Tuesday, February 19, 2013

हो ! मेलोड मैले छोडेकै हो


"
हो मैले उसलाई छोडेकै हो
माइ मेलोड
उस्ले गर्नु नगर्नु गरी
मेरो जिन्दगीमा
जता मन लाग्यो उतै लडाईं
भाई भाई सित लडाईं
गुरु सित, दाई सित साथी सित हुँदा हुँदै आफ्नै मनसित लडाईं
अझै !! दुखिरहेको छ् मेरो छाती
मेलोड
उस्ले बेस्सरी पल्टाइ
कहिले ढुङ्गा मा ठोक्काइ
कहिले भुंग्रामा ठोक्काइ
यस्तरी मलाई लतारी कि मेलोड
हर साँझ मलाई
मालती को भट्टि तिरै बोलाई
मलाई मात्रै बोलाएको भए नि के नै हुन्थ्यो र मेलोड
मेरो खल्ती लाई पनि बोलाई
आज, भोली पर्सी गर्दा गर्दै
म आँफै लतारिन थाले उस्को मदहोसी भनेर
अनी त
म गन्हाए जताततै
म गनिय जताततै मान्छेहरुका औंला औंला मा
अनी त
म वाध्य भएर उस्लाई छोडे
हो मेलोड मैले उस्लाई छाडिसके
याद छ् मलाई अझै
यही २०१३ साल को इभमा
एक्पल्ट उस्लाई छोएको थिए
लस्ट पटक
अनी कसम खाएको थिए उस्लाई छोडिदिने
त्यस दिन देखी
उस्को गन्ध नजिकै आए पनि
मन बेस्सरी तर्सिन्छ
डराउछ मन अनी एक किसिम को घिर्णा पलाउछ
त्यसैले मैले कन्फर्म गर्छु मेलोड
उस्लाई मैले छोडे
अब हजुरको अदालत ले जे सजाए दिन्छ
म सहन तयार छु तर
म उस्लाई
अब कहिले पनि पिउदिन मेलोड
म उसँग मर्नै परेपनी जिउदिन मेलोड
हो मैले उस्लाई छोडिसके ...!!!
"