Saturday, December 11, 2010

"जुन हेर्दै मायालुलाई गीत"















जुन टिपी मायालुको शिर मा लाउने धोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो

पैसा कमाई ल्याउ भन्यौ हाबाइजहाज मा उडिगए
प्रदेसको गल्ली गल्ली तिम्रै यादहरुमा डुबिरहे
न त भोकमा खाना पाए न सुखी निद निदाए
गल्ती ठुलो भयो जिन्दगीमा मैले बाटो बिराए

सुनिदिने छौ की "सानु" बेदनाको पोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो

यही जुन हेरी रात दिन तिम्रै याद् मा टोलाइरहे
"सानु" भनि बरबराउदै सपनिमा बोलाइरहे
तिम्लाइ पाउने आशा राखी औँला भाँची दिन गने
फर्की आउँदा पराइ भैछ्यौ म मदहोसिमा पागल बने

अधुरै भो अपुरै भो तिम्रो हुने धोको मेरो
कस्ले बुझ्ने कस्ले पुछ्ने यहाँ मन रोको मेरो

No comments: