Friday, August 7, 2009

गीत

कसैलाई माया गरे कुन्नी कस्तो भुल भयो
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो

मिल्काउदै छ्यौ मेरो माया बगरको ढुङ्गा जस्तो
भेट्यौ कि त माया कतै सुबास दिने फुल जस्तो
कस्तो मन रैछ तिम्रो काँचुली झै फेरिरहने .....
बनाउने भयौ यो आँखालाई फोटोमात्रै हेरिरहने ....

तिमीलाई मन दिए खै ! कस्तो भुल भयो
पराइको माया तिम्लाई सुबाश छर्ने फुल भयो
तिमीलाई माया गर्ने कस्तो मेरो भुल भयो ।

तिमी बिनाको जिबन भन्दा पिउनै जाती जहर बरु
त्यागी दिन्छु बाँच्छु भन्ने मेरा सबै रहर हरु ......
देख्यौ भने सपनिमा नडराउनु है ! अँधेरिमा
जुन बनी उदाइदिन्छु सधैं तिम्रो माझेरिमा

कसैलाई माया गरे कुन्नी कस्तो भुल भयो
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो

4 comments:

सूर्य/सिकारु said...

गीतले मन छोयो प्रदीप जी । पढीरहन पाइयोस

दूर्जेय चेतना said...

मायाको कुरा यस्तै हुन्छ सायद। कसैले नबुझे पछि मायाको सुनवाई हुदो रहेनछ। कसैले सुने मात्र र कसैलाई अनुभुती गराउन सक्यो भने मात्र मायाको सही मुल्याङकन हुदो रहेछ सायद। तर सधै यसो हुदैन। माया केहि पाउन र कुने कुराको आशामा हैन बरू माया भावना र बिश्वासमा त त भन्छु आत्म सन्तुष्टिका लागि हुनु पर्छ। बस मायाले कसैलाई दुखी बनाउने छैन। तपाईको यो बेदना साह्रै झल्किएको छ यो कबिता वा गीतमा। धन्यवाद राम्रो प्रस्तुतीका लागि।

बेदनाथ पुलामी ( उमेश ) said...

निकै मर्म स्पर्सी .. बेदनाको गित लिएर आउनु भएको रहेछ प्रदिप जी ! माया गर्नु आफैमा भुल होइन जस्तो लाग्छ - मलाइ त |
वास्तविकता नै यस्तै हो त - हजुरको ?

dEEp said...

नमस्कार प्रदीप जी मलाई तपाई को ब्लोग राम्रो लाग्यो । अनि नराम्रो लागोस् पनि कसरी एउटा प्रदीप को कुरा अर्को प्रदीप लाई । बरु हजुर लाई पो मेरो ब्लोग राम्रो नलाग्ने हो कि । त्यसैले क्लिक गर्नुस् www.your1clicksongs.blogspot.com आफ्नो प्रतिकृया छाड्न चै नभुल्नु होला ।
प्रदीप नेपली
टिकथलि, नेपाल