Tuesday, December 7, 2010

तिमिले मायालु

धड्कन मा राख्छु भने गीत भनि टारिदियौ तिमिले मायालु 
न वारी न त पारी बीचमै मलाई पारिदियौ तिमिले मायालु

संगै हुने सपना ती बिचार गर्छु भन्थ्यौ मायालु
जीवन बाँड्फाँड गरि मेरै भागमा पर्छु भन्थ्यौ मायालु
आसै आशमा राखी मलाइ रित्तो हात फर्काइदियौ मायालु
के अछुतो थिए कुन्नी सुनपानीले छर्काइदियौ मायालु

जबाफ एउटै सधैं भाका मात्र सारिराख्यौ तिमिले मायालु
न वारी न त पारी बीचमै मलाई पारिदियौ तिमिले मायालु

No comments: