Saturday, May 23, 2009

भोगेर लेखिरहेछु एउटा जिन्दगी

उदेक लाग्छ आज आँफैलाई
अलफरदानको गल्लिमा उभिएर
जेध्दा टावरको एक ढिक्का उँज्यालो छोप्दै
मलिनो अनुहार उघ्र्याउनु पर्दा
के गर्नु ......??
देश तिर त --
आँचल भरी आँशुका बाछिट्टा थाप्दै
आफ्ना सन्तान खोज्दै छिन् रे आमा
पाइला पिच्छे बुलेटका डोबहरु नियाल्दै
कल्पनामा कोरलिन्छिन रे ! उँजेली भाउजु
कतै !!
दाउरा लिना जंगल गएका बेला
बारुदले चिथोरिएका हर्के दाइहरु
मुग्लान पसी धन थुपार्ने सपनामा
मृत्‍युले जिन्दगी फोरिएका गोरे दाइहरु
फर्किन्छन कि,
एक बोरा नुन बोकेर
एक झोला जुन बोकेर
घरभित्रको आध्याँरो धपाउन
मनभित्रको अनिलो चपाउन
तर .......
बाँसुरी बज्दैन रे ! डाँडाहरुमा
रोदी चल्दैन रे !! भाकाहरुमा
चुलो जल्दैन रे !! छप्राहरुमा
खै ! यसपाली
भर्खरै जुठेल्नोमा गन्हाइरहेको नयाँ बर्ष
बन्द हड्तालहरुले सरापिरहेहोलान
हतियार बोकेर साँझहरु
कर्फ्युमा काँपिरहेहोलान
त्यसैले पनि ,
छिप्दै, लुक्दै जोगाएर मृत्‍युबाट
साँहुको रिण सोजाएर ब्याजबाट
कतार पसेका म र बिरबहादुरहरु
स्यामलाल्, कृष्णलाल र जितबहादुरहरु
तड्पिनु परिरहेछ बालुवा र गिट्टिहरुमा
पग्लिनु परीरहेछ ४५, ५० घामका डिग्रिहरुमा
मात्रा एउटा कल्पनाहरुमा
मात्रा एउटा सपनाहरुमा
कतै आफ्नो परिवार भोकभोकै नमरुन नेपालमा
कतै काखको श्रीमती नभागोस अर्कै सँग नेपालमा
कतै प्रेमिका छोडेर नजाओस कसैसँग नेपालमा
टुक्राएर भाग भाग लगाएर
पशुपती नपरोस भारतको काखामा
सगरमाथा नउँभियोस चाइनाको पाखामा
जय !! सान्ती होस् नेपालमा
जय !!! नेपाली जनता
जदौ !!!! जदौ !!!

5 comments:

Unknown said...

अती सुन्दर कबिता प्रदिप जी!साच्चै शब्द शब्द ले मन छोयो,अति राम्रो संयोजन छ।

दूर्जेय चेतना said...

अती उत्तम कबिता। साह्रै नै मार्मिक लाग्यो। यथार्थ बकेको छ तपाईंको यो हरपहरुले। हालको हाम्रो अवस्था र हुन हुनसक्ने कुराको बारेमा तपाईंका हरपहरुले यथार्थ चित्रन गरेको छ।

Unknown said...

धेरै राम्रो कबिता अझि लेख्दै जानुहोला मित्र, शुभकामना।

Unknown said...

धेरै राम्रो कबिता अझि लेख्दै जानुहोला मित्र, शुभकामना।

Yumesh Pulami said...

प्रदीप जी ! तपाइका यी मर्मस्पर्सि भावहरुले मलाई निकै - छोयो , यथार्थ रहेका छन तपाइका शब्दहरु - राम्रो लेखाइ |