Tuesday, January 28, 2014

कुसाइतमा (गजल )

कुसाइतमा भेट भएछौ अब छुट्नै बेश होला 
यही हालतमा सँगै बसे भोली कुनै केश होला 

दुनियाँले जे भनोस, सत्य आफ्नो दिलमा होला 
गल्ती कस्को खोज्यौ भने प्रमाण पनि पेश होला 

तिम्ले खोजे जस्तो, भेट्न सक्छ्यौ हजार जती 
बैश नफाल म सँग फेरी किचकन्याको भेश होला 

संगालेको भए आशु मेरा बन्ने थियो ताल एउटा 
अब भने चोट लुकाई  हाँस्नु नै त बेश होला ....?? 


Wednesday, January 8, 2014

In Full Measure

Your side of the bed is empty.

No one sleeps in there.
I dump my stuff there
To make it seem full.

No one sits on armrest
of the chair as you did.
Some random papers
Make it seem full.

Your cups are not used,
A thin film of dust says it all.
I fill my cup as you did
To make it seem full.

But I often wear your slippers
Worn,thin,dark pink ones.
Waiting for you to come back
To make my life full of you.

Tuesday, January 7, 2014

किन नेता ज्यु .....???

लुछीचुँडी खादा पनि पेट भरिएन किन नेता ज्यु 
बोल्ने बाहेक अरु काम केही गरिएन किन नेता ज्यु 

त्यो बोलिमा मुलुकले स्विजरल्यान्ड को रुप लिए पनि  
देश र जनता ओरालो तिर तपाईं झरिएन किन नेता ज्यु  

नाताबाद, कृपाबाद, अनी पुग्दोरहेछ सधैं कुर्चिमा पैसाबाद 
सधैको झैझगडा, सान्तिको सतबिज छरिएन किन नेता ज्यु  

मारिनेहरु मरिगए, मार्नेहरुकै चलिरहेछ यहाँ हालिमुहाली 
देशमा यती धेरै भुँईचालो जादापनी तपाईं मरिएन किन नेता ज्यु 
---------------- *** ------------------**** -----------------

Friday, January 3, 2014

मर्नै लाग्दा अन्तिमपल्ट देख्ने कोही भए हुन्थ्यो (गजल )

मेरा आँशु बग्दा देख्ने कोही भए हुन्थ्यो 
पोखिएका प्रेमकथा लेख्ने कोही भए हुन्थ्यो 

जलिरहन्छ मुटु अनायासै ति सम्झनाहरुमा 
आगोको यो भुङ्रोमाथी टेक्ने कोही भए हुन्थ्यो 

आफ्नै जिन्दगी आजकल आँफैलाई भारी लाग्छ 
थाक्रो हालेर किन नहोस् थेग्ने कोही भए हुन्थ्यो 

आखिर भरोसा के..? श्वासमा अल्झिएको परानको 
मर्नै लाग्दा अन्तिमपल्ट छेक्ने  कोही भए हुन्थ्यो ?