Thursday, June 30, 2011

रुँम भनेनी आँशु छैन्






















रुँम भनेनी आँशु छैन् झन हाँसुम् कसरी
मन भरि चोट बोकी झन बाँचुम कसरी

तिम्रो आकाश उस्तै उस्तै मेरो धर्ति जस्तै
भत्काइहाल्यौ आँगन मेरो झन नाँचुम कसरी

सँग संगै गर्छु भन्थ्यौ नमेटिने यात्रा हाम्रो
धागो छिनेको चङ्गा भए मन गाँसुम कसरी

सुनेको छु आजकाल तिम्ले प्रदिप भन्छ्यौरे मर्यो
जिउँदो लाश बनेर आफ्नै सुचना टाँसुम कसरी 



Wednesday, June 29, 2011

असार १५ लाई सम्झदै यो गीत

असारै महिना खेतमा धान रोपेर बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर

कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

नसराप्नु प्रिया ! पापिले यस्तो हाल गर्‍यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्‍यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन माया चाँही  नमार

रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!

==============================


असार १५ लाई सम्झदै यो गीत
तस्बिर : माईसन्सार उमेसको ब्लग बाट
==============================



Sunday, June 26, 2011

गजल

                   

शब्द छैन् मेरो अनेक बाहना देखाउनेलाई
घात् गरि चोट थप्ने चाहना देखाउनेलाइ

मै राम्रो म नै ठुलो मेरै कुरा ठीक हो रे !
गल्ति सबै अरुकै हुनी भावना देखाउनेलाई

सिस्नो जस्तै पोल्ने मन पानीमै चोपेर 
पाखुरी बजार्दै मेरोसामु सामना देखाउनेलाई

रोज्यौ त खुशी हुने जिन्दगीको गोरेटो त्यो
सलाम गर्छु बिट मारी स्थापना देखाउनेलाई

शब्द छैन् मेरो अनेक बाहना देखाउनेलाई
घात् गरि चोट थप्ने चाहना देखाउनेलाइ
=========================
Pradip "Sarik"
म्याग्दी
हाल: कतार


Sunday, June 12, 2011

स्वार्थी यो दुनियाँमा तिमी पनि भेटेर छुट्टीयौ






 
स्वार्थी यो दुनियाँमा तिमी पनि भेटेर छुट्टीयौ
तिर्खाएकी रैछौ तिमी आफ्नो प्यास मेटेर छुट्टीयौ

घाम देख्यौ राम्रो लाग्यो जुन देख्यौ झनै राम्रो
तिम्रो गीतको धुन खोज्दै मेरो जिबन रेटेर छुट्टीयौ
तिर्खएकी रैछौ तिमी आफ्नो प्यास मेटेर छुट्टीयौ

सँगै मरम सँगै बाँचम भन्यौ अनी जिबन साटे
रंगिएको सिउँदो पनि धोइपखाली मेटेर छुट्टीयौ
स्वार्थी यो दुनियाँमा तिमी पनि भेटेर छुट्टीयौ

लेखिएथे अमिट कथा जिन्दगीका यि पन्ना भरी
निशानी यो नाता प्रमाण सबै चेतेर छुट्टीयौ
तिर्खाएकी रैछौ र पो प्यास मेटेर छुट्टीयौ

Tuesday, June 7, 2011

सन्तुलित प्रेमको खाँचो

लेखक
प्रिय स्‍मृति ढकाल
नेपालगन्ज
Email: pdhakal.npj@gmail.com




















यो स्तम्भकार दिनको थकाई मेट्न नेपालगन्ज को एक कटेजमा प्रबेश गर्‍यो । संयोगले मै बसेको कुर्चि तल बिन लिफाको कागजको चक्टो खसेको रहेछ । खै ! कुन्नी खासै त्यस्ता चकटाहरुमा मन नजाने गरेको भएपनी तयसदिन किन गयो म नै अनबिज्ञ छु । ट्याप्प टिपेर नियाले अनी सरासरती नजर डुलाउँदै गए ............

.............सायदै तिमीले त्यसैबेला इन्कार गरिदिएको भएनी म बेग्लाई यात्रा तय गर्थे होला । समय धेरै पर घर्कि सकेको छ् । तिमीले जे भन म तिम्रो दिलको छहारिबाट् चाहेर पनि फरक सक्दैन । झन्डै आधा दसक लामो प्रेम्को यात्रा बाट मलाई स्तब्ध पार्दै तिमी कुन लोकको स्मरण गरिरहेका छौ ? तिमीलाई मैले भनेकै त हो नि तिम्रो र मेरो प्रेम सम्भब छैन, आखिर तिमी नै जबस्जस्ती गर्यौ , र मेरो हृदयलाई बेजोडले आफ्नो दिलको मन्जिलमा मलाई नछुट्ने गरी कस्यौ । आखिर तिम्रो कसाइ त मुटु धस्ने छुरा रैछ् । त्यही कसाइ र धसाइ लाई जिबन जिउने आधारसिला ठानेर एक्पटक तिमीलाई सम्झने दुस्प्रयास गर्दै छु, यदी तिमीलाई कही कतै कुनै शब्दले चोट पुराएको जस्तो लाग्यो भने मलाई माफ गरिदेउ ...............

मेरी दिलकी रानी अनु, राप्तीनदी देखिको किनारदेखि अधर भरिको मुस्कान तिमीलाई, बसन्त ऋतुको आगमनसँगै नब पालुवाले तिम्रा हरेक अंग अंगहरुलाई चुम्न सफल रहोस्, भबी जिन्दगीको लागि सरल र सुगम यात्रा तय गर्न सफल हुनु, मिठास र मधुर प्रेम बंश यतिमात्र । भनिन्छ अतितको चिन्ता नगर किनकी अतितलाई सुधार्न सकिन्न, यदी तिमी मान्छे हौ भने भबिस्यको चिन्ता गर जो पल पलमा आफुलाई सुधारेर अघी बढ्न उत्प्रेरणा प्रदान गर्छ । अतित त रुँवाउने र ससिरलाई धरासायी गर्ने काल्खण्ड हो । बुझेर पनि आज म पुरानै अतित लाई सम्झने प्रयास गर्दैछु । तिमीले त्यतिबेला फोन नगरेको भए शायद यो अतित अतित बन्ने थिएन होला, अनी यो कागजी पन्नामा प्रेमा का शब्दहरु पोखिदैनथेहोलान पनि, त्यती मात्रा हैन जिबन्ले फरक मोड लिएको भान गर्ने थिएन होला । सुन्नु न ! तपाईं सुमन बोल्नु भा ? तपाईंको आबज बिल्कुलै मन परो । स्टेजमा अती ढिला गरी बोल्नु न है, फेरी माइन नगर्नुस म तपाईंको सुभेच्छुक भएर मात्रा सुझाब दिएको अन्यथा नसम्झनु होला ल बाइ .....। बाइ ...यही थियो मेरो आवाज प्रतिउत्तर मा । राम्रो सुभेच्छुक बाट जोडीएको हाम्रो सम्बन्ध अजम्बरी नाता बन्न पुग्यो । चर्खे पिंग जस्ताइ घुम्दा घुम्दै ७ बर्षाको अनबरत प्रेममय हाम्रो जिन्दगी खै !! कसरी काँचको सिशासरी चकनाचुर पर्‍यो म त्यही प्रश्नको उत्तरको खोजिमा छु । कस्ले चुडायो प्रेम ? म् भन्छु उनिले नै यो प्रेम लत्ताएर अर्कै रोजिन । उनी भन्छिन उसले मेरो प्रेम ईशारा कहिल्यै बुझ्न सकेन । खै ! म स्वयम कुन दुनियाँमा छु मलाई नै थाहा छैन । जिन्दगीका हरेक मोडहरु खै किन निराशा र एक्लोपनले गाँजिरहेको छ् ? न् त रातमा निन्द्रा न त दिन मा भोक, प्यास यि सबै किन ? आखिर कहाँ म लर्खराइ रहेको छु । अनु, तिमी आँफैले भनेकी त हौ , हाम्रो प्रेम चलचित्रको द्रिस्य हैन अनी कुअनी रंगमंचको नाटक जस्तो पनि हैन ता कि नजर बाट एकैछिनमा झार्न सकिने या मार्न सकिने । महाप्रेम नायक रोमियो र जुलिएट को उदाहरण दिएर तिमीले हाम्रो प्रेमको यात्रा तय गर्यौ । समय र परिस्थिती सदाबहार हुदोरहेनछ । म् म भित्रै रहिरहे तर तिमी अर्कै दिलमा बसाइ सर्यौ । 

........यती शब्द मात्रै बुझियो अरु अली पानीले भिजेको रहेछ । स्तम्भकार ले बुझेन । पत्र पढेपछी म बडो सोचमग्न भए । यो प्रेमी कती बिचित्रको रहेछ । एउटा धोका खाएको शब्द र अर्को धोका दिने शब्द । पछील्लो अवस्था मा यही धोका दिने र पाउने शब्दवलिले कयौ युबा युबतिहरु मनसिक तनाब बाट गुज्रिरहेका छन । अपरिपक्क प्रेम को उर्लिदो भेलले मै हम भन्ने युबा तुबतिहरु अछुतो रहन सकेका छैनन । १२  १४ बर्षाको उमेर मा नै ब्वाइ फ्रेण्ड्स र गर्ल फ्रेन्ड्स भन्दै सम्बन्ध राख्ने हरु पछील्लो दिनहरुमा उदास र निराशको भुमरिमा परेका छन । बिशेषत : यि र यस्तै सम्बन्ध बाट प्रेमको रुप धारण् गरेकाहरुको यात्रा ब्रेक लागेको ईतिहास मात्रा हामी कहाँ जिबित छैन कयौ यि र यस्तै सम्बन्धहरुबाट अकाल मै ज्यान गुमाएका छन । शायदै यस्तै मानसिक तनाब होला । शिक्षाको बिकास सँगै पछील्लो अवस्था मा क्षणिक् आनन्द र क्षणिक् मनको प्यास को लागि बढेको पस्चिमेलि प्रेमको बतासले यहाँ पनि गजबको जग बसालिसकेको छ् । त्यो चाहे, बिद्यालय भित्र कै युबा युबतिहरुमा होस् या कलेजमा नै किन नहोस् । हो, उमेरको प्रभाब होला तर पहिले अर्थात हामीले हाम्रो हजुर बुवा हजुर आमाको प्रेमलाई जान्न चाहयौ भने हामीले गरिरहेको प्रेम कहाँ छ् त्यसको तुलना गर्न आबस्यक छ् । शिक्षाको बिकास सँगै बर्तमान परिस्थितीमा हामीले गरिरहेको प्रेम कस्तो छ् वा के भैराख्या छ्   भनेर एकपटक आँफैले आँफैलाई नियाल्न आबस्यक छ् । छाडा प्रेमले क्षणिक् आनन्द र मदहोस् त बनाउला तर हामीलाई सधैं निराश्मयि जिन्दगीबाट टाढा राख्न सक्दैन त्यो धुब्रसत्य नै हो । जब सम्म यहाँ सन्तुलित प्रेम गरिदैन तब सम्मा प्रेममय जिन्दगीको पारीकल्पना गर्नु ब्यर्थै हुने छ् । प्रेम गरेकै कारण धोका पाउने र दिने स्थिती कहिल्यै पनि बन्द हुने छैन । यही निर प्रश्न श्रीजना हुन सक्ला प्रेम प्राप्तिको लागि मात्रा हैन त्यगको लागि पनि हो तर त्याग र बलिदान पनि हाँसी हाँसी हुन सक्नुपर्छ । सधैं रुँनु र समाज बाट एक्लो भएको महसुस हुनका लागि शायद प्रेम गरिदैन होला र गर्नु पनि उचित हुनेछैन । पछील्लो पुस्ता मा शिक्षा संगै भित्रिएको उरन्ठौले प्रेमले निम्ताएको मानसिक तनाबलाई किनरा लगाउन स्वयम प्रेमिप्रेमिका हरुनै अलर्ट हुन आबस्यक छ् । समयमा आफुलाई सुरक्षित राख्न सकिएन भने माथिको सुमनले मात्रा हैन कयौ युबा युबति यसै गरी धोका खाने छन । स्तम्भकारले यती मात्रै सोच्न भ्यायो अनी भन्न मन लाग्यो प्रेम गर्ने हरुलाई सादुबाद .............!!!

Thursday, June 2, 2011

हार्दिक श्रदान्जली !! राजा बिरेन्द्र लाई


आजकाल त राजा लाई सम्झिदा नि राजाबादी भन्ने चलन छ् क्यारे आखिर जे सुकै भनुन म राजाबादी हैन भन्नु भन्दा पनि देसले गर्न खोजेको परिवर्तन को दिसा तिर शाहज लम्किन चाहने अरु नागरिक जस्तै एक नागरिक हुँ । मैले न त राजा बिरेन्द्र लाई भेटेको छु न त राजापरिवार र दरबारको बारेमा केही थाहा थियो एउटा पहाडी मुलुक मा साधारण परिवार मा जन्मेको मैले त्यो हसियत राख्न सक्ने कुरा नि भएन मैले पनि छापा हरुमा जे पाए त्यही बाट नै राजा र राजापरिवार को बारेमा जाने । जे जस्तो भए नि मैले राजा बिरेन्द्र लाई मन पराउथे र रानी एस्वर्या लाई त म कबिता हरुमा पहिले नै चाँडनी शाह को नाम ले पढिसकेको थिए त्यो तेतिबेला माध्यामिक तहको पाठ्यक्रम मा नै हो शायद ।

मलाई थाहा छ् देस मा गरीब जनताले न हिजो नै राहत पाएका थिए न त अहिले नै । जे जती भए स्रिफ राजनीतिक नारा हरु नेता भनाउदाको मुखबाट निस्कने बाहेक अरु केही हुन सकेन । आजकाल त देसमा जनता पनि छाडा भएको महसुस गरेको छु । मैले सुनेका बिरेन्द्र साह्रै नै जनता प्रेमी थिए रे खै ! हुने हार दैब नटार भने जस्तै उनिलाई त मारिदिए नै तर एक दसक बितेर जादा पनि हत्यारा को भन्ने प्रश्न आँफैमा पहाड भएर चुलिदैछ ।

मैले आज उनिलाई सम्झेर श्रदान्जली दिन उपयुक्त ठाने आखिर मेरो यो कर्तब्य पनि हो किनकी म उही राजाको प्रजा थिए ।

केही लाइन हरु मेरो कलम बाट

कुन पापिको आँखा लाग्यो मारिदियो हाम्रा राजा 
एकदशक मै हेर्दा हेरै कस्ता दिन आए आज

गुपचुप मै मिलाई कुरा धेरै भए छोटा राजा
गरीब दुखी माथि नै बजाउदै छन यिन्ले बाजा

लोकतन्त्र, गणतन्त्र,नारा पनि के के हुन कुन्नी
हत्यारा को खोजी नगर्ने लाई कहिले हुन्न किन लाज

भटट्ट्ट्ट गोली हने भनी दीपेन्द्रलाई दिए दोष
खै ! झुक्याउनलाई नै रैछ् प्रतिबेदन जनताको माझ

त्यो आत्मले सान्ती पाओस भन्नुबाहेक केही छैन हाम्रो सामु
देशभक्ति यो प्रदेशी ले हार्दिक श्रदान्जली दिन्छु आज ।