Sunday, November 28, 2010

प्रतिक्षा



















आज पनि
फेरि उज्यालो भयो
अनी फेरि रात पर्ने होला
तर
न उज्यालो सँग लाली आउछ
न त रात सँग चन्द्र छाउँछ
अझै पनि
आस पलाउछ, श्वास बहलाउँछ
कतै तिमी पालुङ्टार तिर देखिन्छौ की ?
कतै अनायासै तिमी बालुवाटार मा पो भेटिन्छौ की ?
हैन ! मधेसको खोल्सामा पो रेटिएका छौ की ?
या त भैरब्नाथ मा पुरिएका छौ की ?
तर म
अर्थहिन भएकी छु
यो रित्तो रात समातेर
रित्तो काख भएर
फेरि ! पनि
दिनरात टोलाइरहन्छु
कतै !!
कानैमा आएर भन्छौकी
आमा !!
म त फर्किए जनताको जित बोकेर…………..

Wednesday, November 17, 2010

छापामार युबती (तारा राइ) को डायरि सँग को मेरो भेट


पत्र पत्रिका मा यो पुस्तक को बारेमा सुनेको थिए मैले । पढ्ने हरु ले बिभिन्न कमेन्ट हरु पनि गरेका थिए, कसैले पढ्नै पर्ने त कसैले ठीक ठिकै छ भन्थे । मलाइ पनि पढ्न मन लागिरहेको थियो किनकी प्रतक्ष्य अप्रतक्ष्य रुप मा म पनि जन्युद्द को रेखा हरु मा सिमान्कित भएको थिए । साँच्चै १५/१६ बर्षा की ती छपामार युबती के कति करण ले जनयुद्द मा होमिन अनी के कस्तो हुदो रहेछ त्यसको पिडा वा फल प्रतिफल के भो मलाइ शब्द शब्द मा केलाउन मन थियो तर पनि समय र अभाब ले सम्भब भैरहेको थिएन ।

यसपाली मेरी श्रीमती ले खोजेर पाठाइदिइन मैले धेरै समय देखि खोजिरहेको उपन्यास "छपामर युबती को डायरि" यसको लागि उनीलाई धन्यवाद नदिउ भने कतै अन्यया हुन्छ होला । अब भने मेरो साक्ष्त्कार हुने भो यसै डायरि की पात्र या लेखिका तारा राइ सँग जो १५/१६ बर्ष कै कलिलो उमेर मा छपामार हुन पुगिन ।


बिभिन्न सिर्सक मा समेटिएर उनको जीवन मा घटेका घटना हरु लाई सरल र सर्थक शब्द मा लेखिकाले उतारेको देखेर म उहाँको कलम लाई सलाम गर्न पुगे । २ दिनको अफिस छुट्टी थियो त्यसैले जब हात मा यो डायरि पर्‍यो तब म सबै कुरा छोडेर यसैमा आफूलाई समेट्न पुगे । बर्गिय अधिकार को लडाइ लड्ने क्रम मा आस्थाको बन्दी हुन पुगेकी तारा राइ का पिडा हरु वास्तव मा पढ्नै र बुझ्नै पर्ने हुन्छ । म हरेक हरफ मा आफूलाई उभयाएर शब्द शब्द मा घोत्लिन पुग्दा आँखा रसाइरहन्थे । वास्तव मा पिडा पिडा नै हुन्छ त्यो पिडा अझ घातक हुन्छ जती बेला आफ्नै बाट उपेक्षित भैइन्छ जसरी तारा पनि उनैका सहयोद्दा बाट उपेक्षित भएकी थिइन तर उनीले यसलाई सहज स्विकारेको देख्दा मेरो मनमा लाग्यो जति पिडा भए पनि आफ्नो बिचार र भावना मा अडिग हुनुपर्छ चाहे केही मिलोस या त नमिलोस । आखिर मर्ने त सानो, गरीब र उपेक्षित बर्ग नै त रहेछ जहाँ भए पनि या त जनयुद्द को पाठ घोकाउने माओवादी पार्टी भित्र होस् या त जनयुद्द दबाउन गरीब का छोरा हरु परिचालन गर्ने शाहीशाशन काल होस् । सनिक भित्र पनि मन हुदोरहेछ राम्रा मान्छे हुँदा रहेछन भन्ने पाठ देखाउन खोजे पनि म भन्छु सैनिक को हिर्दय नै हुदैन उँ मान्छे नै हैन भन्ने भ्रम बोक्नु बेकार हुन्छ । सैनिक पनि आफ्नो गरिबी ले घर परिवार पाल्नको लागि नै सेना मा जागिर खाएको हुन्छ र सैन्य घेरा भित्र पनि कतिपय नियम हुन्छन् चाहे त्यो शाहिशासन सरकारको सेना भित्र होस् या माओवादी पार्टीको जङल भित्र होस् । जे होस् लेखिकले देखाउन खोजेको चारित्रिक राम्रै छ । यो डायरि वास्तव मा सेनाले तारा लाई समाते पछी को भएको हुना ले छापामार भित्रको असली जीवन गाथा बुझ्ने मेरो चाहान पनि अधुरै भयो ।


जति पिडा तारा लाई जेल मा होस् य सैनिक हिरासत मा मिल्यो शायद त्यती नै वा त्यो भन्दा पनि बढी मनसिक एबम भौतिक पिडा हरु माओवादी मिलिसिया बाट पनि दिइएको कथा ब्यथा हरु पनि छन् मानिस हरु मा । समग्र मा तारा ले देखाउन खोजेको युद्दकालिन समाज हामीले एउटा भोगेको पाटो हो जो कही कतै लुकाएर लुक्न सक्दैन र कुनै मोड हरुमा भुल्न पनि सकिदैंन तर आज देसको स्थिती र नेताहरुको व्यबहार देख्दा साँच्चै सहिद को सपना सपनै मात्र हुने हो की जस्तो लाग्न थालेको छ । हुन त परिवर्तन भन्ने कुरो उतिबेलै हुने त हैन तर पनि बर्तमान परिस्थिती मा देश् मा जनताले आशा गरेको या त जनताको मुक्ती को लागि बर्गिय अधिकार को लागि लडेको पार्टी माओवादीको पनि धेरै खेम हरु देख्दा नेपाली सर्बहारा जनता या म र तारा राइ जस्ता ले कल्पना गरेको बर्गिय हक अधिकार तुहिने त हैन ? फेरि कतै हामी जेल परिरहने वा युद्द मा होमिनु पर्ने त हैन ? स्व कमरेड  रोबिन्( तारा लाई सैनिक ले पक्रिदा मारिएका योद्दा) हरु को रगत को मुल्य, घर परिवार पाल्न को लागि सेना प्रहरी मा मारिएका आम् जनताका छोरा छोरी हरु को आहुती आखिर के हुँदै छ आज आम् नागरिक ले सोचेर खबरदारी गर्नु पर्ने बेला आएको छ फेरि ।


 तमाम संघर्स, युद्दा अनी धेरै चिज गुमाएर हामी जनताले नयाँ नेपाल नामकरण गरेर लोकतन्त्र जन्मायौ तर लोकतन्त्र संगै नेता हरु भोगितन्त्र भएको हामीहरु को आँखा अगाडी नाचिरहेको छ । देश् मा दिन दिनै अपरहण हत्या अनी लुटपाट को बिग बिगी बढेको छ, देश् ले निकास पाउने एक गतिलो काम गर्न सकेका छैनन् जनताको पसिना बाट भत्ता खाएर संसद घेरेर बस्ने हरु । हामी जनताकै कर असुली बाट आज रिसोर्ट रिसोर्ट चहार्दै जनताको आँखा भरि चारो हाल्दै छन् "सहमती को खोजी" नामक नाटक देखाएर । यस्ता कुराहरु लाई जब सम्म तारा राइ हरुका कलम हरु जुर्मुराउदैनन तब सम्म यिनिहरुकै हवाली मुहाली बढिरहने छ । पेरिस दाँडामा चिसो हाबा खाएर बस्ने हरु ले या त ६०/७० हजार को पलङ मा पल्टिने सोच्नु पर्‍यो "सक्तिखोर मा बस्ने हरु को चिसो रात कसरी बितिरहेको छ?" जङल जङल मा गाडिएका सहिद का भावना हरु बुझेर हिड्नु पर्‍यो अनी मात्र म र तारा हरु को मन खुशी हुने छ नत्र यहाँ धेरै प्रदिप हरु अनी धेरै तारा हरु फेरि पस्ने छन् जङल फेरि रोपिने त क्रान्ति को भाला जब सम्म बर्गिय हित हुने छैन यो नेपाल मा ।


आफुले भोगेका पिडा या त जीवन को यात्रा कलम ले रङगाएर सुन्दर बनाइ हाम्रो हात मा दिनु हुने आदरणिय लेखिका "तारा" बहिनी लाई मेरो लाल सलाम । आशा छ आगामी दिनहरु मा अझै हजुर को कलम को गती बढ्ने छ ।
जय देश् 
जय नेपाल 
लालसलाम !!


Sunday, November 7, 2010

आजको भाइटिका यिनै तस्बिर हेरेरै बित्यो दिनभरी

ज जस्को जसरी बिते पनि मेरो शुभकामना सम्पुर्ण नेपाली हरु मा शायद शान्ति को आगमन होस् ....
                                                                                                                                                                                  
                                                                        बाँकी अंश ................

मेरी साबित्री दिदि को गजल "तिहार "









तिहार आयो मखमली मत एक्लै रुन्छु दाजु ,
सदभाबको सिङगोमाला आजैदेखी ऊन्छु

                                                                                                                                                           बाँकी अंश .......

Friday, November 5, 2010

दिपावलीको सुभकामना




















ए ! भन भन भाई हो देउँसिरे
ए ! रामररी भन "देउँसिरे"


सायद अजदेखी घर घर आगन टोल जता ततै भैलो देउसिरे को ताती ले मेरो गाउँ उमंगित होला । खेत्भरि लह लह झुलेको पहेलो धान का बाला हरु हाबाको सिर सिर गीत संगै नाँच्दै होला , मेरो घरको आँगनिमा फुलेको मखमली फुलले मेरी बहिनी लाई गिज्याउदै होला "यस पाली पनि तिम्रो हात खाली नै भो शान्ति! " तर के गर्नु म यहाँ प्रदेस मा बसेर यिनै कल्पना अनी बितेका ती पल हरु को तन मा डुब्दै दिनहरु गुजारिरहेको छु ।
                                                                       बाँकी अंश ..........................