Monday, October 28, 2013

म्याग्देली प्रकाशको क्यामेरा ले

म्याग्दी जिल्लाको बेनी बजार मा नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर खोलेर आफ्नो ब्यबसाय गरी बस्ने मित्र प्रकाश पौड्याल ले आफ्नो फेसबुक मा हाल्नु भएका म्याग्दी जिल्ला का केही तस्बिर हरु मलाई मन परेको ले यो मेरो ब्लग मा राखेको छु । मलाई मन परेका तस्बिर हरु  तपाईं हरु लाई नि मन पर्न सक्छ कि भनेर । कुनै किसिम का फोटा वा भिडियो बनाउन्  परेमा, बिहे- बर्तबन्ध वा कुनै कार्यक्रममा फोटो खिचाउन परेमा म्याग्देली साथीहरु उहाँ लाई संपर्क गर्न नभुल्नुहोला ल ।

 हेरौ प्रकाश को क्यामेरा मा कैद भएका केही द्र्स्यहरु :

म्याग्दी जिल्ला को सदरमुकाम बेनी बजार 



म्याग्दी को ताकम धारापानी 









सबै तस्बिर हरु प्रकाश पयौडेलको फेसबुक बाट सभार गरिएको हो 


नउन्नु माला हे मेरी दिदी



















नउन्नु माला हे मेरी दिदी भाई आउन पाउदैन 
यसपाली पनि तीन धर्के टिका लाउन पाउदैन 

पिढीको डिलमा बसेर फेरी नहेर्नु प्रदेसीलाई  
दौतरी सँग देउसी र भैलो गाउन पाउदैन 

आँगनको डिलमा मखमली फुल हाँसेर जिस्काउला 
लिंगे पिङमा मच्चिने रहर सजाउन पाउदैन 

सोलीमा बोकी दिदिले ल्याएका सेल रोटी खाएर 
भैलेनी टोली बोलाई घरमा नचाउन पाउदैन 

प्रदेसी जिबन साहुको खटन घर आउन पाउदैन 
यसपाली पनि मखमली माला लाउन पाउदैन 



Sunday, October 27, 2013

डेढ ड्रिम

मंगलघाट को पुल तरेर
उकालै उकालो
चिसो हावा खाँदै
पिपलडाँडा को चौपारी मा पुगेर
तिम्रो हात बाट चिसो पानी
पिउँदा का ति पलहरु
सम्झना बनेर
काली खोलाको मसानघाट बाट
ब्युझिएर आएको भुत ले झै
मेरो निन्द्रा तर्साइरहेको छ्

शायद तिमी र म
हामी हुन नसकेको पिडा
बाटोमा भेटदा पनि
मुन्टो बटार्नु पर्ने तिम्रो बाध्यता
म हिंड्ने गोरेटाहरु मा
आट्टिको झ्याल बाट चियाउने
तिम्रा नजरहरुमा
आजकल फुलस्टप लागेर होला
मलाई किलिकिली बाँडुली लाग्न छोडेको छ

तर पनि
किन हो खै
पूर्ण बिराम लागेका हाम्रा कथाहरुले
अझै पात्र खोजिरहेको जस्तो
या अझै लेखिन बाँकी अक्षरहरु बोकेर म
मसी सकिएको कलम जस्तै
पर्खिरहेको छु
दुई थोपा पसिना चुहाउदै
एक थोपा मसिको लागि
ता कि
बन्चरे ढुङ्गाको चौपारीमा पुगेर
लामो श्वास तान्दै
सोच्न सक्नेछु
जिबन मा तिमी धेरै माथि पुगे पनि
या म चिप्लिएर भुँईमा लढे पनि
तिमीलाई बेनी बजार मै हराएर
धेरै उकालो उक्लिसकेको छु
धेरै माथि ज्यामरुककोटको मन्दिर सम्मा
तिमी देखी धेरै टाढा !!

Wednesday, October 23, 2013

भौतिकशाष्त्रमा नयाँ आयाम : नेपाली युवा बैज्ञानिकको चमत्कार


बिक्रम बिबस 











प्रायः राती अवेरसम्म वत्ती बलिरहने एउटा युवाको कोठामा यसपाली लगातार एक हप्ता वत्ती ननिभेपछि घरवेटी अन्टीले ससंकित हुदै ढोका ढक्ढक् गर्नुभयो ‘बाबु ऽ ए बाबु । भित्रबाट तुरुन्त आवाज आयो ‘हजुर भाउजु ।’ एकैछिनपछि त्यो युवक डण्डिफोर आएको नाकमा अड्याएको सेतो पावरवाला चस्माले राताराता आँखा छोपेर देव्रे हातको कान्छी औलामा पालेको नङ्ले गालाको डण्डिफोर कोट्याउँदै अर्को हातले डटपेन र कापी च्यापेर उ बाहिरिंदै थियो ।

एतिका दिनपछि बाबु आज ठूलै काम छ जस्तो छ बाहिर ?’ अन्टीले जिस्क्याउँदै फेरि सोध्नुभो ।
परिक्षा छ भाउजु’– उसले उत्तर दियो ।
अनि एति विहानै हो त परिक्षा?’
परिक्षा त १० बजेबाट हो । प्रकट सरकोमा जानु छ । अनि त्यसपछि परिक्षा दिन जाने हो ।
संवाद सकियो । वत्ति ननिभ्नुको उत्सुकता पनि मेटिएजस्तो भयो । तर त्यही दिनको मध्यान्हतिर फेरि अर्को एउटा अनौठो भयो । १० बजेबाट स्नातक तहको परिक्षा छ भनेर विहान ७ बजे निस्किएको मान्छे १२ नबज्दै घर फर्किएको छ ।

हैन बाबु १० बजेबाट परिक्षा भनेको हैन? २ घण्टा नवित्दै घर आउनुभएको छ त ?’
प्रकटकोमा गएको भाउजु, प्रकट सर घरमा हुनुहुँदो रहेनछ । आमाले प्रकट बाहिर गएको छ, एकछिन बस बाबु भनेर प्रकटको खाट देखाईदिनु भयो । त्यहीं बसेको । निदाएछु । पछि प्रकट आएपछि निदाएको मान्छेलाई के डिस्टर्व गर्नु भनेर कुरेर बस्नुभएछ । व्यूझिंदा त एतिबेला भैसकेछ !’ अचम्मको कुरा थियो त्यो । तर एस्ता अचम्म  भविन्द्रसँग संगतमा परेकाले प्रायः भोगिरहन्थे । यिनी धौलागिरिका क्षमतावान युवा साहित्यकार पनि हुन् । साहित्यमा यिनलाई भवभिन्न भनेर चिनिन्छ । प्रकट भनेका चाहिँ पत्रकार प्रकटकुमार शिशिर । नेपाली साहित्यका धुरन्धर भविन्द्र पछि नेपाली विषय लागेर फेल भए । यो कुरा लामो समयसम्म्म हामीमाझ एउटा किस्सा बनेर रह्यो । सोहि दिन यिनको परिक्षा त सकिएको थियो तर कोठामा वत्ती ननिभ्ने प्रकृया धेरै समय सकिएन ।

कलाकृति: गणेशकुमार 
कुरा ०६०६१ सालतिरको हो । देशमा संकटकाल थियो । एउटा युवा हातमा केही फलामका टुक्राटाक्री बोकेर विहान सवेरै कोठाबाट निस्कन्थ्यो र बेलुका साँझ परेपछि धुलोमैलो हुँदै घर छिथ्र्यो र सामानहरू पोको पारेर खाटमुनि लुकाउँथ्यो । क्याम्पसमा नेपाली साहित्य र गणितको विद्यार्थी उसँग बाँसका दराजभरि आईन्सटाईन, न्यूटन, ग्यालिलियो र आर्किमिडिजका जीवनी र भौतिक विज्ञानसँग सम्वन्धित कितावहरू पाईन्थे । घरमा पुगेपछि उ ति धातुका सामानहरूभन्दा वेसी तिनै कितावहरूसँग लडिरहेको भेटिन्थ्यो भने कतिकति बेला खाटमुनिबाट ति फलामका टुक्राहरू निकाल्थ्यो ।

एक दिन सेनाका जवानहरू हामी वसेको घर तलासी गर्न छिरे । घरलाई वरिपरिबाट घेरा हालिएको थियो । सेनाका जवानहरूसँग उनको प्रश्नउत्तर भएको मेरो कोठाबाट रातको सन्नाटामा मैले प्रष्टसँग सुन्न सक्थें । उनले भन्दै थिए ‘सर यो कुनै विष्फोटक पदार्थ बनाउन लागेको होइन । मैले विज्ञानको परिक्षण गरिरहेको छु । पछि वादविवादबीचमा एउटा परिचित आवाज आयो ‘ए भवभिन्न सर पो । साथी हो । उहाँलाई शंका नगर्दा हुन्छ । उहाँ त्यस्तो मान्छे हैन । त्यसपछि त मेरो मन पनि हल्का भयो । उनी कति हल्का भए होलान् उनैलाई सोध्नुपर्छ ।

तर त्यसपछि उनी कहिल्यै ति फलामका औजारहरूसँग देखा परेनन् । पछि एउटा स्थानीय ग्रीलका एकजना साथीले म पनि त्यही घरमा बस्छु भन्ने थाहा पाएपछि मलाई सोधे ‘भवभिन्न सर कता जानुभयो हिजोआज । एउटा नयाँ मेशिन बनाउँछु भनेर त्यतिका दिन ग्रीलमा बस्नु भयो । काम नसकिकन आउनै छाड्नु भयो ।त्यसपछि बल्ल मैले थाहा पाएँ उनी कुनै मेशिन बनाउन ग्रील जाँदा रहेछन् ।

समय बित्दै गयो । उनको मेशिन खाटमुनिबाट निस्किन छाड्यो अब । त्यसमाथि पनि देशको राजनीति अलि असहज नै हुँदै गयो । यो प्रसङ्ग यतिकै सेलाएर गयो । तर जव देशमा दोश्रो जनआन्दोलन ०६२६३ सेलायो, यो प्रसङ्ग फेरि तातेर आयो । यतिबेलासम्म उनी काठमाण्डौ बसाई सरिसकेका थिए । अहिले सम्झँदा लाग्छ हाम्रा नेताले, हाम्रो राजनीतिले आफै केही गर्न नसके पनि गर्ने वातावरण कुण्ठित नगरिदिए मात्र हामी नेपाली मानव विकासको यो दौडमा एति धेरै पछि त पक्कै पर्ने थिएनौं ।

०६२६३ को राजनीतिक परिवर्तन पछि शाही ‘कूले थचारिएको एउटा वैज्ञानिक फेरि उठ्यो । तर यो रोकिएको स्थानभन्दा धेरै माथिबाट उठ्यो । यो बीचमा उसले विज्ञानसम्वन्धि थुप्रै ठेलीहरू सकाएर उठ्यो र भन्यो अहिले भौतिकविज्ञानमा भएका स्थापित केहि शिद्धान्तहरू पूर्णरुपमा गलत छन् । नेपालको कुल विद्युत उत्पादन क्षमता ८४ हजार मेघावाट छ भन्ने मापन त झन् हाँसोलाग्दो छ । आर्किमिडिजको उध्र्वचापको शिद्धान्त गलत छ । न्यूटनको ‘सेकण्ड ल अफ मोसन त्रुटिपूर्ण छ । तर कस्ले पत्याउने ? मैले पनि पत्याइनँ त्यो बेला ।

पछि यिनले यसै विषयमा कितावहरू नै लेखे । म पनि विस्तारै विस्तारै उनका कुराहरूमा आकर्षित हुन थालेको थिएँ । एकदिन मैले कुरा जान्ने उत्सुकता देखाएपछि उनले कागजका दुईओटा गिलास प्रयोग गरेर निकै सहजरुपमा कुनै पनि तरल पदार्थमा कुनै ठोस बस्तु डुवाउदा त्यसले विस्थापन गरेको तरल पदार्थको तौल उक्त वस्तुको तौलसँग वरावरमात्र नभएर घटी वा बढी जे पनि हुनसक्छ भनेर देखाएपछि उनको कुरामा दम छ भन्ने बल्ल मलाई लागेको हो । हाईस्कूलमा पढेको विज्ञानको भरमा मैले योभन्दा बढी जान्ने हैसियत राख्दैनथे ।

समय वित्दै गयो । उनले आफ्ना अनुसन्धान र आविष्कारलाई सबैसामु फैलाउन चाहे । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकाय, यसअन्तर्गतका विद्यार्थी सबैले यिनलाई पागल भने । तिनीहरूले आजसम्म भगवान् मानेका आइन्सटाईन, आर्किमिडिज, न्यूटन र तिनले प्रतिपादन गरेका ‘अपरिवर्तनीय वैज्ञानिक सत्य गलत छन् भनेपछि तिनले निको पनि किन मानुन् ? आजसम्म एकोहोरो रटान लगाएका सुत्रहरू गलत् छन् भनेर मानिहालेमा तिनले आफ्नै भविष्य पनि अन्धकार देखेहुनन् । ‘थ्री इडियटस्का ‘भाईरस प्रवृत्तिका तिनीहरूले भवभिन्नलाई लगातार ४ वर्ष पागल भनिरहे । साँच्चै पढ्नु र जान्नु भनेको अत्यन्तै भिन्न कुरा रहेछ । आफूलाई भौतिक शाष्त्रका दिग्गज मान्नेहरू इश्र्याले जले र भवभिन्नका यि आविष्कारहरूलाई जान्नै नखोजी निरन्तर बहिस्कार गरिरहे र उनको विषयमा गलत प्रचारवाजी समेत ।

आफूले गरेको खोजलाई भौतिकशाष्त्रसँग सम्वन्धित अग्रजहरूले सहयोग गरेर यसको संरक्षण र प्रवर्धन गर्लान् भन्ने सोचेका भवभिन्न माथि अव एउटा नयाँ चुनौति थपिएको थियो । एकातिर कसैले उनको आविस्कारलाई मेरो भनेर प्रचारवाजी गरिदिन सक्थ्यो, अर्कोतिर आफ्ना नयाँ शिद्धान्तहरूमा आधारित भएर कुनै मेशिन बनाउन सकेमात्र आफ्नो दावी प्रमाणित गर्ने प्रशश्त आधारहरू निर्माण हुनसक्थे ।

समय वित्दै गयो । भवभिन्नले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजानिक गरी सोसम्वन्धि पेटेन्ट लिएको र म परदेश लागेको बर्षौं वितिसक्यो । म यतै हराएको छु तर अनौठो लाग्छ व्यापक प्रतिकूलताका बाबजुद पनि भवभिन्न हराएका छैनन् । उनका प्राज्ञिक समर्थकहरू ह्वात्तै बढेका छन् । झन् महत्वपूर्ण त तिनले मेशिन बनाएका छन् र २०६९ असार ३० गते राती १ बजे यसको सफल परिक्षणसमेत गरेका छन् । यसले विज्ञानसँग चासो राख्ने समुदायमा ठूलै हलचल मच्चाईदिएको छ एतिबेला । उनले मेशिनको प्रदर्शनीमा आर्किमिडिजको उध्र्वचापसँग सन्वन्धित शिद्धान्त प्रस्टरुपमा गलत छ भनेर आफ्ना तर्कहरू प्रमाणित गरेर देखाएका छन् । देशमा उर्जासंकटले विकराल रुप लिएको बेला उर्जा उत्पादनको अझ सहज र संभावनायुक्त सिद्धान्त प्रतिपादन गरेर विश्वले नै एकपटक नियाल्नुपर्ने कार्य उनले गरेका छन्  ।

त्यसो भए अव के त? यि अक्षरहरू कोरिरहनुको वास्तविक आशय पनि के हो भने हामी नेपालीहरू एउटा फोहोरी राजनीतिक दलदलमा नराम्रोसँग फसेका छौं । दलीय राजनीति त परै छोडौं व्यक्तिव्यक्तिबीचको रिस, राग र इश्र्याको राजनीति पनि अत्यन्तै डरलाग्दो छ हामीबीचमा । हाम्रो सरकारले यि कुराहरूको विश्वव्यापीरुपमा चर्चा र चासो पाउने गरी प्रवर्धन गर्ला भनेर हामीले आशा गर्नु सर्वथा गल्ती हुनेछ ।

कुनै पनि स्थापीत मूल्य मान्यताको विरुद्ध आवाज उठाउनु नदीको प्रवाहमा उल्टो पौडिए सरह हो । सबैलाई थाहा नहुनसक्छ सन् १६३३ ताका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलिले  ‘पृथ्वी चेप्टो हैन गोलाकार छ र व्रम्हाण्डका अन्य ग्रहहरूले पृथ्वीलाई हैन पृथ्वीलगायत ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् भनेर भन्दा क्याथोलिक कट्टरपन्थीहरूले उनलाई जेल हालेका थिए । पछि आफ्नो अडान परिवर्तन नगरे जिन्दगी जेलमा नै सडेर जाने देखेपछि ‘होइन रहेछ पृथ्वी चेप्टो नै रहेछ, अनि सूर्यलगायत ग्रहहरूले पृथ्वीलाईनै घुम्दा रहेछन् भनेर झुठो बोलेर जेलमुक्त भएका थिए । एतिबेला भवभिन्नको १० १२ वर्षदेखिको तपस्या पुरा भएको छ । यसका लागि तिनले केके गुमाए त्यो उनको चासोको विषय हैन एतिबेला, तर जुनकुरा आज एउटा अकाट्य सत्य भएर स्थापित भएको छ, त्यही कुरा बोल्दा कुनै प्रथम विश्वका वैज्ञानिकले यस्तो नियती भोग्नु परेको थियो भने हामीले विचार नपुराउने हो भने हाम्रा भविन्द्रले भोग्ने नियती अझ भयानक हुनसक्छ ।

