Sunday, June 22, 2014

जिन्दगी कप २०१४

जिन्दगीले भकुण्डो झै 
लात्तै लात्तले हानेर 
कहिले यो कुना मा कहिले त्यो कुना मा पुर्याएको छ 

त्यही पनि गोल हुन्छु कि भनेर 
छक्किन्छु, झुक्किन्छु, ठोक्किन्छु 
फेरी
कतै अफसाइड हुन्छ 
कतै आउट साइड हुन्छ 
कसैले कर्नर बाट हान्छन 
कसैले बिचै बिच लान्छन 
म बबुरो भकुन्डो 
ईशारा इसारैमा बेचिन्छु 
लात्तै लात्तामा ठोकिन्छु 
अन्त त 
जस्ले बढी छक्काउन सक्छ मलाई 
जस्ले बढी झुक्काउन सक्छ मलाई 
जस्ले बढी बजाउन सक्छ मलाई 
उसैले नाक को फोरा फुलाउदै 
उचाल्छ एउटा जित 
म भकुण्डो 
दुखेको जिउ बोकेर हेरिरहन्छु 
एउटा कुना बाट 
अर्ना भैंसी झै बुर्कुसी मारिरहेका मनुस्यहरु  ....!!