Monday, October 7, 2013

दसैं आयो ....!!!


यती बेला नेपालीहरु को घर आँगन मा दसैं ले छोइसकेको छ । टोल टोलमा लिङे पिङ खडा गरिदै होलान, च्याङ्रा खसी गाउमा भित्राइएका होलान । सोसियल साइटहरुमा मान्छे हरु घर गएको तस्बिरहरु देखेर मन त्यसै अमिलो अमिलो हुदोरहेछ । त्यसैले पनि आज मलाई बिगतमा मैले मनाउने दसैं को निकै याद आयो

मेरो गाउ पहाडी भेग कथामन्डौ बाट झन्डै (आजकालका माइक्रो चढेपछी) ७ घण्टा  मा पुगिन्छ त्यो बेला मा गाउ यती सफा र सुन्दर थियो कि खाली चौर हरु थिए । आजकाल जनसंख्या ब्रिद्दी सँगै गाउँघर मा पनि खाली पाखा हरु भरिसकेका छन । मैले पढ्ने स्कुल दसैं मा निकै रमाइलो हुन्थ्यो कारण हामीले स्कुल लाई सिगार पटार गरेर सजाउथ्यौ । केटा तथा केटी मिलेर आँफै रातो मातो र सेतो कमेरो आँफै जम्मा गरी आफ्नो आफ्नो कक्षा पोत्नु पर्ने नियम थियो स्कुलमा र जस्को कक्षा कोठा राम्रो देखिन्छ स्कुल ले पुरुस्कार पनि दिने गर्दथ्यो । अहिले त बिद्यार्थी बाट सुल्क लिएर ठेक्क मा रङ रोगन गर्छन् होला किनकी पहिला जस्तो भवन नभै सिमिन्टेड बिल्डिङ बनेको छ मैले पढेको स्कुल पनि । घटस्थापना देखी पुरै १५ दिन दसैंको बिदा हुन्थ्यो स्कुलमा र हामीले खुब रमाइलो गरेर मनाउथ्यौ दसैं  ....



गाउ को सिरमा कोट मन्दिर छ् पुरै गाउलेहरुले मान्ने यो कोट किम्बदन्ती अनुसार २२ से २४ से राज्य हुँदाको बेला भर्तिबम मल्ल को राजादरबार थियो रे । अहिले उक्त थाउमा कोट भनिन्छ दुर्गाको मन्दिर छ र दसैं मा ९ दिन सम्मा पूजा पाठ गरिन्छ । थापा र घरती मिलेर फुलपाती ल्याउने अनी बाजगाजा साथ भित्याइने चलन पनि छ त्यसैले फुलपाती डाँडो जुन कोट मन्दीरदेखी अली तल पर्छ त्यहा फुलपातिको दिन बेलुका घाम अस्ताउदै गर्दा बजगाजा सहित् बोको को बली दीईन्छ अनी फुलपाती लाई लगेर कोट मन्दिर मा भित्याइन्छ । हामी त्यतिबेला फुलपाती भित्राएको हेर्न दिउसै देखी फुलपती डाँडा मा गएर बस्ने गर्दथ्यौ । गाउ का टोल टोल मा लिङे पिङ हालिन्थ्यो हामी केटा केटी सबै मिलेर बाबियो जम्मा गरिन्थ्यो अनी पाका मान्छे हरुले लट्ठो बाटिदिन्थे । पछी गाउमा क्लब गठन गरियो अनी लिङे पिङ हाल्ने, गाउमा भलिबल खेल तथा सास्कृतिक कार्यक्रम गर्ने जस्ता काम हरु क्लब ले गर्न थालयो । अहिले मैले दसैं मनाउन नपाएको परिस्थिती बस ८ बर्षा भाईसक्यो तर सबैले दसैं को कुरा गरेको सुन्दा मन भरिएर आउछ अनी सम्झिन्छु ति बालपन मा मनाएको दसैं

सम्पूर्ण मित्रहरु, छरछिमेकिहरु, नतापाता गन्य मान्य, गुरु गुरुमा, सबैलाई यो प्रदेसिको शुभकामना छ । तपाईंहरुको २०७० सालको दसैं शान्त, सुखी खुशी साथै रमाइलोका साथ बितोस ।







           समयले साथ दियो भने अर्को साल त्यही गाउमा सङै दसैं मनाउला भन्ने आशा गर्दै छु । 

No comments: