Sunday, February 8, 2015

कसैको त तस्बिर पनि

गजल :

कसैको त तस्बिर पनि आँखै भित्र पस्दोरहेछ
जती निकाल्न खोज्यो उती पिडाले डस्दोरहेछ

कहाँ जाउँ खै !! आगो निभाउन यो मनको
पानी हालेपनी त आखिर फुस्रै दाग बस्दोरहेछ


भन्थिन उनिले हाम्रो माया संसारकै अमुल्य छ
कुन तराजुले जोखिन आज मेरो माया सस्तोभएछ


कुन दुँनियामा रमाइहोलिन पराइको अंगालोमा
उनैको नाम सुन्दा पनि कतै मेरो आँसु खस्दोरहेछ
......