Tuesday, May 13, 2014

नेताज्यु गर्यौ राज्यको लुट

मन्दिरमा हडताल गर्छन् संसदमा कुटाकुट 
कुन प्रभुको ईशाराले बिराटनगरमा भयो फुट 

२६ को पत्तो छैन नियमावाली त भाँड्मै जाओस 
एकसालैमा संबिधान भन्दै काँग्रेसले बोल्यो झुट

गरीबका दिन ल्याउछौ भन्दै बोकाएथे कांधमा बन्दुक 
आफ्नै बोलिको ठेगान छैन बजारमा रोप्यौ गुट उपगुट 

न बाटो, बिजुली,न शिक्षा न रोजगार पाउछौ जनताले 
भाषाण ठोक्दै, मिलिजुली नेताज्यु गर्यौ राज्यको लुट