Tuesday, January 7, 2014

किन नेता ज्यु .....???

लुछीचुँडी खादा पनि पेट भरिएन किन नेता ज्यु 
बोल्ने बाहेक अरु काम केही गरिएन किन नेता ज्यु 

त्यो बोलिमा मुलुकले स्विजरल्यान्ड को रुप लिए पनि  
देश र जनता ओरालो तिर तपाईं झरिएन किन नेता ज्यु  

नाताबाद, कृपाबाद, अनी पुग्दोरहेछ सधैं कुर्चिमा पैसाबाद 
सधैको झैझगडा, सान्तिको सतबिज छरिएन किन नेता ज्यु  

मारिनेहरु मरिगए, मार्नेहरुकै चलिरहेछ यहाँ हालिमुहाली 
देशमा यती धेरै भुँईचालो जादापनी तपाईं मरिएन किन नेता ज्यु 
---------------- *** ------------------**** -----------------

No comments: