Saturday, October 23, 2010

म NRN


















आकाश मलिनो थियो
सिरु सेतै फुलेको, मेरो मन उत्सुक थियो
झोलाभरी नोट टिप्न
हरियो लाइसेन्स हातमा समाएर
टि एन ए को रेडलाइन क्रस गर्दा
या त खुशीले या त पिडाले
बादल जस्तै पत्र पत्र परेको थिए म ।

कहीले बेल्चा सित लड्दै
कहीले गिट्टि सँग खेल्दै
कहीले खुट्टा मा चोट खपेर
कहीले मुटुमा पिर थपेर
थाहै नपाई
दसक भैसकेछ यहाँको माटोलाई  जीवन दिएको
तर
न झोला भरियो
न नोट हरु नै देखियो
बरु
श्रीमती को कच कच बढ्यो
दिदी हरु ले दुरी बढाए
भिनाजु को आँखा मा केही गर्न नसक्ने नामर्द गनिए
भाईहरु ले आफ्नो सुर गर्‍यो "दाइले" भन्न थाले
बहिनीलाई एउटा जाबो मोबाइल पनि किन्न नसक्ने भए
बाबाले कस्तो छोरो पाएछु "मैले" भन्न थाले
अस्ति
बल्ल बल फोन गरेको आमा लाई
"साँहुले ब्याज स्याज गरेर तेब्बर बनायो रे रिण"
तैपनी सुँक्क सुँक्क गर्दै सोध्नु भयो
"दशै त गैहाल्यो तिहार मा त आउछस की "बाबु ?"
मोबाइल टुट तुँट गर्‍यो
ब्यालेन्स पो सकिएछ
मन अमिलिएर आयो
आखिर के गर्ने म एन आर एन।
थाहा छैन यो यात्रा को बिन्दु कहाँ सम्म ...........?
या त गन्तब्य कहाँ सम्म ?????


Friday, October 8, 2010

हार्दिक मंगलमय सुभकामना"बिजया दशमी"

आज घर घर मा जमरा राखेर बिजय दशमी लाई स्वागत गरिन्छ नेपाली हिन्दू समुदायमा । एक अर्का मा सुभकामना हरु आदन प्रदान गरेर धार्मिक सहिस्णुता एबम सु स्वास्थ्य को मनोकामना साटासाट गरिन्छ पनि । आजको यो बिशेष दिन लाई बिदेस मा बसेर म पल पल हरु मन भारी कल्पिरहेको छु ।



























यो शुभ घडिमा सम्पुर्ण मेरा प्रिया साथी हरु आफन्तजन परिवार एबम बिदेस मा रहनु हुने सम्पुर्ण नेपाली समुदायमा :बिजया दशमी २०६७ को हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छु मेरो यो ब्लग मार्फत। खुशी रहनुहोस् रमाइलो गर्नुहोस बिक्रिती हरु लाई हताउनुहोस् है त

Wednesday, October 6, 2010

Lazy Blogger "Wishing Happy Dashain 2067"

Dear All

I am very very sorry that I am being so lazy now a days.I wish to share many things to my reader but I don't know why it is quite difficult to me.Even I have lot of elements to be update but could not have. I am so sorry for this.


Now I am missing to my country, my families, my friends and respective relatives on the eve of auspicious occasion "Vijaya Dashami"




















I remembering to my past. It was quite romantic and wonderful. We were playing "LINGE PING" together boy and girl with making couples among the friends. Everyone has rights to chose their own couple and it is like a competition match but really funny.
  




























I have been outside almost 6 years with out this great festival. I wish to celebrate together with families and relatives but always something lack of in my plan. This year also I could not go to my nation and missing to this beloved festival and those beautiful moments.
Anyway by this blog "I wish you every one Happy Dashain 2067 and be happy be healthy with the prosperous relationship with everyone. Namaste.