Monday, September 28, 2009

एउटी अन लाइन साथी


उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन ।
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि

हाम्रा यस्तै यस्तै मीठा कुराले जिन्दगिका यात्रा हरु पुरा हुँदै थिए । मलाइ थाहा पनि थिएन के मैले कतै गलत धारणाले सपनाहरु त देखेको छुइन कती बेला म आँफैलाई प्रश्न पनि गर्थे त हैन उनी जस्ती पाउनु मेरो लागि ठुलै कुरो हो जस्तो लाग्थ्यो पनि किनकी उनी साह्रै मायालु थिईन । हुन त हामी एकअर्कालाइ भेटेका त थिएनौ येती सम्मा की वेब क्याम पनि कहिल्यै खोल्दैनथ्यौ मैले एक्दिन हिम्मत गरेर सोधेको थिए तर उनिले भनिन नाइ प्रदिप जी समय आए पछी हाम्रो भेट भैहाल्छ नी । मैले फेरी सोध्ने आँट कहिल्यै गरिन । समय आफ्नै रफ्तर मा थियो त निर्जला र म पनि हाम्रै यात्रमा । हुँदा हुँदा उनिलाइ एक्दिन अन लाइन मा नदेख्दा त लाग्थ्यो यो दुनियाँ सुन्य नै छ ।

पोहोर् बर्ष यही दशैंको दिन थियो उनी को घर मा जुठो परेको थियो रे अनी घरमा एक्लाई भएको ले सारा दिन हामी अन लाइन मा मीठा मीठा कुरा गरेर बितायौ । आफु त बिदेसको ठाउँ भने जस्तो समय पनि नमिल्ने तर पनि उनिको लागि डिउती नै हापेर पनि म अन लाइन् बस्ने गर्थे यो भन्नु को मतलब मेरो मन भित्र उनी पर्ती एउटा ठुलै काल्पनिक संसार रचेको थिए । थाहा भएन उनिको मनमा के उब्जिएको थियो । उनी सँग घन्टौ जिस्किनु नै म आफुलाइ भाग्यमानी ठान्थे सधैं शायद यही नै मेरो कम्जोरी थियो । येत्रो संचारको होड्बाजी को दुनियामा हाम्रो मिलन केबल अन लाइन मै सिमित थियो न मैले उनिलाइ फोन नम्बर सोध्न सके न उनिले नै दिइन । मन मा त उनिको सुरिलो स्वर सुन्न सधैं आतुर हुन्थे त कहिले काही म आफ्नो वेब क्याम खोलेर बस्थे कतै उनिले अनुमती माग्लिन र यही निहुमा म पनि उनिलाइ हेर्न पनि सकु तर उनिले कुनै दिन न त वेब नै मागिन न त आफ्नो नै खोलिन केबल हामी आउँला दुखाइ दुखाइ मन लाई मायाबी कुरा मा रुमलेर एक अर्कामा लठ्ठिएर दिन हरु बिताउथ्यौ ।

जिन्दगी को अर्को नामै सायद अचम्म हो केरे जुन अचम्म आज मेरो जिन्दगिमा मिलेको छ । म यतिबेला आफुलाइ सम्हाल्न नै सकिराखेको छैन कुन सब्द ले लेखु जस्तो भैराखेको छ हाम्रो मिलनको बिन्दु या त हाम्रो यात्रा को अन्त्य हुन सक्छ यो अन्त्य उनिको लागि सुखद बनेको होला तर मेरो लागि अहिले पनि छाती हातले छामिरहेको छु यो छाती भित्र को सानो संसार याने की मेरो मुटुमा भुइचालो गएछ की के हो कुन्नी धड्किरहेको छ । कुनै शब्द भेटाइरहेको छैन मैले मेरो यो काहानी लेख्ने आखिर सत्यता जहिले पनि तितो हुन्छ भनेझै मेरो अगाडि हिजो सम्मका सबै palharu छिन् भरमै तिता भए आफ्नै छाया चर् चर् फुटेको जस्तै देखेको छु मैले त ।
म काम सकेर आज अलिकती चाडो फर्किएको थिए अनी घर तिर फोन गर्नु पर्‍यो भनी हतार हतार कम्प्युटर खोले संयोग भनु की के हो कुन्नी निर्जला पनि अन लाइन मै रहिछिन मेरो साइन ईन हुनु बित्तिकै हाइ भन्न थालिन मैले पनि हेल्लो भने । निकै मीठा मीठा कुरा हुँदै गए उनी ले लिङगे पिङ्ग र सेल रोटिका कुरा गर्दा मेरो मुखबाट झन्डै र्याल निस्केको थियो पनि । दसैंको निकै महान्ता को गाथा गाइन अनी भन्दै गैइन गाउको काहानी । यती लामो समय हामी अन लाइनमा कुरो हुँदा वा मन भित्र भित्र पिरतिका आँकुरा पलाउदा पनि हामीलाई एक अर्काको गाउ कहाँ भन्ने कुरो पनि थाहा थिएन । कुरै कुरो मा एक्कासी उन्ले वेब को अनुमती मागिन म त यिनै दिनका प्रतिक्षा मा थिए । पहिला मैले उनिलाइ हेर्ने भने उनिले पहिला मलाइ हुँदा हुँदा हामी बिच निकै बेर झग्डा हुँदै गयो नेपाल को राजनितिक जस्तो । अन्तमा गाउखाने कथा को उत्तर जस्ले मिलाउन सक्दैन उसैले खोल्नु पर्ने सहम्ती भयो भाग्यले मलाइ सजिलो सोधिन भने मेरो प्र्स्न को उत्तर उनी ले दिन सकिनन अनी उनैले वेब खोल्ने कुरो बन्यो तर केटी न हुन फेरी एउटा प्रस्तव राखिन संगै एक एर्काको अनुमती रिकोजिसन एसेप्ट गर्नु पर्ने । आखिर सहमती नगरे त आजाको दिन पनि हेर्न नपाइएला भनेर मैले ओके गरिदिए ।


१ , २ , ३ , दुबैको वेब क्याम खुल्यो म त समुन्द्र मा नै हाम फाले जस्तो भए किनकी उनी अरु कोही नभएर आज भन्दा ५ बर्षा पहिला मेरो यात्रा बाट छुटेकी सहयात्री थीइन् । मेरा आँखा एका एक रसाए उनी त मलाइ हेरेकै हेरै भैइन । म सँग केही सब्द पनि थिएन बोल्ने यती मीठा मीठा गफ गर्ने हामी दुबइ एक एर्कालाइ देखेर नतमस्तक भैइयो । बडो मुस्किल ले सञ्चै हुनुहुन्छ भनेर लेख्दै थिए अचानक उनी अफ लाइन भैइन मैले टाइप गरेको सेन्ड गर्न पनि सकिन । यत्रो ठुलो संसार हामीलाई किन यती सानो भएको होला ? नियती ले पनि किन होला मलाइ सधैं पिडा माथि पिडा दिरहेको छ । निर्जला ( कलात्मक नाम धारी ) मेरी सानु सायद भगवान ले फेरी हाम्रो मिलन गराउन चाहेका थिए होलान तर तिमी यस्पाली पनि आफुलाइ कायर बनायौ हैन । तिमी साँच्चै कायर हौ नानु !!


आजा आखामा बिल्कुलाई निन्द्रा छैन । पुराना कुरा अनी नयाँ कुराको समायोजना गरेर आलोचना पनि गर्दै छु अहँ मन अडिएकै छैन केबल बगिरहेछ नदी जस्तै । हुन त जिन्दगी पनि त नदी नै हो एक्लाई बगेर अनेकौ चट्टान सँग जुध्नुपर्ने .......

अन्त मा नानु तिमी अफ्लाइन भए पनि सधैं म अन लाइन नै हुन्छु किनकी तिमीले जिस्काएको मन तिम्रै प्रतिक्षामा बिलौना गरिरहेको छ बुझ्नु नबुझ्नु आफ्नै तरिका हो । समय ले छुट्टएको हो हामीलाई शायद यही समयले नै मिलाउन खोजेको पनि हुनसक्छ त्यस्सैले यो ब्लग पढ्यौ भने पक्कै उत्तर लेख्ने नै छौ भन्ने आशा लिदै .............

अन्त मा बिजय दशमी २०६६ को हार्दिक मङल्मयी उमङको शुभकामना ल नानु ...
उही तिम्रो हुन नसकेको प्रदिप

Tuesday, September 8, 2009

मिन पचासे जिंदगी


Thursday, September 3, 2009

हाई हाइ सेतो मुरली



यामुना अर्याल
गुल्मी
हाल : अनाम नगर काठमाडौं




तपाईंहरुले आज कतै बाटोमा सेतो मुरली नसमाएको मनिष देख्नु भयो ? एक्छिन पक्कै अलमलमा पर्नुहुन्छ होला, धन्दा मान्नु पर्दैन उहिल्यै कृष्ण ले ब्रिन्दा बनमा गोपिनिहरु फकाउन बजाउने सुरिलो धुन दिने बाँसुरिको कुरा गरेको हैन मैले, कुरा आजकाल सर्बत्र यत्रतत्र देख्न पाइने पान पसल देखी नाङ्लो पसल सम्मा अनी स्टार होटेल देखी भट्टी पसल सम्म बिना कुनै हिचकिचावट प्रयोग मा आईरहने हामीले देख्दै आईरहेको उही चिरपरिचित सेतो मुरली को हो । सेतो मुरली चुरोटको समानार्थी शब्द हो, चुरोट भन्न साथ कसैको मुखमा र्याल आउन सक्छ त्यसैले कुरा सेतो मुरली बाट सुरु गरेको हो । सेतो मुरली बेगरको मान्छे भेटाउँनु भनेको आजकाल प्याज नखाने बाहुन जस्तै भएको छ । के बालक के ब्रिदा के सज्जन के दुर्जन सबैको हातमा, खल्तिमा दर्जा अनुसारको मुरली रहेको छ् त्यसमा कुनै सन्देह छैन । छोटो समयमै निकै लोकप्रियाता हाँसिल गर्न सक्क्षम भएकोमा सेतो मुरली ब्रन्ड लाई गिनिज बुकमा नाम लेखाउन यो पङ्तिकार हार्दिक ब्यक्त गर्छ । अझ अहिले को सचेत बर्गको कोटिमा बिराजमान युबा पुस्ता को त के कुरा ? २ ४ कक्षा पढ्न पाएको छैन चुरोट समाएर हिंड्न थाल्छन यो त एउटा सरुवा रोग भाईसकेको छ नियन्त्रण को सिमा नै छैन । कसैको लाज सरम मान्नु नपर्ने कसैको धक नलाग्ने जहाँ जस्तो अवस्थामा जसरी प्रयोग गर्दा पनि इज्जदार देखिने सेतो मुरली को प्रयोग ले नेपाल मा पनि अड्डा जमाएको छ । नजमाओस पनि कसरी ? मानिसलाइ पिर मर्का पर्छ त्यही पिर मर्का हटाउने पनि त्यही सेतो मुरली , मानिसमा खुशीको बहार आउछ यसलाई हर्स उल्लास मयी बनाउन अझ भनौ रोमान्टिक बनाउन सक्ती थप्ने पनि यही सेतो मुरली । आखिर के सक्ती छ यो सेतो मुरलिको धँवासे संगितमा ? आखिर किन मनिष हरु जिबनलाई किन धुँवामा उडाइरहेका छन ? के पिर चिन्ता भुलाउने वा खुशी भित्र्याउने अरु कुनै माध्याम छैन र त्यही सेतो मुरलिको सिरोपण गर्नु पर्ने ? पन्क्तिकार को यो जिज्ञासा यि चुरोट शिरारोमणिहरुलाई ।

स्वाथ्य सिक्षा पढाउने एक जना गुरुले कक्षामा चुरोटको कुलतमा फस्न हुँदैन भन्दै लेक्चर दिन्थे उनी आँफै पिरिएड सकाएर चक डस्टर राख्न नपाउदै सेतो मुराली बजाउन सुरु गरिहाल्थे, एक दिन बिद्यार्थीले चुरोट खाएको थाहा पाउदा ति सरका लोप्पा खान परेको थियो यसै सन्दर्भमा उनले भनेका थिए " मैले जे गर्छु तिमीहरुले त्यो नगर मैले जो भन्छु त्यही गर " यस्तै हो अहिले को चलन अर्ती उपदेस दिने तर उलङ्घन आँफैले गर्ने कती रमाइलो ? केही समय अघी १२ कक्षा को परिक्षा चलिरहेको थियो, फिजिक्स बिषयको परिक्षा बिग्रिएपछी एउटा नाम चलेको कलेजका बिद्यार्थीको ठुलै जमात सुन्धारामा यही सेतो मुरलिको धुनमा माहिर थियो । त्यस्तै १५ जनाको समुहमा ५ जना छात्रा छन भने बाँकी सबै छात्र । यसो हेर्दा कुनै पार्टिमा जान लागेका हुनकी जस्तो लाग्थ्यो चट्ट टाइसुटमा सजिएका , टल्किने जुत्ता लगाएका खानदानिका छोराछोरी जस्ता । यसो छेउबाट यो पन्क्तिकार ले चियाउदै गर्दा त्यो भिडको एक जना सन्जिब हो या सञ्जय भन्ने ले सँगइ उभिएको साथीको काधमा धाप मार्दै भन्यो "क्या झुर भयो यार लास्ट नाइट त् एक्जाम बिग्रेको झोकमा रुममा बसेर मजासँग सेतो मुरली बजाइरहेको बेला मा ड्याड छिरेर लास्टै र्याक गर्नु भो यार म त आज दिनभर ३ प्याक लगाउने सुरमा छु केटा हो साथ दिने हो ? " अर्को साथीले मुख खोल्यो "ह्या त पनि के भनिरा तलाई साथ नदिने को छ र यहाँ ? हामी सबै एउटै ड्याङका मुला त हौ नि आखिर सबैको एक्जाम बिग्रेको छ सबैले टेन्सन साफ गर्नु त पर्‍यो नि हैन केटा हो " सबैले हो मा हो मिलाए । पङ्क्तिकार गाडी कुरेर बसिरहेको थियो यस्तैमा एउटा छत्रा ले भनिन हैन फिजिक्स पो बिग्रियो नि अरु त राम्रो गर्नु पर्छ क्या हिड रुममा गएर पढौ उनको कुरा लाई कस्ले स्विकार गर्ने ? ए पढेर के हुन्छ र ? किन पढ्नु ? जिउँ जिन्दगी रमेर अर्को एक बिद्यार्थीले खल्ती बाट चुरोट निकाल्दै तान्न सुरु गर्‍यो अनी क्रमस अरु सम्मा पुग्यो यो क्रम । उनिहरुलाई भोलिको जाँच कसरी राम्रो गर्ने भन्ने त छैन नै छ त केबल हिजो बिग्रिएको जाचको टेन्सन साफ गर्ने कडि सेतो मुरलिको । तेन्सन बाट मुक्त हुन्छ के लेउ एक सर्को उसले आखुले खाँदै गरेको चुरोटको आधा ठुटो देखाउदै अर्को बाट सुरु भयो, मानौ सुनधाराको यात्रु प्रतिक्षालय सेतो मुरलिको धुनमा तरङगित भयो । केटीहरुलाई पनि चुरोट तान्न अनुरोध गर्दै थिए तर केटीहरु भने चुइगम खान मै ब्यस्त थिए ।



भर्खर टाइसुटमा सजिएको यो जमात एकै छिनमा कसैको टाइकमिज भन्दा लामो कसैको छोटो छोटो आँफै बेतालमा उपस्थित हुन लागे । यो समुह अरु कोही नभएर राजाधानिको महँगो कालेजमा १२ को परिक्षा दिन लागिरहेका धनी बाउका छोराछोरी हरु थिए । समुह मा आबद्द कुनै पनि बिद्यार्थीको हतमा झोला थिएन किताब कपी हुने त कुरै भएन । सबै कलेजको छप अन्कित पोसाकमा थिए एकै छीन उनिहरुको रमिता नियालिरहेको यो पन्क्तिकार लाई केही प्रश्न गर्न मन त थियो तर मुख खुल्न सकेन अनी चुप्चाप हेर्न वाध्य । चुरोट खाइसकेपछी उनिहरु मध्यकै एउटाले भन्यो " केटा हओ हिड त्यही हो के आज जाने भनेको भन्दै धरहरा अगाडि रहेको डान्स बार तिर लक्षित गर्दै अनी उनिहरु सबै जना त्यतै सोझिए । शुक्रबार को दिन प्रया निजी कालेजमा बेन्च्डेस्क् रित्तै हुन्छ रे भन्ने सुनिएको थियो तर आँफैले देख्न पाउदा पत्यार लाग्यो पनि । काठमान्डौको निकै महँगो नाम चलेको कलेज् का बिद्यार्थीको यो हबिगत देख्न पाउने यो पन्क्तिकार एक्लो त पक्कै हैन र देख्ने जती सबैको मनसयमा घुसेको हुनुपर्छ कि निजी कलेज् त्यस्माथि पनि त्यत्रो नाम चलेको कालेजका बिद्यार्थीहरु कती सम्मा छाडा हुँदा रहेछन उता महँगो कालेजमा छोरा छोरीलाई पढाएको भन्दै आमा बाबु को नाक घिरौला भन्दा ठुलो यता छोरा छोरीको चाल् भने यस्तो मजाको छ । घरअबाट त पक्कै जाच दिन हिंडेका नै त् होलन नत्र कलेजको पोशाकमा .........
यसबारेमा न त कलेजको प्रशासन ले चासो राख्छ न त् अभिभाबक ले नै ? आमा बाबु हरु ले लाखौं खर्च गरेर महँगो कालेजमा पढाउन पाएको मा त्यस्सै मख्ख उता कलेज् मोटो रकम असुल्न मै ब्यस्त तर बिद्यार्थी बिग्रेकोमा कसैलाई चासो छैन यस्तै हबिगत हुने हो भने त हाम्रा युबा सिक्षित पुस्ता भनेर चिनिने बाट के नै आशा राख्न सकिन्छ ? कतै देसको भबिस्य पनि यही सेतो मुरलिको धुँवा सँगै मडारिदै उड्ने त होइन ?

यो एउटा घटना जो हालै यो पन्क्तिकार को आँखाले कैद गर्न भ्याएको थियो । आजकाल का युबा पुस्ता सेतो मुरली अर्थात चुरोटका असली प्रयोग कर्ता बनेका छन । उनिहरु नै बाहिर धुम्रपान गर्नु हुँदैन भन्छन तर पाएको बेला मा आफ्नै औकात समेत बिर्सिन्छन । अहिले को युबा पुस्ता लाई निकै सचेत पुस्ता भनिन्छ तर वास्तविकता नीयाल्ने हो भने त युबा पुस्ता को नामै परिवर्तन गरेर बायुपुस्ता गराए हुन्छ वा फरक नपर्ला । बायु जता मन लाग्यो त्यतै बहन्छ भने आजकालको युबा जमात पनि तेस्तै छ । भर्खरै स्कुल पढ्दै गरेका बिद्यार्थी बिना चुरोट हिड्दैनन्, अन्य लागु औषधी को कुरा त सामन्य हुँदै गएको छ । सभ्य ठाउका असभ्य युबा पुस्ता देखेरै थाहा हुन्छ कि नेपालको भावी मुहार कस्तो हुने हो भनेर । केही टेन्सन पर्‍यो चुरोट सल्कायो र तान्यो टेन्सन साफ , केही खुशीयाली भयो वा रमाइलो गर्नु पर्‍यो चुरोट सल्काएर धुवाको तुवालो फिजायो रमाइलो, कतै सभा समारोह आयोजना होस् त्यहा पानीका गिलास भन्दा चुरोट का ठुट्टा फाल्ने पिलेट राखिएका हुन्छन । आँह कती लोकप्रिय चुरोट । कती महिमा छ सेतो मुरलिको ? विश्वा यत्रो मन्दिले आक्रन्त हुँदा पनि चुरोटमा कहिल्यै मन्दी आएन । हातमा चुरोट समाएर चिया पिउदै गरेका एक प्रब्रिद्द ब्यक्तिले पन्क्तिकारको यही प्रश्न मा भनेका थिए " हेर्नुहोस् चुरोट आँफैमा नराम्रो होइन यो एउटा ह्याबिट हो जब यसमा एक्पटक लागिन्छ पार पाउन निकै गार्हो छ । यो यस्तो चिज हो जसलाई रोमान्स को बेला मा पनि उपयोग गर्न सकिन्छ दु:खको बेलामा पनि पिर मेटाउन सकिन्छ । उनले यसो भनिरहदा दिक्क लाग्यो चाट्रड एकाउन्टेन्ट भैसकेको बिद्द्वान मान्छेको भनाइ सुन्दा बिरक्ता पनि लाग्यो । घरअको एक जिम्मेवार ब्यक्तिले लतलाई यसरी व्याख्या गरेपछी उसका भावी पुस्तामा यो गुण नसर्ला भन्न सकिदैन । अन्त्य मा भन्नै कर लाग्यो यत्रतत्र सर्बत्र हाइ हाइ सेतो मुरली ।

Wednesday, September 2, 2009

हेर्दा हेर्दै हावाइजहाज चढेर पो जानु भयो त

जिन्दगी नै त आखीर एउटा यात्रा रहेछ यही यात्रा मै भेटिनु भयो मित्र दिपेस थापा हुन त अर्गानैजेसनमा त उहाँ मेरो सिनियर हुनुहुन्थ्यो तर आज मलाई उँहालाइ साथी नै भनेर बोलाउन मन लागेको छ र उहाले पनि साथी नै मान्नु भयो र त आज मेरो आँखामा नराखे पनि नबिझाउने हुनुहुन्छ उहाँ । म त स्वार्थी मान्छे जहिले पनि लिना जानेको छु त्यसैले पनि उहा बाट निकै लिए सके जती लिए ज्ञान लिए मन लिए उहाको निकै समय पनि लिएको छु मेरो आफ्नो ब्यक्तिगत काम को लागि त्यसैले आज उहा नहुँदा यि सबै कुराको कमी भइरहेको छ अनी निकै मिस गरिरहेको छु यो ब्लग मार्फत ।

जिबन मा साथी निकै किसिमका हुन्छन कोही निकै स्वार्थी हुन्छन आफ्नो फाईदा मात्रै सोच्ने कोही मख्खिचुस हुन्छन पैसा निकाल्न पटक्कै नखोज्ने तर अर्काको पाए लाजै नामानी खाने अनी कोही हैकम लगाउन जानेका मात्रै जसले जे भने पनि अर्काले मानिहालोस चाहे त्यो राम्रो कुरा होस् चाहे नराम्रो । कोही निकै घमन्डी पनि हुँदारहेछन कोही मेरा गोरुको बार्है टक्क गर्ने खालका कोही त धाक मात्रै देखाउने अनी अर्काको अगाडि स्मार्ट मात्रै देखिन खोज्ने भने कोही सुर्ती खाएर कोठा गहनाउने बनाउने कहिले पनि सफा नगर्ने अनी झगडा गर्ने आखिर निकै भोगियो यो बैदेसिक रोजगारिको दौरानमा तर यि माथिका भन्दा पनि निकै भिन्न खालको हुनुहुन्थ्यो मेरो मित्र दिपेस् सर । हामी झन्डै २ बर्ष एउटै कम्पनी मा बिताइयो समयको परिवर्तन संगै आज उहा नेपाल जानु भयो म यही को तातो हावा खाँदै छु थाहा छैन कहिले सम्मा यो तातो हावा मा दौडिरहनु पर्ने हो ।

एउटा मिठो अतित बन्दै छन उहाँ सँग बिताएका पलहरु जो हरेक क्षण मेरा आँखामा नाचिरहन्छन हुन त मैले भोगेको अनुभव अनुसार भावनात्मक साईनो नै मिठो हुन्छ रगतको भन्दा भनेर भन्दा पनि रगतको नातामा कर्तब्य बाँधिएको हुदोरहेछ भने भावनात्मक नातोमा माया लुक्दो रहेछ । यिनै शब्द हरुसँग बग्दै दिपेस् सर सँग बिताएका पलहरुको मिठो सम्झना राख्दै केही तस्बिर यो सानो ब्लग मा राखेको छु मैले ।







दिपेस् सर धन्यवाद हजुरलाई त्यो मित्रता दिनु भयो धेरै कुरा सिकाउनुभयो हुन सक्छ यो अबधिमा कुनै दिन हजुरको चित्त दु:खाएको पनि हुन सक्छु यसको लागि माफि चाहन्छु आशा छ हजुर को माया ज्यान टाढा भएपनी मन टाढा हुने छैन ।

हजुर जहाँ भए पनि खुशी हुनुहुनेछ भन्ने शुभकामना सहित् अहिले लाई बिदा माग्छु ल ।