Tuesday, March 8, 2011

सुभकामना महिला दिबस को



म जब जन्म लिए त्यहा एक महिला पाए - मेरि आमा
जब म बढ्दै गए मलाइ केर गर्ने एक महिला पाए - मेरि दिदि
जब म स्कुल जान थाले मलाइ हेल्प गर्ने त्यहाँ एक महिला पाए - मेरि सिक्षिका
जब मैले कसैलाई गुमाएर चिन्ता मा डुबे मलाइ रुँवाउने त्यहाँ एक महिला - मेरि प्रेमिका
जब मलाइ कसैको साथ् एबम माया चाहियो त्यहाँ एक महिला - मेरि  पत्नी (श्रिमती)
जब म कर्तब्य बोध गर्ने भए त्यहाँ एक महिला - मेरि प्यारी छोरि
जब म मर्नेछु मलाइ अपनाउने त्यहाँ एक महिला - मेरि जन्म जननी (मार्तिभुमी)
==========================================================
वास्तव मा जति कोण बाट हेरे नी महिला बिनाको पुरुष जीवन कल्पना गर्न पनि नसकिने छ । म आदर गर्छु सत्कार गर्छु अनी सुभकामना दिन चाहन्छु ।
======================================================================
यदि तपाइ पुरुष हुनुहुन्छ भने महिलाको महत्व लाई बुझ्ने कोसिस गर्नुहोस् जीवन का हरेक पल हरुमा
यदि तपाइ महिला हुनुहुन्छ भने गर्ब गर्नुहोस् महिला भएको मा अनी हरेक पुरुष को पनि सम्मान गर्नुहोस्

Friday, March 4, 2011

आउनै छाडयौ सपनी मा


आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त 
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त 


दुनियाँले औंला ताक्थे के हो यस्तो चाल भनि 
भन्थ्यौ तिम्ले बस्छौ हामी बर पिपलको जोडी बनी 
चङ्गा बनी उडिरहे धागो तिम्रो हात मा छोडी 
बैमानी को खबर छैन गयौ की त यात्रै मोडि 


कहा गयौ कस्ती भयौ जीवन देखि हार्यौ की त 
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त 


बितिरहेछ मेरो यात्रा तिम्रै याद मा तड्पिएर 
कहिलेकाही बहलाउछु एकान्तमा कल्पिएर 
मेरो तिर्खा बढाइदियौ तिम्ले आज मुहान थुनी 
आफ्नै ठान्थे थाहा पाए भइछौ तिमी बैगुनी 



आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त 
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त 
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त ...........????