Wednesday, March 31, 2010

मेरी मेहबुबा















कानमा हेड्सेट छ आँखा मा तिनै तस्बिर हरु नाँचिरहेका छन् शायद मैले नराम्रो नै भने छु क्यारे उनीलाई मन खिन्न छ एकतमासले । कतिबेला किताब मा पन्ना मा डुलाउछु आँखाहरु अहँ पटक्कै पढ्न नै मन लाग्दैन । के काने पढ्छु भनेर परिक्षा को फोर्म भरिहाले आखिर फेल भैहालिने भैयो कता कत्ता मन एक्लै कुरा खेलाई रहन्छ ।
उफ !!!!!!!!!!
आखिर जिबनका मोडहरुमा किन अनेक भैरहन्छ । अस्ति बल्ल बल्ल एउटा सपना बुनेको थिए त्यो पनि च्यातिने डर भैदियो हैन मेरो सपना साँच्चिकै सधैं सपना मै सिमित हुने हो त । मन ले सुकै दिदैन अनी नजिकै टेबल मा राखेको मोबाइल तानेर नम्बर डयल गर्छु फोन त farwarDed पो भन्छ त । हैन कतै qtel को नेट्वोर्क ले काम नगरेको हो की ! रिडाएल गर्छु फेरी उही मेरो प्रयास अर्थहिन हुन्छ । म मनमा बिहान को सम्बाद फेरी ईमेल को च्याट रेकोर्ड मा गएर हेर्छु । एकफेरी पढेर चित्तै बुझ्दैन दोहोरायाउछु हेर्छु त गरम गरम बहस भएकै पो रहेछ शायद त्यसैले पनि उनको छाती गरम भएको होला ।
















आँखा म झ्यास्स सम्झना का तिर हरु रोपिन्छ, तिर संगै नगरकोट का क्षण हरु गढ्न पुग्छन । साँच्चै हामीले एउटा सपना लाई मोड दिने बाचाकसम हरु संगालेर आफ्ना आफ्ना यात्रा मा हिडेका थियौ । हुन सक्छ उनी ले पनि बिर्सिएकी त पक्कै छैनिन र मैले त भुल्नै सक्दिन किनकी मलाई अझ धेरै बाँच्नु छ यो संसार मा । कहीले काही शब्दहरु अर्थहिन हुनु वा दोहोरो अर्थ लाग्नु अ त उल्टो भैदिनु त समय र परिस्थीले पार्दो रहेछ शायद यही भएको होला हामी दुई लाई पनि । मैले आफ्नो मन केही हलुका पार्ने कोसिस गर्छु । आँखा जति चिम्लिन खोजे पनि अहँ पटक्कै । हातको घडी हेरेको त रातको १ बजिसकेको रहेछ हिजो अस्ति यतिबेला सपनामै माछा मार्न गैसक्थे तर आज वास्तविक सपनामा नै तितो सत्य को मुल्याङ्कन गर्दै छु । वास्तव मा संसार मा आफुले जुन चिज प्यारो लाग्छ त्यो चिज गुमाउन लागेको सन्केत वा केही कुरा नमिल्दा निकै मन दुख्दो रहेछ । त्यसैले ससन्कित मन र तन भुलाउन फेसबुकले नसके पछि मनको भारी बिसाउने आफ्नै चौपारी तिर आएको छु साथीहरु ।

अन्त त केही गरे पनि मन मान्दो रहेनछ । फेरी पर्यास गर्छु कतै forwarded फोन मा झुक्किएरै लाग्छ की किनकी मेरो मन साँच्चिकै डराउने पर्ने नै भएको हो त ? तर मेरा जति पनि पर्यास असफल भैरहेका छन् त्यती म पनि असफल भैरहेको छु लाग्छ शायद जीवन मा मैले देखेका सपना हरु अन्त त असफलताकै नाम धारण गरेर एउटा कथाको कतै दुखद अन्त्य हुने त होईन ?????? यस्तै र यिनै प्रश्न संगै फेरी आसातित नयन उनकै तस्बिर हेरेर गीत सुन्दै टोलाउन वाध्य भएको छु राज ।

Saturday, March 20, 2010

हार्दिक समबेदना

हार्दिक समबेदना













उहाको मृत आत्मा ले सान्ति पाओस, श्रदासुमन आदरणीय महान व्यक्ति गिरिजा प्रसाद कोइराला
=========================================

Saturday, March 13, 2010

काठ्मान्डौ देखि धरान सम्मा


मैले बचपन देखि नै पूर्व धुम्ने रहर गर्थे । स्कुले जीवन मा पत्रमित्र गर्दा कयौ साथीहरु ले धरान घुम्न बोलाउनु भएको थियो तर भने जस्तो कहाँ हुन्थ्यो र मैले मन ले चहेर पनि समय र परिस्थिती बस धरान घुम्ने चाहना मन भित्रै पालेर बसेको थिए । झन्डै ८ बर्ष भैसकेको रहेछ मैले धरान जाने कल्पना गर्न थालेको । कसैले धरान यस्तो कसैले उस्तो त कुनै पत्रिकाहरुमा धरान का लाहुरे हरु बिना सुन्य धरान भन्ने समाचार पनि म निकै मन लागाएर पढ्ने गर्थे । साच्चिकै मलाई धरान प्रति एउटा नजानिदो मोह थियो । कसैले घर कहाँ हो भन्दा धरान भने भने म भित्र को चक्षु ठाडो हुने गर्थ्यो । कतार आएको पनि २ बर्षा बितिहालेछ म नेपाल बिदामा जना हिंडे र मन मनै सुर पनि गरे यस्पाली धरान देखेरै छोड्ने छु । मान्छे ले आँटै नगरेर पनि हो क्यारे कतिपय कुरा हरु सधैं अधुरै रहने गर्छन् । मलाई धरान को बारेमा खासै त्यती जानकारी नभए पनि कोही चिनेको मान्छे पनि थिएन मात्र एक जना मित्र हुनुहुन्थ्यो त्यो पनि अन लाइन मा मित्रता गाँसेको । मैले कुरै कुरा मा उहाँलाई एकदिन धरान घुम्न आउदैछु हजुर ले घुमाइदिनु पर्‍यो भनेर । उहाँले पनि हर्दिकता ले स्वागत भन्नु भयो । त्यसैले पनि मैले यसपालीको बिदा धरानै घुमेर मनाउने सोच बनाएको थिए ।

नेपाल पुगेर मैले मित्र जी लाई फोन संपर्क गरे उहाँको परिक्षा चलिरहेको रहेछ त्यसैले मैले अझै १ हप्ता कुर्नु पर्ने भयो धरान देख्न लाई अनी म आफ्नो गाउँ म्याग्दी पुगे । घरपरिवार को रमाइलो त छदै थियो अनी गाउघरमा भएका परिवर्तन तथा बनमा ढकमक्क फुलेको लालिगुरास ले पनि मेरो मन खासै भुलाउन सकेन किनकी मेरो मन धरान जान आतुर थियो । हप्ता दिन पछि मैले संपर्क गरे मित्र जी लाई उहाँ काठ्मन्डुमा पुग्नु भएको रहेछ अनी मलाइ काठमान्डौ मा नै बोलाउनु भयो । म हतारिदै काठ्मान्डु मा पुगे । एक त म अन लाइनमा मीठा मीठा गफ गर्ने साथीलाई भेट्न पाइरहेको थिए भने अर्को उहाकै निमन्त्रणा मा मलाई सानै देखि देख्न मन लगिरहेको धरान जादै थिए । हाम्रो काठमान्डौ मा भेट भो उहाँको हार्दिकताले भरिएको स्वागत मैले सोचे भन्दा पनि निकै बढी भयो त्यसैले पनि म निकै खुशी थिए । हामी भेटेको दिनैमा पसुपती पनि गयौ अनी भोलिपल्ट हामी दुबै बसमा धरान जाने भयौ । मेरो उत्सुकता को बयान शायद यहाँ गरेर नसकिएला पनि जे होस् बाटै भरि गफै गफ गर्दै निकै रमाइलो तथा सफल यात्रा गरियो ।



















धरान पुग्दा सांझ झमक्क परिसकेको थियो हामी बसपार्क मा झर्यौ । मलाई अनौठो पो लाग्न थाल्यो किनकी मैले सुन्दै आएको धरान मैले मनमा जति सोचेको थिए त्यती ठुलो थिएन तर बिजुली बत्तीको उज्यालोमा धरान निकै मुस्कुराउँदै मलाई नै स्वागत गरिरहेको थियो । हामी रेक्सा मा चढेर होटेल आँगन मा पुग्यौ धन्न ले हाम्रो भाग्य भनौ की के हो एउटै मात्र रुम रहेछ । म त बस लागेर (टाउको दुखिरहेको थियो ) रुमा मा बर्लङै पल्टिए तर मित्र जी साह्रै चनाखो र रमाइलो हुनुहुन्थ्यो उहाँको आगाडी मेरो थकाई केही बेर पनि रहेन । हामी केही बेर जिन्दगिका आ आफ्ना भोगाइहरु एक अर्का मा साटासाट गर्यौ अनी खाना खाएर सुत्यौ पनि ।

















नयाँ मित्र नौलो ठाउँ मेरो मन रोमन्चित भैरहेको थियो । मैले पहिला नै धरान र बुढासुब्बा को बारेमा निकै सुनेको थिए त्यसैले पनि कतिबेला बुढा सुब्बा पुगौ पुगौ लागिरहेको थियो अनी मैले मेरो मित्र जी लाई बिहानै उठाए । उहाँ पनि मेरो उत्सुकता देखेर निकै प्रफुल्ल भैरहनु भएको थियो । हामी चिया पिएर हिड्यौ बुढा सुब्बा तिर । मैले सुनेको थिए त्यहा प्रेम गर्ने हरु ले बास को रुखमा नाम लेख्छन अनी यसरी कोरिएका प्रेमी कथा हरु सफल पनि हुन्छन रे ! हो रहेछ म त्यहाँ पुगेर पहिला त्यहि बास का रुखहरु नै हेरे जहाँ अनगिन्ती प्रेम का अक्षर हरु कोरिएका थिए र कोरिदै थिए पनि ।



























मेरो साथीले मलाई जिस्काउदै भन्नु भयो "प्रदिप जी ! यदि हजुर को पनि कसैको नाम लेख्ने इच्छा छ भने लेख्नुहोस् म फोटो लिदेउला " म मुसुक्क हाँस्न मात्र सके किनकी मलाई उहाँले जिस्काइरहनु भएको थियो । म त्यती भाग्यमानी कहाँ छु र राज जी म यति मात्रै बोले अनी फेरी बुढा सुब्बा को भिड्भाड नियाल्न थाले । बढी युबा युबती कै उपस्थिती थियो । लाग्थ्यो त्यहाँ स्कुले तथा क्याम्पस का केटाकेटी हरु नै आफ्ना प्रेमी का नाम बासको रुखमा लेख्न तम्सिरहेका थिए । मैले सोचे के यो बाँसको रुखमा नाम लेख्दैमा के जीवनको यात्रा सफल होला त हैन भने कुन विश्वाश को आधारमा लेखिरहेका छन् त यिनीहरु । जे होस् मनमा मैले पनि नाम लेखौ की जस्तो त भएको थियो तर आँट पनि आएन किनकी कसको नाम लेख्ने त त ? हा.... हा.... हा .....

हामी केही बेर को अबोलकन पछि फर्कियौ होटेल मा । होटेल मा आएर खाना खाए पछि केही बेर आरम गर्न थाल्यौ । मलाई धरान निकै रमाइलो नै अनुभुती लागिरहेको थियो । कठमान्डौ जस्तो भिड्भाड थिएन सान्त अनी रमाइलो सफा धरान । हामी भोलिपल्ट भेडेटार गयौ । त्यहाको टावर बाट धनकुटा बजार निकै रमाइलो देखिदो रहेछ । मलाई सबै भन्दा पनि रमाइलो त त्यहा का होटेल हरुमा गरिने सत्कार निकै मन पर्‍यो । बिना छल्कपट ग्रहाक को सेबा गर्ने बानी वास्तव मै राम्रो हो त्यसको लागि आज पनि म धराने हरुलाई धन्यवाद दिए रहेको छु म यो बिरानो मुलुक मा बसेर बिगत का ती पलहरु सम्झिदै


















मलाई धरान पछि ईलाम जान मन लागिरहेको थियो सो को जानकारी गराए मेरा मित्र जीलाई उहाँले पनि ठिकै छ भन्नु भएको थियो तर हामीले सुन्यौ की १० गते देखि अनिस्चित कालिन बन्द छ रे माओवादी पर्टीको । फरेन फसाद यदि बन्द भयो भने त म त बर्बादै हुने भए किनकी माघ १६ गते घरमा बहिनी को बिबाह थियो । बजार मा निस्केर प्लेन को टिकेट खोज्न थाल्यौ सबै प्याक रे । शायद ब्यापारी ले मौका छोपेका पनि हुन की प्राय यस्तै हुन्छ हाम्रो नेपाल मा किनकी अघिपछी २४ / २५ सय पर्ने टिकेट लाई ५ हजार भनिरहेका थिए त्यो पनि सिट छैन रे । धरान बजार भरिका एजेन्सी सकेर हामी बिराट नगर पुग्यौ त्यहाँ पनि तेस्तै आखिर मार्केट त उही न हो ब्यपारीको लागि । बल्ल बल्ल एउटा एजेन्सिमा गुण एरलाइन्स को एउटा मात्रै टिकेट पाइयो त्यो पनि ३५०० तिरे पछि मात्रै ।














आखिर पछि बन्द पनि फिर्ता पो लिएछन कमरेड हरुले तर मेरो भने ईलाम जाने सपना सपनै रहयो शायद त्यस्तो मौका अनी ती मेरा महान मित्र जी फेरी आउँला नआउला । जब म उहाँलाई बिदाइ को हात हल्लाएर एरपोर्ट भित्र छिरे मलाई जीवन मा पहिलो पल्ट त्यती धेरै पिडाको महसुस भैरहेको थियो । कहीले काँही सिनेमा को पर्दा उतारिएका कथाहरु मेरा जीवन का पाना मा पनि कोरिन पुगे भन्छन् यात्रा ले मानिसलाई धेरै कुरा सिकाउछ भनेर हो रहेछ मैले पनि धेरै कुरा को अनुभब गर्न पाए धरान घुमेर । म त एउटा धरान घुमे तर जीवन मा धरान जस्ता घुम्नु पर्ने ठाउँ धेरै छन नेपाल मा तर हामी नेपाली लाई त्यो अबसर कहाँ नै मिल्छ् र ? आज बिदेसी गल्लिहरुमा लरबराइरहेका पाइलाहरु गन्तब्य बिहिन यात्रा मा तल्लिन हुँदा मलाई आफ्नै देस र देस मा डेढसाँढे पल्टिएका नेता भनौदा हरुलाई थुक्न मन लगिरहेको छ आखिर ! किन तिमी हरु हाम्रो सान्त नेपाल लाई रणभुमी बनाइरहेका छौ हँ ?????




अन्त त मेरो काठ्मान्डौ देखि धरान सममा को यात्रा जीवनको एक अबिस्मरणिय क्षण बनेको छ । जदौ !!!




Monday, March 8, 2010

मेरो जन्म दिन अनि सुभकामना

Happy Birthday...

DesiComments.com | Birthday | Forward this Picture

यतिबेला मैले आफ्नो इमेल को इन्बक्समा सयौ मेल हरु केलाइरहेको छु मेरा सुभचिन्तक का सुभकामनाहरु. आफैलाई कस्तो कस्तो लागिरहेको छ किनकि हेर्दा हेर्दै उमेर त घटेर आधि जस्तो नै भैसकेछा हुन त मलाइ थाहा छैन भरि कति वर्षा मा हुन्छा अर्थात मेरो मृत्यु कहानेर तोकिएको छ . यधपी बितेका पलहरुलाई नियालेर हेर्दा जिबनमा खासै केहि गरिएको नै रहेनछ न त अर्का का लागि न त आफैलाई पनि . सधै को उतार चढाब र अभाबै अभावमा गुर्जिएरा .

