Sunday, October 27, 2013

डेढ ड्रिम

मंगलघाट को पुल तरेर
उकालै उकालो
चिसो हावा खाँदै
पिपलडाँडा को चौपारी मा पुगेर
तिम्रो हात बाट चिसो पानी
पिउँदा का ति पलहरु
सम्झना बनेर
काली खोलाको मसानघाट बाट
ब्युझिएर आएको भुत ले झै
मेरो निन्द्रा तर्साइरहेको छ्

शायद तिमी र म
हामी हुन नसकेको पिडा
बाटोमा भेटदा पनि
मुन्टो बटार्नु पर्ने तिम्रो बाध्यता
म हिंड्ने गोरेटाहरु मा
आट्टिको झ्याल बाट चियाउने
तिम्रा नजरहरुमा
आजकल फुलस्टप लागेर होला
मलाई किलिकिली बाँडुली लाग्न छोडेको छ

तर पनि
किन हो खै
पूर्ण बिराम लागेका हाम्रा कथाहरुले
अझै पात्र खोजिरहेको जस्तो
या अझै लेखिन बाँकी अक्षरहरु बोकेर म
मसी सकिएको कलम जस्तै
पर्खिरहेको छु
दुई थोपा पसिना चुहाउदै
एक थोपा मसिको लागि
ता कि
बन्चरे ढुङ्गाको चौपारीमा पुगेर
लामो श्वास तान्दै
सोच्न सक्नेछु
जिबन मा तिमी धेरै माथि पुगे पनि
या म चिप्लिएर भुँईमा लढे पनि
तिमीलाई बेनी बजार मै हराएर
धेरै उकालो उक्लिसकेको छु
धेरै माथि ज्यामरुककोटको मन्दिर सम्मा
तिमी देखी धेरै टाढा !!

2 comments:

Nirajan Thapa said...

तिमीले
बेनीको घोर निरशतामा मलार्इ
त्यसै त्यसै एक्लै छाडेर,
उकालै उकालो धेरै माथि
खबराको लभ्ली हिल भन्दापनि माथि
आफूलार्इ लतारिरहेको देख्दा,
मलार्इ एकसाथ याद आर्इरहेछ -
तिम्रो अङ्गालो
अनि तिम्रो मीठो पुरूष सुगन्ध
त्यो सुगन्ध
जसले मलार्इ सिकायो -
प्रेम गर्न ।
त्यो सुवास जसले गरायो मलार्इ अनुभूति
एउटा वीर पुरूषको संरक्षण
तर बिडम्बना,
तिमी लभ्लिहिल भन्दा माथि एक्लै एक्लै
ज्याम्रुककोट हान्नियौ
म एक्लै एक्लै दोभानमा
काली-म्याग्दीको पानीमा
तिम्रो प्रतिबिम्ब हेरिरहेछु
तिम्रो याद गरिरहेछु ।
-- तिम्री प्रेमिका

Unknown said...

तिमीले नै भनेकी हौ
प्रिया
शहरका म्युजिकहरु सुन्दर लाग्छन
गाउका बस्तिहरुमा बज्ने मुरलीका धुन भन्दा
क्लब र डिस्कोका लाइटहरु प्यारआ लाग्छन
ज्यामरुककोट को डाँडा बाट देखिने जुन भन्दा
अनी
पसिना चुँहाइ चुँहाई
उकालो मा हस्याङ फस्याङ गर्दै
टाउकोमा नाम्लो र डोको झुन्डाएर हिंड्नु भन्दा
हात मा मोबाइल बोकेर
बेनी बजार का चोक चोक मा
ओठमा लगाएको रातो लालीको चमक संगै
मुन्छेहरुको अगाडि मुस्कान बेच्न
न्यानो लाग्छ भनेर
त्यसैले त
ल्याप्चे ठोकेर,प्रमाण पुराउदै
भत्काएकि थियौ म्याग्दी खोला माथि राखिएको
तिम्रो मेरो सम्बन्धको पुल
आज फेरी
कुन नाटक मन्चन गर्ने प्र्यस मा छ्यौ तिमी
शायद
बेनी काली को मसान घाटमा
कहिले आउँला भन्दै
थाकेका नजर उकालो उकालो तिर तार्दै
कुरिरहेकीहौली मेरो लाश ??