Monday, September 28, 2009

एउटी अन लाइन साथी


उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन ।
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि

हाम्रा यस्तै यस्तै मीठा कुराले जिन्दगिका यात्रा हरु पुरा हुँदै थिए । मलाइ थाहा पनि थिएन के मैले कतै गलत धारणाले सपनाहरु त देखेको छुइन कती बेला म आँफैलाई प्रश्न पनि गर्थे त हैन उनी जस्ती पाउनु मेरो लागि ठुलै कुरो हो जस्तो लाग्थ्यो पनि किनकी उनी साह्रै मायालु थिईन । हुन त हामी एकअर्कालाइ भेटेका त थिएनौ येती सम्मा की वेब क्याम पनि कहिल्यै खोल्दैनथ्यौ मैले एक्दिन हिम्मत गरेर सोधेको थिए तर उनिले भनिन नाइ प्रदिप जी समय आए पछी हाम्रो भेट भैहाल्छ नी । मैले फेरी सोध्ने आँट कहिल्यै गरिन । समय आफ्नै रफ्तर मा थियो त निर्जला र म पनि हाम्रै यात्रमा । हुँदा हुँदा उनिलाइ एक्दिन अन लाइन मा नदेख्दा त लाग्थ्यो यो दुनियाँ सुन्य नै छ ।

पोहोर् बर्ष यही दशैंको दिन थियो उनी को घर मा जुठो परेको थियो रे अनी घरमा एक्लाई भएको ले सारा दिन हामी अन लाइन मा मीठा मीठा कुरा गरेर बितायौ । आफु त बिदेसको ठाउँ भने जस्तो समय पनि नमिल्ने तर पनि उनिको लागि डिउती नै हापेर पनि म अन लाइन् बस्ने गर्थे यो भन्नु को मतलब मेरो मन भित्र उनी पर्ती एउटा ठुलै काल्पनिक संसार रचेको थिए । थाहा भएन उनिको मनमा के उब्जिएको थियो । उनी सँग घन्टौ जिस्किनु नै म आफुलाइ भाग्यमानी ठान्थे सधैं शायद यही नै मेरो कम्जोरी थियो । येत्रो संचारको होड्बाजी को दुनियामा हाम्रो मिलन केबल अन लाइन मै सिमित थियो न मैले उनिलाइ फोन नम्बर सोध्न सके न उनिले नै दिइन । मन मा त उनिको सुरिलो स्वर सुन्न सधैं आतुर हुन्थे त कहिले काही म आफ्नो वेब क्याम खोलेर बस्थे कतै उनिले अनुमती माग्लिन र यही निहुमा म पनि उनिलाइ हेर्न पनि सकु तर उनिले कुनै दिन न त वेब नै मागिन न त आफ्नो नै खोलिन केबल हामी आउँला दुखाइ दुखाइ मन लाई मायाबी कुरा मा रुमलेर एक अर्कामा लठ्ठिएर दिन हरु बिताउथ्यौ ।

जिन्दगी को अर्को नामै सायद अचम्म हो केरे जुन अचम्म आज मेरो जिन्दगिमा मिलेको छ । म यतिबेला आफुलाइ सम्हाल्न नै सकिराखेको छैन कुन सब्द ले लेखु जस्तो भैराखेको छ हाम्रो मिलनको बिन्दु या त हाम्रो यात्रा को अन्त्य हुन सक्छ यो अन्त्य उनिको लागि सुखद बनेको होला तर मेरो लागि अहिले पनि छाती हातले छामिरहेको छु यो छाती भित्र को सानो संसार याने की मेरो मुटुमा भुइचालो गएछ की के हो कुन्नी धड्किरहेको छ । कुनै शब्द भेटाइरहेको छैन मैले मेरो यो काहानी लेख्ने आखिर सत्यता जहिले पनि तितो हुन्छ भनेझै मेरो अगाडि हिजो सम्मका सबै palharu छिन् भरमै तिता भए आफ्नै छाया चर् चर् फुटेको जस्तै देखेको छु मैले त ।
म काम सकेर आज अलिकती चाडो फर्किएको थिए अनी घर तिर फोन गर्नु पर्‍यो भनी हतार हतार कम्प्युटर खोले संयोग भनु की के हो कुन्नी निर्जला पनि अन लाइन मै रहिछिन मेरो साइन ईन हुनु बित्तिकै हाइ भन्न थालिन मैले पनि हेल्लो भने । निकै मीठा मीठा कुरा हुँदै गए उनी ले लिङगे पिङ्ग र सेल रोटिका कुरा गर्दा मेरो मुखबाट झन्डै र्याल निस्केको थियो पनि । दसैंको निकै महान्ता को गाथा गाइन अनी भन्दै गैइन गाउको काहानी । यती लामो समय हामी अन लाइनमा कुरो हुँदा वा मन भित्र भित्र पिरतिका आँकुरा पलाउदा पनि हामीलाई एक अर्काको गाउ कहाँ भन्ने कुरो पनि थाहा थिएन । कुरै कुरो मा एक्कासी उन्ले वेब को अनुमती मागिन म त यिनै दिनका प्रतिक्षा मा थिए । पहिला मैले उनिलाइ हेर्ने भने उनिले पहिला मलाइ हुँदा हुँदा हामी बिच निकै बेर झग्डा हुँदै गयो नेपाल को राजनितिक जस्तो । अन्तमा गाउखाने कथा को उत्तर जस्ले मिलाउन सक्दैन उसैले खोल्नु पर्ने सहम्ती भयो भाग्यले मलाइ सजिलो सोधिन भने मेरो प्र्स्न को उत्तर उनी ले दिन सकिनन अनी उनैले वेब खोल्ने कुरो बन्यो तर केटी न हुन फेरी एउटा प्रस्तव राखिन संगै एक एर्काको अनुमती रिकोजिसन एसेप्ट गर्नु पर्ने । आखिर सहमती नगरे त आजाको दिन पनि हेर्न नपाइएला भनेर मैले ओके गरिदिए ।


१ , २ , ३ , दुबैको वेब क्याम खुल्यो म त समुन्द्र मा नै हाम फाले जस्तो भए किनकी उनी अरु कोही नभएर आज भन्दा ५ बर्षा पहिला मेरो यात्रा बाट छुटेकी सहयात्री थीइन् । मेरा आँखा एका एक रसाए उनी त मलाइ हेरेकै हेरै भैइन । म सँग केही सब्द पनि थिएन बोल्ने यती मीठा मीठा गफ गर्ने हामी दुबइ एक एर्कालाइ देखेर नतमस्तक भैइयो । बडो मुस्किल ले सञ्चै हुनुहुन्छ भनेर लेख्दै थिए अचानक उनी अफ लाइन भैइन मैले टाइप गरेको सेन्ड गर्न पनि सकिन । यत्रो ठुलो संसार हामीलाई किन यती सानो भएको होला ? नियती ले पनि किन होला मलाइ सधैं पिडा माथि पिडा दिरहेको छ । निर्जला ( कलात्मक नाम धारी ) मेरी सानु सायद भगवान ले फेरी हाम्रो मिलन गराउन चाहेका थिए होलान तर तिमी यस्पाली पनि आफुलाइ कायर बनायौ हैन । तिमी साँच्चै कायर हौ नानु !!


आजा आखामा बिल्कुलाई निन्द्रा छैन । पुराना कुरा अनी नयाँ कुराको समायोजना गरेर आलोचना पनि गर्दै छु अहँ मन अडिएकै छैन केबल बगिरहेछ नदी जस्तै । हुन त जिन्दगी पनि त नदी नै हो एक्लाई बगेर अनेकौ चट्टान सँग जुध्नुपर्ने .......

अन्त मा नानु तिमी अफ्लाइन भए पनि सधैं म अन लाइन नै हुन्छु किनकी तिमीले जिस्काएको मन तिम्रै प्रतिक्षामा बिलौना गरिरहेको छ बुझ्नु नबुझ्नु आफ्नै तरिका हो । समय ले छुट्टएको हो हामीलाई शायद यही समयले नै मिलाउन खोजेको पनि हुनसक्छ त्यस्सैले यो ब्लग पढ्यौ भने पक्कै उत्तर लेख्ने नै छौ भन्ने आशा लिदै .............

अन्त मा बिजय दशमी २०६६ को हार्दिक मङल्मयी उमङको शुभकामना ल नानु ...
उही तिम्रो हुन नसकेको प्रदिप

3 comments:

आकार said...

excellent...अब के नै गर्न सकिन्छ र ? तर साह्रै मन छुने कथा रहेछ ।

madanAD said...

सायद मायामा यस्तै हुन्छ । छाँया र माया उस्तै हुन रे नजिक पर्दा नहुने टाढै ठिक । जीन्दगीका पानाहरुमा यस्तै यस्तै हुन्छन् । यहाँको कथाका भावनालाई यति त हो पाठकले भन्ने कुरा हैन र ?

Prelude said...

You never know what's next on your journey of life...Nice!