एतिबेला जनताकै भरमा थेगिएको छ हाम्रो देस । तसर्थ हामी नेपालीहरूले यस विषयमा आआफ्नो ठाउँबाट प्रचारप्रसार र सम्वद्र्धन गर्न अत्यन्त जरुरि छ । त्यसमाथि पनि विज्ञानसम्वन्धि ज्ञान र चासो राख्ने र मुख्य गरी पहिलो विश्वमा रहेका नेपालीहरूको यस विषयमा अझै ठूलो जिम्मेवारि रहेको छ ।

मलाई थाहा छ भौतिकशाष्त्रका सिद्धान्तहरूको अध्ययन, मनन् अनि विश्लेषण गर्नसक्ने सकारात्मक सोंच भएका नेपालीहरू देश अनि विदेशमा प्रशस्त छन् । उहाँहरूलाई मेरो एउटा विनम्र अनुरोध छ कृपया भविन्द्र कुँवरका यि नयाँ बिचार तथा शिद्धान्तहरूको एकपटक चासोपूर्वक मनन् गर्नुहोस् । यो चुनौति हो । यदि उनी गलत छन् भने, गल्ती औल्याईदिनुहोस् । र यदि उनी सहि छन् भने समग्र भौतिकविज्ञान र मानवजातीको उत्थानको यो प्रयासलाई प्रवर्धन गर्नुहोस् ।  अनि मात्र हामी नेपालीले गर्व गर्नसक्ने कुराहरू बढेर जानेछन् ।

Sunday, October 20, 2013

गीत

धान पाक्दै होला गाउ तिर 




















पहेलिदै लह लह धानको बाला झुल्दै होला 
पानी रोकिएपछी त आँकश पनी खुल्दै होला 

जुनेली त्यो रातमा हाम्ले परालको बिटो बोक्दा 
मुटुले ढ्याङ्रो ठोक्थ्यो धुलेओढारमा बाघले खोक्दा 
रातेभिरमा स्याल कराउदा तिमी डरले काँप्ने गर्थ्यौ 
अनी मेरो मुटु छाम्दै हाम्रो माया नाप्ने गर्थ्यौ 

धौलागिरीको हावा बोकी चिसो हावा डुल्दै होला 
गैरी खेतका फाँटहरुमा धानको बाला झुल्दै होला 

बेनी जान झर्नु पर्ने तेर्सै तेर्सै बाग्लुङ जान्थ्यौ 
कालिकाको दर्सन गरी राजनकोमा म:म खान्थ्यौ 
तिमी भन्थ्यौ जुनी भरी साथ दिने छु यसैगरी 
तिम्लाई धोका दिन परे मर्छु बरु कसैगरी 

मखमली र गोदावरी ढकमक्क फुल्दै होला 
हामी हिंडेको बाटोले नि हाम्रा पाइला भुल्दै होला 



Saturday, October 19, 2013

चक्रब्युहँ




मिसकल टिविट बज्यो उसको मोबाइल मा
उस्ले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो  कान्छो भाईले मिसकल गरेको रहेछ फेरी के भयो यस्लाई  रिप्लाई गर्ने मन  थियो तर मोबाइलमा ब्यलेन्स नै थिएन चुपचाप मेट्रो स्टेसन को लिफ्ट चढ्न थाल्यो 

माथि बाट एक्जोडी मस्किदै झर्दै थिए उस्ले पिलिक्क आँखा लगायो  के गर्नु आफ्नो  भाग्य नै छैन यसरी बुढी सँग मस्किदै हिंड्ने  कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ्  मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन   भाई बहिनी ले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेको मा गर्ब गर्छ उस्ले तर मन मा भने खै किन हो एक किसिम को सुस्वाट सुस्ताइरहेको थियो 

यती बेला  लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्म मा पुगिसकेको थियो  आज पब्लिक होलिडे दुबइ को मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन  कोही कोही आफ्ना जोडी सँग मस्किदै हिंडेका छन कोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागि कोही छैनन या   कसैको आबस्यकता मा पर्दैन  मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन  अती ब्यबस्थित छ् दुबइ को मेट्रोधेरै कुर्नु पनि पर्दैन हरेक  मिनिट मा ठ्याक्कै ओराल्ने  चढाउने गर्छ मान्छेहरुलाई  वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्ने ले  १० बर्ष मा स्विजरल्याण्ड बनाउछौ भन्थे तर  बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधान सम्मा पनि लेखेनन अब  झन कुर्चिको खेल मा फस्दै छ् मेरो देस अनी यस्तो देसका  जस्ता नागरिक ले बिदेस मा दु: नपाए कस्ले पाउछ  ? उस्को मन मा निरास मात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा  मनमा यस्तै कुरा हरु खेलिरहेका थिए  झर्ने स्टेसन पनि आएछ ......

Friday, October 18, 2013

एउटी अन लाइन साथी {संस्मरण }




उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन । 
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन । 
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन । 
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु । 
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि ......... Continue to Read 

Tuesday, October 15, 2013

Saturday, October 12, 2013

हामी आँफै नगरे कस्ले गर्छ हौ ज्यामरुकेहरु ???

        उत्तर फर्कियो धौलागिरी हिमाल मुस्काइरहेको हुन्छ, पश्चिम हेर्यो कि माछ्छापुछ्रेको सिर टल्किरहेको हुन्छ तल बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम काली र म्याग्दीको दोभान, वा मेरो ज्यामरुककोट, सिरैमा बसेको खड्गभवानीको मन्दिर । यहाँवाट धौलागिरी,निलगिरी,माछापुच्छे, गुर्जा, अन्नपूर्ण लगाएत एकदर्जन हिमश्रृङ्खला, म्याग्दी,मुस्ताङ,वागलुङ,पाल्पा, स्याङजा,तनहू, लगाएतका जिल्लाका करिव ३५ भन्दा वढि गाउँहरु देख्न सकिने, यो ठाउँमा वाइसे चौविसे राजाको पालामा तत्कालिन भर्तिवम मल्लले राज्य गरेको पर्वत राज्य हो भन्ने किम्बदन्ती छ । 



नब दुर्गा पूजाको लागि तयारी गर्दै 



तर बिडम्बना यस्तो एतिहासिक महत्व बोकेको ठाउँ आज आफ्नैहरु बाट उपेक्षित बनिरहेको छ ज्यामरुककोट । बडा मुस्किल ले बर्षा मा २ पटक चैते दसैं र बडा दसैंमा पूजा गरिनु बाहेक अरु बेला मा न त कोट समितिले सोच्न सकेको छ यसको संरक्षण मा न यहाँ का स्थानिय बुद्दिजिबी हरुले । दु:ख को साथ भन्नु पर्दा म पनि यही केही सोच्न नसक्ने र गर्न नसक्ने बर्ग मा उभिएर टुलुटुलु हेरिरहेको छु यो ढल्दै गएको हराउदै गएको खड्गभवानी को मन्दिर लाई । बिगतमा मन्दिर संरक्षण समिती बने पनि बिभिन्न राजनैतीक ब्यक्तिहरु को ब्यक्तिगत सोच ले न कोश मा कुनै रकम संकलन गर्न सकिएको छ न कसैले प्रयास नै गरेका छन । गाउमा क्लब हरुले सामान्य कार्यक्रम गर्दा त लाखौं रकम संकलित भईरहेको ग्लोबल को जमना मा तपाईं हामी ज्यामरुकेहरुले किन यता पट्टी सोच्न भ्याएका छैनौ यो आँफैमा लाज मर्दो कुरा भएको अनुभुती भाईरहेको छ मलाई । 
खड्गभवानी मन्दिर मा रहेका एतिहासिक हतियार हरु काम नलाग्ने अवस्था मा (संरक्षण को आवश्यकता)


