Saturday, August 22, 2009

तिज को रमझम







बिदेसमा बसेपछी अब यो सबै सुबिधा त खोज्नु पनि भएन तर फोटो हरु चोर्न भने पछी चाँही परिन ।







क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले

जती फकाउदा पनि मनै नपग्लिने
डेड फुटे नानी उनी कहिल्यै नअग्लिने
मेरो आँखा के भयो खै उनी मात्रै नाच्छिन
तिज आयो भनेर कम्मर मात्रै भाच्छिन ।

क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले


यो पालिको तिजमा उनको बुद्दी फर्कियोस
तर्किरहने उनको मन मै तिर सर्कियोस
छम्छमि नाच नानु तिज आयो भनेर
छिट्टै आउछ प्रदेसी बस औंला गनेर

क्या राम्री ब्युटिफुल भन्छे मलाई गाउँकी केटीले ।

1 comment:

दूर्जेय चेतना said...

यो गीत खुब सुनियो यस पटक। तपाईको यो गीत पनि राम्रो लाग्यो। तेसो भन्नु भन्दा पनि "क्या राम्रो हेनसम भन्छन मलाई गाउँकी केटीले" भन्नु पर्ला है। हा हा ।
तपाईलाई तीजको शुभकामना सहित