Thursday, November 29, 2012

गजल

















जती चोट खायो फेरी उती प्यास बढ्छ किन 
एक छेउमा आगो झोस्यौ अर्को छेउ डढ्छ किन ??

बाटो मोडी बैगुनिले साईनो अन्तै जोडेपनी 
घरी घरी याद आउछ उस्कै नशा चढछ किन ?? 

ढुंगै रैछ् तिम्रो मन कसोरी सक्यौ प्रित भुल्न 
बैमानी कै मदहोसी मा यो मन मेरो लड्छ किन ??

फुलेका फुल टिपी लग्यौ हाँगाहरु भाँची छोड्यौ 
निस्ठुरिको छोडपत्रलाई यि नयनले पढ्छ किन ?? 

Sunday, November 11, 2012

तिहार सम्झेर



फोटो सभार : भाई बिनय मल्लको फेसबुक बाट 















तिहार आयो भन्छन सबै कस्लाई सम्झिउ मैले 
दिदिबहिनी टाढा भए दु:खमा पर्या छु म अहिले 

गाउँमा देउसी खेलेहोलान, लिङे पिंग हालेहोलान 
गाउँमा हुँदा साथी संगी देउसी खेल्थ्यौ पहिले 

निधार मा धर्के टिका, गलाभरी फुलको माला 
थालिभरि सेलरोटी र झिनिया सम्झिन्छु म जहिले  

न त तिहार प्रदेसिलाई न त दसैं आउने रैछ् 
हाँसी खुशी तिहार मनाउन मैले पाउने होला कहिले ???