
जिन्दगी न हो बगिरहेछ खोला जस्तै
कहिल्यै नभरिने मगन्तेको झोला जस्तै
कहिले हाँसियो रमाएर कहिले हिडियो आँशु झार्दै
कहिले जितियो खेल केही कहिले आफुसंगै हार्दै
जती भरिदै गयो उती पोखिदै
धेरै र थोरै सधैं जोखिदै .......
जिन्दगी नै हो बगिरहेछ खोला जस्तै
कहिल्यै केही नहुने सधैं होला होला जस्तै
कसैलाई केही सानो कसैलाई के के ठुलो
आफ्नो भने जिन्दगी सधैं चुहिने मात्रै दुलो
तिम्ले भन्थ्यौ टालेर आउ फाटेका भागहरु
माफ गर सकिन पुरा गर्न तिम्रा यि मागहरु
जिन्दगी त हो नि हजुर बगिरहेछ खोला जस्तै
कहिल्यै नभरिने मगन्तेको झोला जस्तै
कहिल्यै केही नहुने सधैं होला होला जस्तै ....

2 comments:
साँच्चै जिन्दगी बगीरहने खोलाजस्तै हो......
एकदम सुन्दर लेख्नुभयो !!!
कहिले हाँसियो रमाएर कहिले हिडियो आँशु झार्दै
कहिले जितियो खेल केही कहिले आफुसंगै हार्दै
एकदमै मिठो गीत रच्नु भएछ यथार्थलाई समेतेर ,वास्तबमा मन छोयो मेरो त..
Post a Comment