आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त
दुनियाँले औंला ताक्थे के हो यस्तो चाल भनि
भन्थ्यौ तिम्ले बस्छौ हामी बर पिपलको जोडी बनी
चङ्गा बनी उडिरहे धागो तिम्रो हात मा छोडी
बैमानी को खबर छैन गयौ की त यात्रै मोडि
कहा गयौ कस्ती भयौ जीवन देखि हार्यौ की त
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त
बितिरहेछ मेरो यात्रा तिम्रै याद मा तड्पिएर
कहिलेकाही बहलाउछु एकान्तमा कल्पिएर
मेरो तिर्खा बढाइदियौ तिम्ले आज मुहान थुनी
आफ्नै ठान्थे थाहा पाए भइछौ तिमी बैगुनी
आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त ...........????
No comments:
Post a Comment