Sunday, October 20, 2013

गीत

धान पाक्दै होला गाउ तिर 




















पहेलिदै लह लह धानको बाला झुल्दै होला 
पानी रोकिएपछी त आँकश पनी खुल्दै होला 

जुनेली त्यो रातमा हाम्ले परालको बिटो बोक्दा 
मुटुले ढ्याङ्रो ठोक्थ्यो धुलेओढारमा बाघले खोक्दा 
रातेभिरमा स्याल कराउदा तिमी डरले काँप्ने गर्थ्यौ 
अनी मेरो मुटु छाम्दै हाम्रो माया नाप्ने गर्थ्यौ 

धौलागिरीको हावा बोकी चिसो हावा डुल्दै होला 
गैरी खेतका फाँटहरुमा धानको बाला झुल्दै होला 

बेनी जान झर्नु पर्ने तेर्सै तेर्सै बाग्लुङ जान्थ्यौ 
कालिकाको दर्सन गरी राजनकोमा म:म खान्थ्यौ 
तिमी भन्थ्यौ जुनी भरी साथ दिने छु यसैगरी 
तिम्लाई धोका दिन परे मर्छु बरु कसैगरी 

मखमली र गोदावरी ढकमक्क फुल्दै होला 
हामी हिंडेको बाटोले नि हाम्रा पाइला भुल्दै होला 



2 comments:

Anonymous said...

पराल बोक्न मन भए मंसिर मा घर गए भइहाल्यो नि प्रदिप जि !

Prakusu Subedi said...

मन भएर मात्रै सबै कुरा नहुदो रहेछ नि त अनोमाउस जि , समय, परिस्थिती ल्ए पनि साथ दिनु पर्ने रहेछ चाहेको पुग्नलाई त