Sunday, January 6, 2013

गजल ...!!

तिमीले लेखेका पत्रका खातहरुले जिस्काइरहेछन प्रदेसमा 
निद्रै नलाग्ने एक्ला रातहरुले जिस्काइरहेछन प्रदेसमा । 

रहर थिएन गाउंघर छाड्ने मन थिएन हर पल रुने 
तिम्रै तस्बिर सँग गर्ने बातहरुले जिस्काइरहेछन प्रदेसमा ।

आफ्नै गोठमा गोबर सोहोर्दा नाक गहनाउछ भन्ने मलाई 
गिट्टी मोल्दै बेल्चा हान्ने हातहरुले जिस्काइरहेछन प्रदेसमा ।

बिदेस पसी पैसा कमाइ झोलाभरी ल्याउला भन्दै
मैले पिएका सपनाहरुको मातहरुले जिस्काइरहेछन प्रदेशमा ।

आमाले पस्केर दिएको दुध र भात मिठो नमान्ने जिब्रोलाई
प्लास्टिकमा पोको पारेको भातहरुले जिस्काइरहेछन प्रदेसमा