सुभकामना का सन्देस हरु जति नियाल्दै जान्छु उति मलाइ हर्ष नै लाग्छ . सन्सार भरि छरिएर रहनु भएका साथि तथा आफन्ता हरु ले बास्तव मै मलाइ निकै माया गर्दा रहेछन भन्ने कुरा मैले सायद राम्ररि यो बर्षा नै बुझेको छु तर म आफैलाई भित्र भित्र लागिरहेको छ कि म जीवित रहने दिनहरु घटिरहेको छ . जिबन मा जसरि वर्षा हरु थपिदै छन् उसरी नै जिम्मेवारी हरु पनि थपिदै गैरहेका छन् अझ संघर्स का पाइला हरु आगाडी चाल्नु पर्ने आबस्यकता बढिरहेको छ .

मन मा यिनै कुरा खेलाउदै इमेल हरु खोलिरहेको थिए एक जना मित्र ले इमेज पठाउनु भएको रहेछ हेरे सकी जति रमाइलो मानेर अनि मेरा मित्र जी लाइ हार्दिक धन्यबाद दिए .

Happy Birthday

DesiComments.com | Birthday | Forward this Picture

अन्त त म जति पनि मलाइ सुभकामना दिनु भएको छ नि (रेनुका सोल्टिनी , अर्जुन दादा, रस्मिन जी, कृष् भाइ , राधा जी , बिध्या बहिनि , बर्षा बहिनि ,निरमला थापा , सिमा भुषाल , इन्दिरा सुबेदी , बिकास सुबेदी , बेटी रिजाल , चन्द्रकला गौतम , सिता निरौला तथा अनु अधिकारि ) यहा हरु सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु यहा हरुको आसिर्बाद ले सधै मलाइ अगाडी बढ्न सहयोग गर्नेछ . आशा गरौ अर्को जन्म दिन मा पनि यिनै सुभकामना पाइराखु जसले हामि बिचको भाइचाराको सम्बन्ध स्थापित गर्न सकोस .

"HEARTILY THANKED YOU ALL OF YOU FOR YOUR GREAT WISH AND SUPPORT"

नमस्ते
जदौ

नारिहरू लाइ शुभकामना

सर्बप्रथम म मेरी माता जी लाइ सुभकामना दिन चाहन्छु जसले मलाइ यो संसार देखाउनु भयो आखिर उहा नै मेरो लागि एक महान नारि हुनुहुंछा
यो नारि दिबस २०१० को उपलक्ष्य मा उहाको सुख सु स्वास्थ्य एबम दिर्घायु को कामना









म अतिनै घिर्ण गर्छु पुरुस चिन्तन धारिहरु जसले आफुले गरेको काम सोरै आना सहि र त्यहिँ काम नारीले गरेमा गलत साबित गर्न खोज्छन
म अझै थुक्न चाहन्छु ति पुरुसहरु जसले रातदिन रक्सि खाएर आफ्नी श्रीमती लाइ कुटेर हिडिरहेका छन्

म सराप्न चाहन्छु ति नेता भनाउदा हरु जसले आज अनेकौ सेमिनार र भेला मा नारि को हक हित र भलाइको भासण ठोक्छन तर घरमा १३ / १४ बर्षका बाल बालिका हरु को श्रम सोषण तथा सारीरिक सोषण गरिरहेकाहुन्छन

म अब गालि गर्छु ति महिला हरुलाइ जसले आफ्ना श्रीमान बिदेसमा रातदिन पसिना बगाएर पठाएका पैसा लाइ अर्को तन्नेरी को साथमा लागेर मोज मस्तीमा लिन हुन्छन अनि घरको बाताबरण नै बिगारेका हुन्छन

समग्रमा सबैलाई म आग्रह गर्दछु सबै आ आफ्ना ठाउ बाट नराम्रा काम हरु त्यागौ आजाको माहान दिन मा हैन भने अलिकति सोचौ त यदि नारि नै हुदैनथ्यो भने यो सन्सार कस्तो हुन्थ्यो होला ??

आदरणीय / पुजनीय नारीहरुमा म हार्दिक सुभकामना दिन चाहन्छु आशा राखौ आजको दिन ले अझै उत्साह जागोस अझै जागर चलोस् हजुर हरुका पाइला अझै लाम्किरहुन म यहि सुभकामना दिन चाहन्छु सन्सार भरिका नारीहरुलाई आजको यो महान दिन को उपलक्ष्यमा
"HAPPY WOMEN'S DAY 2010"