Saturday, March 13, 2010

काठ्मान्डौ देखि धरान सम्मा


मैले बचपन देखि नै पूर्व धुम्ने रहर गर्थे । स्कुले जीवन मा पत्रमित्र गर्दा कयौ साथीहरु ले धरान घुम्न बोलाउनु भएको थियो तर भने जस्तो कहाँ हुन्थ्यो र मैले मन ले चहेर पनि समय र परिस्थिती बस धरान घुम्ने चाहना मन भित्रै पालेर बसेको थिए । झन्डै ८ बर्ष भैसकेको रहेछ मैले धरान जाने कल्पना गर्न थालेको । कसैले धरान यस्तो कसैले उस्तो त कुनै पत्रिकाहरुमा धरान का लाहुरे हरु बिना सुन्य धरान भन्ने समाचार पनि म निकै मन लागाएर पढ्ने गर्थे । साच्चिकै मलाई धरान प्रति एउटा नजानिदो मोह थियो । कसैले घर कहाँ हो भन्दा धरान भने भने म भित्र को चक्षु ठाडो हुने गर्थ्यो । कतार आएको पनि २ बर्षा बितिहालेछ म नेपाल बिदामा जना हिंडे र मन मनै सुर पनि गरे यस्पाली धरान देखेरै छोड्ने छु । मान्छे ले आँटै नगरेर पनि हो क्यारे कतिपय कुरा हरु सधैं अधुरै रहने गर्छन् । मलाई धरान को बारेमा खासै त्यती जानकारी नभए पनि कोही चिनेको मान्छे पनि थिएन मात्र एक जना मित्र हुनुहुन्थ्यो त्यो पनि अन लाइन मा मित्रता गाँसेको । मैले कुरै कुरा मा उहाँलाई एकदिन धरान घुम्न आउदैछु हजुर ले घुमाइदिनु पर्‍यो भनेर । उहाँले पनि हर्दिकता ले स्वागत भन्नु भयो । त्यसैले पनि मैले यसपालीको बिदा धरानै घुमेर मनाउने सोच बनाएको थिए ।

नेपाल पुगेर मैले मित्र जी लाई फोन संपर्क गरे उहाँको परिक्षा चलिरहेको रहेछ त्यसैले मैले अझै १ हप्ता कुर्नु पर्ने भयो धरान देख्न लाई अनी म आफ्नो गाउँ म्याग्दी पुगे । घरपरिवार को रमाइलो त छदै थियो अनी गाउघरमा भएका परिवर्तन तथा बनमा ढकमक्क फुलेको लालिगुरास ले पनि मेरो मन खासै भुलाउन सकेन किनकी मेरो मन धरान जान आतुर थियो । हप्ता दिन पछि मैले संपर्क गरे मित्र जी लाई उहाँ काठ्मन्डुमा पुग्नु भएको रहेछ अनी मलाइ काठमान्डौ मा नै बोलाउनु भयो । म हतारिदै काठ्मान्डु मा पुगे । एक त म अन लाइनमा मीठा मीठा गफ गर्ने साथीलाई भेट्न पाइरहेको थिए भने अर्को उहाकै निमन्त्रणा मा मलाई सानै देखि देख्न मन लगिरहेको धरान जादै थिए । हाम्रो काठमान्डौ मा भेट भो उहाँको हार्दिकताले भरिएको स्वागत मैले सोचे भन्दा पनि निकै बढी भयो त्यसैले पनि म निकै खुशी थिए । हामी भेटेको दिनैमा पसुपती पनि गयौ अनी भोलिपल्ट हामी दुबै बसमा धरान जाने भयौ । मेरो उत्सुकता को बयान शायद यहाँ गरेर नसकिएला पनि जे होस् बाटै भरि गफै गफ गर्दै निकै रमाइलो तथा सफल यात्रा गरियो ।



















धरान पुग्दा सांझ झमक्क परिसकेको थियो हामी बसपार्क मा झर्यौ । मलाई अनौठो पो लाग्न थाल्यो किनकी मैले सुन्दै आएको धरान मैले मनमा जति सोचेको थिए त्यती ठुलो थिएन तर बिजुली बत्तीको उज्यालोमा धरान निकै मुस्कुराउँदै मलाई नै स्वागत गरिरहेको थियो । हामी रेक्सा मा चढेर होटेल आँगन मा पुग्यौ धन्न ले हाम्रो भाग्य भनौ की के हो एउटै मात्र रुम रहेछ । म त बस लागेर (टाउको दुखिरहेको थियो ) रुमा मा बर्लङै पल्टिए तर मित्र जी साह्रै चनाखो र रमाइलो हुनुहुन्थ्यो उहाँको आगाडी मेरो थकाई केही बेर पनि रहेन । हामी केही बेर जिन्दगिका आ आफ्ना भोगाइहरु एक अर्का मा साटासाट गर्यौ अनी खाना खाएर सुत्यौ पनि ।

















नयाँ मित्र नौलो ठाउँ मेरो मन रोमन्चित भैरहेको थियो । मैले पहिला नै धरान र बुढासुब्बा को बारेमा निकै सुनेको थिए त्यसैले पनि कतिबेला बुढा सुब्बा पुगौ पुगौ लागिरहेको थियो अनी मैले मेरो मित्र जी लाई बिहानै उठाए । उहाँ पनि मेरो उत्सुकता देखेर निकै प्रफुल्ल भैरहनु भएको थियो । हामी चिया पिएर हिड्यौ बुढा सुब्बा तिर । मैले सुनेको थिए त्यहा प्रेम गर्ने हरु ले बास को रुखमा नाम लेख्छन अनी यसरी कोरिएका प्रेमी कथा हरु सफल पनि हुन्छन रे ! हो रहेछ म त्यहाँ पुगेर पहिला त्यहि बास का रुखहरु नै हेरे जहाँ अनगिन्ती प्रेम का अक्षर हरु कोरिएका थिए र कोरिदै थिए पनि ।



























मेरो साथीले मलाई जिस्काउदै भन्नु भयो "प्रदिप जी ! यदि हजुर को पनि कसैको नाम लेख्ने इच्छा छ भने लेख्नुहोस् म फोटो लिदेउला " म मुसुक्क हाँस्न मात्र सके किनकी मलाई उहाँले जिस्काइरहनु भएको थियो । म त्यती भाग्यमानी कहाँ छु र राज जी म यति मात्रै बोले अनी फेरी बुढा सुब्बा को भिड्भाड नियाल्न थाले । बढी युबा युबती कै उपस्थिती थियो । लाग्थ्यो त्यहाँ स्कुले तथा क्याम्पस का केटाकेटी हरु नै आफ्ना प्रेमी का नाम बासको रुखमा लेख्न तम्सिरहेका थिए । मैले सोचे के यो बाँसको रुखमा नाम लेख्दैमा के जीवनको यात्रा सफल होला त हैन भने कुन विश्वाश को आधारमा लेखिरहेका छन् त यिनीहरु । जे होस् मनमा मैले पनि नाम लेखौ की जस्तो त भएको थियो तर आँट पनि आएन किनकी कसको नाम लेख्ने त त ? हा.... हा.... हा .....

हामी केही बेर को अबोलकन पछि फर्कियौ होटेल मा । होटेल मा आएर खाना खाए पछि केही बेर आरम गर्न थाल्यौ । मलाई धरान निकै रमाइलो नै अनुभुती लागिरहेको थियो । कठमान्डौ जस्तो भिड्भाड थिएन सान्त अनी रमाइलो सफा धरान । हामी भोलिपल्ट भेडेटार गयौ । त्यहाको टावर बाट धनकुटा बजार निकै रमाइलो देखिदो रहेछ । मलाई सबै भन्दा पनि रमाइलो त त्यहा का होटेल हरुमा गरिने सत्कार निकै मन पर्‍यो । बिना छल्कपट ग्रहाक को सेबा गर्ने बानी वास्तव मै राम्रो हो त्यसको लागि आज पनि म धराने हरुलाई धन्यवाद दिए रहेको छु म यो बिरानो मुलुक मा बसेर बिगत का ती पलहरु सम्झिदै


















मलाई धरान पछि ईलाम जान मन लागिरहेको थियो सो को जानकारी गराए मेरा मित्र जीलाई उहाँले पनि ठिकै छ भन्नु भएको थियो तर हामीले सुन्यौ की १० गते देखि अनिस्चित कालिन बन्द छ रे माओवादी पर्टीको । फरेन फसाद यदि बन्द भयो भने त म त बर्बादै हुने भए किनकी माघ १६ गते घरमा बहिनी को बिबाह थियो । बजार मा निस्केर प्लेन को टिकेट खोज्न थाल्यौ सबै प्याक रे । शायद ब्यापारी ले मौका छोपेका पनि हुन की प्राय यस्तै हुन्छ हाम्रो नेपाल मा किनकी अघिपछी २४ / २५ सय पर्ने टिकेट लाई ५ हजार भनिरहेका थिए त्यो पनि सिट छैन रे । धरान बजार भरिका एजेन्सी सकेर हामी बिराट नगर पुग्यौ त्यहाँ पनि तेस्तै आखिर मार्केट त उही न हो ब्यपारीको लागि । बल्ल बल्ल एउटा एजेन्सिमा गुण एरलाइन्स को एउटा मात्रै टिकेट पाइयो त्यो पनि ३५०० तिरे पछि मात्रै ।














आखिर पछि बन्द पनि फिर्ता पो लिएछन कमरेड हरुले तर मेरो भने ईलाम जाने सपना सपनै रहयो शायद त्यस्तो मौका अनी ती मेरा महान मित्र जी फेरी आउँला नआउला । जब म उहाँलाई बिदाइ को हात हल्लाएर एरपोर्ट भित्र छिरे मलाई जीवन मा पहिलो पल्ट त्यती धेरै पिडाको महसुस भैरहेको थियो । कहीले काँही सिनेमा को पर्दा उतारिएका कथाहरु मेरा जीवन का पाना मा पनि कोरिन पुगे भन्छन् यात्रा ले मानिसलाई धेरै कुरा सिकाउछ भनेर हो रहेछ मैले पनि धेरै कुरा को अनुभब गर्न पाए धरान घुमेर । म त एउटा धरान घुमे तर जीवन मा धरान जस्ता घुम्नु पर्ने ठाउँ धेरै छन नेपाल मा तर हामी नेपाली लाई त्यो अबसर कहाँ नै मिल्छ् र ? आज बिदेसी गल्लिहरुमा लरबराइरहेका पाइलाहरु गन्तब्य बिहिन यात्रा मा तल्लिन हुँदा मलाई आफ्नै देस र देस मा डेढसाँढे पल्टिएका नेता भनौदा हरुलाई थुक्न मन लगिरहेको छ आखिर ! किन तिमी हरु हाम्रो सान्त नेपाल लाई रणभुमी बनाइरहेका छौ हँ ?????




अन्त त मेरो काठ्मान्डौ देखि धरान सममा को यात्रा जीवनको एक अबिस्मरणिय क्षण बनेको छ । जदौ !!!




2 comments:

bhairab said...

pradeep ji
tapai ko yeti lamo katha ma tyo tapai ko sahayatri ko nam pani deekhiyana
ani yetra fota haru ma waha ko foto pani deekhiyana

tesai le garda yo niyatra alik aadhuro bhaya jasto lagayo

otherwise it is nice

malai pani dharan jana man lagayo

प्रदिप said...

Thanks Bhairab ji,,,,

मैले नाम त बिचमा कतै लिएको थिए तर फोटोहरु उहाँकै अनुरोध म राख्न सकिन माफ गर्नुहोला । यो नितान्त नियात्रा हजुर हरुलाई बाँडेको मात्रै हो मजाले पढिदिनु भयो मेरो खुशी को सिमा छैन भैरब जी ।
नमस्ते