Saturday, May 30, 2009

कार्टुन् हेर्नुहोस् है त !!

दिपक थापा
DUTEST QATAR WLL















यो कार्टुन मेरा मित्र दिपक थापा जि ले बनाउनु भएको हो राम्ररी हेर्नु है त कतै केही पता लगाउनु हुन्छ कि यिनी हरु के गर्दै छन ।

गजल

अनुकुल प्रकाश ,चितवन





















रहरहरु दवाएरै मार्नुपर्छ मन
पिरतिमा काँडामानि झार्नुपर्छ मन

हाँसो हैन पिरतिमा आँशु पनि हुन्छ
जानि-जानी पहरामा सार्नुपर्छ मन

निस्कपट पिरतिमा हारजित हुन्न रे
कहिलेकाँही आँफैँसित हार्नुपर्छ मन

धरोधर्म सधैंभरी एकअर्काको मायाँ पाउन
नवोले'रै अरुसँग वार्नु पर्छ मन

रिसाउँदा मनकी रानी फकाउन भनी
वर्षातको भेलमा पनि तार्नुपर्छ मन

धन्यवाद!

Saturday, May 23, 2009

भोगेर लेखिरहेछु एउटा जिन्दगी

उदेक लाग्छ आज आँफैलाई
अलफरदानको गल्लिमा उभिएर
जेध्दा टावरको एक ढिक्का उँज्यालो छोप्दै
मलिनो अनुहार उघ्र्याउनु पर्दा
के गर्नु ......??
देश तिर त --
आँचल भरी आँशुका बाछिट्टा थाप्दै
आफ्ना सन्तान खोज्दै छिन् रे आमा
पाइला पिच्छे बुलेटका डोबहरु नियाल्दै
कल्पनामा कोरलिन्छिन रे ! उँजेली भाउजु
कतै !!
दाउरा लिना जंगल गएका बेला
बारुदले चिथोरिएका हर्के दाइहरु
मुग्लान पसी धन थुपार्ने सपनामा
मृत्‍युले जिन्दगी फोरिएका गोरे दाइहरु
फर्किन्छन कि,
एक बोरा नुन बोकेर
एक झोला जुन बोकेर
घरभित्रको आध्याँरो धपाउन
मनभित्रको अनिलो चपाउन
तर .......
बाँसुरी बज्दैन रे ! डाँडाहरुमा
रोदी चल्दैन रे !! भाकाहरुमा
चुलो जल्दैन रे !! छप्राहरुमा
खै ! यसपाली
भर्खरै जुठेल्नोमा गन्हाइरहेको नयाँ बर्ष
बन्द हड्तालहरुले सरापिरहेहोलान
हतियार बोकेर साँझहरु
कर्फ्युमा काँपिरहेहोलान
त्यसैले पनि ,
छिप्दै, लुक्दै जोगाएर मृत्‍युबाट
साँहुको रिण सोजाएर ब्याजबाट
कतार पसेका म र बिरबहादुरहरु
स्यामलाल्, कृष्णलाल र जितबहादुरहरु
तड्पिनु परिरहेछ बालुवा र गिट्टिहरुमा
पग्लिनु परीरहेछ ४५, ५० घामका डिग्रिहरुमा
मात्रा एउटा कल्पनाहरुमा
मात्रा एउटा सपनाहरुमा
कतै आफ्नो परिवार भोकभोकै नमरुन नेपालमा
कतै काखको श्रीमती नभागोस अर्कै सँग नेपालमा
कतै प्रेमिका छोडेर नजाओस कसैसँग नेपालमा
टुक्राएर भाग भाग लगाएर
पशुपती नपरोस भारतको काखामा
सगरमाथा नउँभियोस चाइनाको पाखामा
जय !! सान्ती होस् नेपालमा
जय !!! नेपाली जनता
जदौ !!!! जदौ !!!

Tuesday, May 19, 2009

गीत




















कस्तो होला तिम्रो माया छुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?

तिमी कहाँ म यहाँ तड्पिएको पिडा कस्तो !!
औंशिको यो कालो रातमा नऊदाएको जुन जस्तो !!
कस्ले बुझ्ने कस्ले देख्ने काडाँ भित्र फुल फुलेको
मेरो जस्तै तिम्रो पनि छैनकी त मन भुलेको

कतै माया मैलिएनी धुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?


भेटै नभै छुट्ने हो कि मनमा लाग्ने डर रैछ !!
तिम्रो बाटो खोजिरहेछु कती धेरै पर रैछ !!
यस्तो नहोस् तिम्रो माया आँखा बाट झर्नु पर्ने
जिउँदो लाश भै जिन्दगानी बाँचेर नि मर्नु पर्ने


अनिलो छु के भन्ने खै ! नुन पाए हुन्थ्यो कि त ?
कस्तो होला तिम्रो माया छुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?

Wednesday, May 13, 2009

क्षितिज पारीबाट आफ्नो देशलाई नियाल्दा














कुनै दिन यस्तो थियो घर कहाँ हो भनेर कसैले सोध्यो र नेपाल भने पछी नेपाल कहाँ पर्छ भनेर फेरी प्रश्न गर्थे बिदेसी राष्ट्रका मानिसहरु अनी फेरी गोर्खा भने पछी उनिहरु भन्थे oh! gorkhaa ! Gorkhe is the Brave man तर अहिले यस्तो अवस्था आएको छ कुनै बिदेशी मुलुकमा कसैले कुन देशका हौ भन्यो भने नेपाली हौ भनेर भन्न पनी मनभित्र एक किसिमको डर लागेर आउछ । शाहस नै आउँदैन हामी एक जमाना का बहादुर हौ भन्ने सम्झिन किनकी अहिले को नेपाल को अवस्था विश्वाले जानिसकेको छ । हरेक मिडिया ले नेपालको गतिलो समाचार लेखेको कुनै दिन पढ्न पाइदैन । आखिर किन यस्तो भयो त हाम्रो जस्तो विश्वाले चिनेको बहादुर बस्ने सान्ती नेपाल । म देश छोडेको पनि झन्डै ८ बर्षा जती भाईसक्यो कहिले कुन देश कहिले कहाँ रोजिरोटिको जोगार गर्दैमा समय बितेको पनि पत्तो नै पाइएना तर जहाँ गए पनि जहाँ बसे पनि आफ्नो मार्तीभुमिको माया अनी त्यही चिसो पानी र हाबाको गन्धले कहिल्यै नछोड्ने । त्यसैले मन सधैं तानिरहेको हुन्छ आमाको माया र प्रियासिको यादले तर देशभित्र दन्किरहेको राजनीतिक समस्या ले गर्दा हरेक नेपालीको मन त्यसै थन्किरहेको हुन्छ बिदेसिको भुमिमा ।












दिन रात को थकाई त आँफै सँग छदैछ त्यसमाथि समय निकालेर देशतिर नियाल्न मन लाग्छ हरेक दिन मलाई । जुन ब्लग हेरेपनी जुन वेब देखे पनि बन्द हड्ताल अनी मारमार पिटा पिट बहेक कुनै नौलो खबर देखिदैन जसले गर्दा नेपाल फर्केर केही गर्छु भन्ने युबाहरुका पाइलाहरु फेरी रोकिन्छन उही बिदेशी भुमिमा तातो बालुवामा । पसिना बग्छन धर्धरी अनी सुस्ताउन झुन्डिन्छन कान हरु टेलिफोन का ॠषिभर मा सन्का हरु बोकेर कतै मेरो परिवार लाई त छोएन गोलिले , असुर ग्याँसले अनी बन्दमा बढेको महंगिले यस्तै यस्तै ....

के गर्नु नेताहरु लाई आफ्नै कुर्चिको चिन्ता छ कसरी आफ्नो कुर्चिलाई सुरक्षित राख्ने मात्रै सोच हुन्छ अनी सोझा साझा गरीबका छोरा छोरीलाई आन्दोलनमा होमिदिए भाईहाल्यो अनी के पुगिहाल्यो । भाषाणमा नागरिक सर्बोच्चता भनेर कुर्लिए पनि नागरिक स्वतन्त्र हराइरहेको अवस्था मा खै मैले पनि के धेरै लेख्नु र है !!!

हे मेरा भगवान हामी नेपाली को घैटोमा घाम छिट्टो लगाइदेउ ल ।

तस्बिर सभार my sansaar बाट

Saturday, May 9, 2009

क्रमस

=====================
दिपेश
टिस्को, कतार
=====================



एउटा कोठा अती सुन्दर सुसज्जित
बिच मा एक गोलो टेबल जस्मा महङगा रक्सी ले सजिएको.
टेबल को वरिपरी केही ब्यक्ती हरु अत्यन्त उल्लासित भै रक्सी को नशामा उल्लासित भैरहेका छन कोठाको एउटा कुनामा सेतो सेतो दारी भएको मान्छे निकै उल्लासित भएको जस्तो गरे पनि निकै गम्भिर छ.
तिनी हरुको छलफल लाई खोइ के भन्ने के भन्ने सुन्दा त तिनी हरु अती मिल्ने साथी हरु जस्तो.एउटै कोख बाट जन्मिएक दाजुभाइ जस्तो लाग्छ।अनी कोठाको कुनमा बसेको त्यो मान्छे दाजुभाइ को मिल्ती देखेर अती सन्तुश्ट छ। ठुलो दाई जस्तै
बिचमा बसेको एक जो कुम हल्लाई हल्लाई बोल्ने मान्छे र हेर्दा सैनिक पोशाक लगाएको जस्तो देखिने मान्छे बिशेष छन जस्तो लाग्छ किनकी उनी हरु दुबै जना नै धेरै हासी रहेका छन। शायद एक को नाम पि बाट आउछ र अर्को को र बाट।तिनी हरु को कुराकानी बाट धेरै मानौ अनगिन्ती मानिस हरु को आँखा म छारो हाल्न सफल देखिन्छन।

पि :हेर्नुस् र दाजु तपाईं हामी भनेको त्यसइ खेल बाट डरएका। हामीले ( छेउमा बसेका निकै बुढा र दुब्ला मान्छे तिर देखाउदै )उहहरु बाट राम्रो शिक्षा पएक हौ नि आज परिक्षा म उच्च अंक क साथ सफल भैयो नि दाजु।ठुलो दाई ले त मलाई स्याबास त पनि राम्रो खेलाडी बन्छस भन्नु भयो नि त.
र : अरे भाई तिमी त १२ बर्ष सम्म बनबास हुँदा खेरी खेल को धेरै रणनिती हरु सिकेका थियौ। ठुलो दाजु को म बसेर म त हेर भाई शाह काका ले धेरै खेल्न दिदैन थिए के गर्नु म त जन्दिन होला भनेको त म पनि कम रहे न छु नि बाबु।हुन त हाम्रो ठुलो दाजु ले सिकाउनु भएको के फैल हुने होर।हेर न हाम्रो कला बहिर सुन त तिम्रा तिमीले छारो हालेक मान्छे र मेरा मान्छे कराएका।ऊ सुन त हा हा हा ……………..
गि :अरे के कुरा गर्छौ बाबु हरु यिनी हरु लाई यसरी नै लडाउन पाये नै हामी हाम्रो गुरु दक्षिणा दिन सक्छौ नि बाबु ठुला दाजु लाई।तर ति मान्छे हेर न कसरी राष्ट्रबादी परिवर्तन बादी बनेका। एस्तो राष्ट्रघाती भएर राष्ट्रबाद पढाउने म त तिमी एक नम्बर भयौ नि। तिमीले त आज जनता को नाम म दिएको चिट्ठी ले अली रामु लाई अल्ली अफ्टेरो भएछ कि भनेको त भएन नै। तर अली अर्को भाई झल्लु ले चाँही अली चित्त दु:खएको छ कि खेल मा उस्को रोल अली निर्गिणी जस्तो भयो रे उसैक मान्छे ले पनि अली सन्क गर्छन् कि भन्थ्यो त।
झल्लु : होइन गि दाजु मैले ठुलो दाजु सँग भने को उहा ले मेरो चित्त बुझाई सक्नु भो मेरो भाग्य मा पनि त्यो कुर्सी मा बस्ने पालो आएको छ भनेर….. खोइ के हुने हो अली त्यो केपी बजिया ले पो फकाउछ कि ठुलो दाजु लाई
गि : होइन ब्यारे ठुलो दाजु tyasto लाटो हुनु होला भन्ने सोचेका छौ के हो .
ठुलो दाजु: क्योँ ज्यादा सोचते हो मैं हुँ ना बस तुम लोग मेर कहाँ मान लो और एन्जोए करो और बहार मैं सम्हाल लुंगा। पि को बन मैं भेजा फिर लेके कितना जल्दी उधर बिठया बस तुम लोग मुर्ख लोग के आखो मैं धुल झोक्ते रहो बस …………………..
क्रमस


Monday, May 4, 2009

गजल मेरो

तिमीलाई आँखामा राखी डुलेर पो कता जाउँ खै ?
मुटु नै खाने ब्यथा यो भुलेर पो कता जाउँ खै ?

मृगतिष्ण मात्रै हो कि मेरो दुखी यो जिन्दगानी
सिमलको भुवाँ झै जिबन फुलेर पो कता जाउँ खै ?

जता गयो उतै चोट के दियो यस्तो बिधताले
मदहोशी भै तिम्रो यादमा झुलेर पो कता जाउँ खै ?

तिमीलाई जिताएर कयौ हारे यात्राहरु जिन्दगीमा
बादल जस्तै फाटेको मन खुलेर पो कता जाउँ खै ?

तिमीलाई आँखामा राखी डुलेर पो कता जाउँ खै ?
मुटु नै खाने ब्यथा यो भुलेर पो कता जाउँ खै ?

प्रदीप

Sunday, May 3, 2009

"नयाँ युग नयाँ नेपाली"(कविता)

अनुकुल प्रकाश
चितवन जुटपानी
हाल : दोहा कतार




कर्मठ मेरा जोर हात दाउँछु
परिश्रमको नै गीत म गाउँछु

धेरै सुन्यौ मेरा विरताको किस्सा
अब विकासको मूल उगाउँछु

चाहे जो काम गरुँ म यहाँ
पौरख्लेनै देश् माथि उठाउँछु

कर्म मै रम्ने कर्मयोगी म
पसिना बहाई सुन फूलाउँछु

मेची काली सब छरी बसेका
हातदेउ साथी म हात मिलाउँछु

सयौले थुकेमा नदी वग्छ रे
एकताको नै म बाटो समाउँछु

कर्मठ मेरा जोर हात दाउँछु
परिश्रमको नै गीत म गाउँछु


सम्पर्क : plz_welcome077@yahoo.com

शुभकामना

राजकुमारी राइ
काठमन्डौ

तिमीले देखेका पुरा हुन यि सपनाहरु साथी
दुनियाँले गर्ने कुरा हुन यि सपनाहरु साथी

धेरै देखे मैले ओईलिएका काँतर मनहरु यहाँ
तिमी हिंड्ने बाटाहरुमा सुरा हुन यि सपनाहरु साथी

चाहेको जती पुग्दैन भन्छन जिन्दगी सबैको यहाँ
नब बधुको हातमा झल्किने चुरा हुन यि सपनाहरु साथी

चुलिदै जाउँ तिमी अझै लम्कदै जाउँ तिमी
हरेक मनले देख्ने अग्ला चुचुरा हुन यि सपनाहरु साथी