुलाई टुलुटुलु हेदै दुई अमल पालेको जुँगा बटारिरहेको थियो । Read more