आज बिहानै बेनी अनलाइन मा ज्यामरुक कोट का बुद्दिजिबी, पत्रकार तथा यही मन्दिर मा नबरात्री पूजा सन्चालित गरिरहेका आदरणिय मित्र धुर्बसागर शर्मा ज्युको लेख पढ्दा मेरो आसु आयो ( लेख पढ्न यहाँ क्लिक गर्नुहोस्) साँचिक्कै गहिरिएर सोच्ने हो भने बिगत देखी बर्तमान सम्मा यस् मन्दिर तथा कोटको लागि कोही कसैले पहल नगरेको तितो यथार्थ छरपस्ट छ । हामी किन यस् बिषयमा चुप लागेर बसिरहयौ, कस कास्का कमीकमजोरीहरु रहे आदी इत्यादी केलाएर अब को दिनमा हामी सम्पूर्ण ज्यामरुक्कोट का बसिन्दाहरुले सोच्नु पर्ने बेला भएको छ । आखिर मा हामीले नगरे कस्ले गरिदेला र ?  


नब दुर्गाको पूजा को तयारी मा धुर्बसागर शर्मा, सुर्य थापा लगायत स्थानिय बुद्दिजिबीहरु 


यसै मन्दिर परिसर बाट देखिने पर्बत जिल्लाको मल्लाज गाबिस अन्तरगत माँझफाट मा रहेको अर्को एतिहासिक दरबार लाई त्यहा का स्थानिय तथा प्रबासी हरु मिलेर चिटिक्क पारेको देख्दा हाम्रो ज्यामरुककोट को खड्गभवानी मन्दिर रोइरहेको जस्तो भान हुन्छ मलाई । आज कै धुर्ब सर को न्युज हेरेर मलेसियामा रहनु हुने रत्नेचौर का दिपक बोगटिले ठुलै सहयोग गर्ने बचन दिनु भएको छ । यसै कार्यको लागि म स्वयम ले पनि प्रबासी साथीहरुलाई संपर्क गरी आर्थिक संकलन गर्ने निर्णय गरेको छु अब तपाईं हरु स्थानिय त्यहा काम गर्ने बुद्दिजिबीहरु, राजनैतीक दलका प्रतिनिधिहरु, समाजसेबी हरु सबै मिलेर यस् ज्यामरुककोट खड्गभवानी पुन निर्माण समिती बनाउन मैले धुर्बसागर सर लाई अनुरोध गरेको छु । सम्पूर्ण ज्यामरुके मित्र हरु, तपाईं हरु जहाँ जसरी रहनु भएको छ एकफेरी सोच्नुहोस् त तपाईं हामीले नगरे यती ठुलो एतिहसिक महत्व बोकेको ज्यामरुककोट को अस्तित्व कहाँ पुग्ला ?? पूजा जहाँ गरे नि हुन्छ मन्दिर तपाईंको दिल मा पनि बनाउन सक्नुहुन्छ तर ईतिहास जोगाउन, आफ्नो ठाउको महत्व बढाउन तपाईं हामीले नै केही गर्नु पर्छ ज्यामरुके हरु हो त्यसैले बिनम्र अनुरोध मेरो यो ब्लग मार्फत आउनुहोस् अब हातमा हात मिलाउ कँधमा काँध । 

सहयोग को आशा गर्दै जिर्ण बन्दै गएको ज्यमरुककोट को मन्दिर 


Friday, October 11, 2013

आजको दिन पनि गयो (फुलपाती - शुक्रबार )

आज सुक्रबार नेपाल मा फुलपाती दसैं को रमझम ले गाउघर छपक्कै छोपेको होला के गर्नु प्रदेसी लाई न दसैं ले छुन सक्यो न तिहार ले । बिगत मा बिताएका पलहरु स्मरण गरेर अर्को साल त पक्कै जान्छु भन्दै मन मनैमा रमाउनु बहेक अर्को बिकल्प पनि त छैन । आज फुलपाती गाउको कोटमा फुलपाती भित्राउदाको त्यो मिठो क्षणहरु मिस गर्दै यता शुक्रबार छुट्टी भएको ले निस्किए दुबइ जु तिर



दुबइको चिडियाघर 

जु का हरिणहरु 







एकछिनको घुमघाम सकेर फर्कियौ रुमा मा अनी यस्तै नेपाल का दसैं का तस्बिर हेरेर आजको दिन पनि गयो मित्र हरु ......


मेरो गाउ ज्यामरुककोट म्याग्दी 





कबिता

यता सुन्छु उता हेर्छु चारैतिर दसैं आयो 
सम्झेर आज आफ्नो गाउँघर मेरो आँखा रसायो  Read More 

Monday, October 7, 2013

दसैं आयो ....!!!


यती बेला नेपालीहरु को घर आँगन मा दसैं ले छोइसकेको छ । टोल टोलमा लिङे पिङ खडा गरिदै होलान, च्याङ्रा खसी गाउमा भित्राइएका होलान । सोसियल साइटहरुमा मान्छे हरु घर गएको तस्बिरहरु देखेर मन त्यसै अमिलो अमिलो हुदोरहेछ । त्यसैले पनि आज मलाई बिगतमा मैले मनाउने दसैं को निकै याद आयो

मेरो गाउ पहाडी भेग कथामन्डौ बाट झन्डै (आजकालका माइक्रो चढेपछी) ७ घण्टा  मा पुगिन्छ त्यो बेला मा गाउ यती सफा र सुन्दर थियो कि खाली चौर हरु थिए । आजकाल जनसंख्या ब्रिद्दी सँगै गाउँघर मा पनि खाली पाखा हरु भरिसकेका छन । मैले पढ्ने स्कुल दसैं मा निकै रमाइलो हुन्थ्यो कारण हामीले स्कुल लाई सिगार पटार गरेर सजाउथ्यौ । केटा तथा केटी मिलेर आँफै रातो मातो र सेतो कमेरो आँफै जम्मा गरी आफ्नो आफ्नो कक्षा पोत्नु पर्ने नियम थियो स्कुलमा र जस्को कक्षा कोठा राम्रो देखिन्छ स्कुल ले पुरुस्कार पनि दिने गर्दथ्यो । अहिले त बिद्यार्थी बाट सुल्क लिएर ठेक्क मा रङ रोगन गर्छन् होला किनकी पहिला जस्तो भवन नभै सिमिन्टेड बिल्डिङ बनेको छ मैले पढेको स्कुल पनि । घटस्थापना देखी पुरै १५ दिन दसैंको बिदा हुन्थ्यो स्कुलमा र हामीले खुब रमाइलो गरेर मनाउथ्यौ दसैं  ....



गाउ को सिरमा कोट मन्दिर छ् पुरै गाउलेहरुले मान्ने यो कोट किम्बदन्ती अनुसार २२ से २४ से राज्य हुँदाको बेला भर्तिबम मल्ल को राजादरबार थियो रे । अहिले उक्त थाउमा कोट भनिन्छ दुर्गाको मन्दिर छ र दसैं मा ९ दिन सम्मा पूजा पाठ गरिन्छ । थापा र घरती मिलेर फुलपाती ल्याउने अनी बाजगाजा साथ भित्याइने चलन पनि छ त्यसैले फुलपाती डाँडो जुन कोट मन्दीरदेखी अली तल पर्छ त्यहा फुलपातिको दिन बेलुका घाम अस्ताउदै गर्दा बजगाजा सहित् बोको को बली दीईन्छ अनी फुलपाती लाई लगेर कोट मन्दिर मा भित्याइन्छ । हामी त्यतिबेला फुलपाती भित्राएको हेर्न दिउसै देखी फुलपती डाँडा मा गएर बस्ने गर्दथ्यौ । गाउ का टोल टोल मा लिङे पिङ हालिन्थ्यो हामी केटा केटी सबै मिलेर बाबियो जम्मा गरिन्थ्यो अनी पाका मान्छे हरुले लट्ठो बाटिदिन्थे । पछी गाउमा क्लब गठन गरियो अनी लिङे पिङ हाल्ने, गाउमा भलिबल खेल तथा सास्कृतिक कार्यक्रम गर्ने जस्ता काम हरु क्लब ले गर्न थालयो । अहिले मैले दसैं मनाउन नपाएको परिस्थिती बस ८ बर्षा भाईसक्यो तर सबैले दसैं को कुरा गरेको सुन्दा मन भरिएर आउछ अनी सम्झिन्छु ति बालपन मा मनाएको दसैं

सम्पूर्ण मित्रहरु, छरछिमेकिहरु, नतापाता गन्य मान्य, गुरु गुरुमा, सबैलाई यो प्रदेसिको शुभकामना छ । तपाईंहरुको २०७० सालको दसैं शान्त, सुखी खुशी साथै रमाइलोका साथ बितोस ।







           समयले साथ दियो भने अर्को साल त्यही गाउमा सङै दसैं मनाउला भन्ने आशा गर्दै छु ।