Saturday, October 23, 2010

म NRN


















आकाश मलिनो थियो
सिरु सेतै फुलेको, मेरो मन उत्सुक थियो
झोलाभरी नोट टिप्न
हरियो लाइसेन्स हातमा समाएर
टि एन ए को रेडलाइन क्रस गर्दा
या त खुशीले या त पिडाले
बादल जस्तै पत्र पत्र परेको थिए म ।

कहीले बेल्चा सित लड्दै
कहीले गिट्टि सँग खेल्दै
कहीले खुट्टा मा चोट खपेर
कहीले मुटुमा पिर थपेर
थाहै नपाई
दसक भैसकेछ यहाँको माटोलाई  जीवन दिएको
तर
न झोला भरियो
न नोट हरु नै देखियो
बरु
श्रीमती को कच कच बढ्यो
दिदी हरु ले दुरी बढाए
भिनाजु को आँखा मा केही गर्न नसक्ने नामर्द गनिए
भाईहरु ले आफ्नो सुर गर्‍यो "दाइले" भन्न थाले
बहिनीलाई एउटा जाबो मोबाइल पनि किन्न नसक्ने भए
बाबाले कस्तो छोरो पाएछु "मैले" भन्न थाले
अस्ति
बल्ल बल फोन गरेको आमा लाई
"साँहुले ब्याज स्याज गरेर तेब्बर बनायो रे रिण"
तैपनी सुँक्क सुँक्क गर्दै सोध्नु भयो
"दशै त गैहाल्यो तिहार मा त आउछस की "बाबु ?"
मोबाइल टुट तुँट गर्‍यो
ब्यालेन्स पो सकिएछ
मन अमिलिएर आयो
आखिर के गर्ने म एन आर एन।
थाहा छैन यो यात्रा को बिन्दु कहाँ सम्म ...........?
या त गन्तब्य कहाँ सम्म ?????


4 comments:

वेदनाथ पुलामी (उमेश ) said...

निकै घत लाग्दो भावना लेख्नु भएको रहेछ प्रदिप जी ! निकै मन छोयो ....
के गर्ने जिन्दगीको ब्यालेन्स समृदी गराउन नसके पछी को पिडा : उत्पात रुपमा उल्लेख गर्नु भएको रहेछ ... लेखाइ शशक्त नै रहेको छ !

Unknown said...

Thank you So much for your lovely comment BEdnath Sir...

bhim ghimire said...

ब्यथा । जीवन सपनाहरु साँचेर विपनामा बाँचेर अघि बढदै जानु नै होला । लेखिरहनुस । लेखिरहनुस

Unknown said...

Dear Bhim Sir

Thank you for your inseparable words. Hoping to receive in further.

Regards,
Pradip