Tuesday, December 21, 2010

आमा मेरी


















आमा
पुष माघ को जाडो मा
तिमिले दिएको मकै
बैशाख जेठको घाम मा
तिमिले खुवाएको मोइ
आज
सम्झिरहेको छु प्रदेस मा रोई रोई ।

साहु को मेला पात बाट
आफु भोकै बसेर धरो मा लुकाइ ल्याएको खाजा 
तिम्रो गुन्यौ को फेरो
समाउदै पाइला टेकेको मेरो बाल्यकाल
आज
मैले तिर्न नसकेको
साहुँको ब्याज + स्याज मा
गहनाइरहेको होला

हुन त सन्तान को माया
कुन बबुआमालाई नहोला र ?
आफ्नो सन्तान कुन अर्घेलो होला र ?
तर पनि
मैले पूरा गर्न नसकेका तिम्रा आशा हरु
मैले फर्काउन नसकेका तिम्रा खुशीहरु
भन्छन् होला सुटुक्क
तिम्रो कानैमा
छोरो बिग्रियो अर्काको छोरी को पछि लागेर  
अन्त त
भन्छ्यौ होला मन नलागेरै बाबा को अगाडी
"एउटा फूल फुटेर गयो"
तर
छोरो टुटेको छैन मेरि आमा
एउटा फूल फुटेको छैन मेरि आमा
मात्र
गन्तब्य को खोजिमा गन्तब्य बिहिन हुन पुगेको छु
सबैको आँखा मा एउटा घिन हुन पुगेको छु
युद्दमा हारेको सैनिक जस्तै सपनहरुमा हारेको छु
बाध्यता आफ्नै छ
तर पनि म पक्कै आउँछु
मेरि आमा
म छिट्टै आउछु ।।
 

No comments: