
अनुतरित हेराइ बोकेका यि आँखा
सिधा - सिधा
मेरो मुटुमा घुसेर आक्रमण गर्न थालेका छन ।
सिधा - सिधा
दिमाखमा चढिसकेका छन
त्यसैले म नियाली रहन्छु यि हेराइ
म खोतलिरहन्छु ति पर्खाइ
कतै मेरो बाटो कुरेका त छैनन
अहँ .....
कसरी सम्भव छ
हैन असम्भब पनि त के छ
के यो हेराइको भाव त बुझ्न सक्छस ...???
फेरी बुझेर पनि त के गर्न सक्छस र !!!
मेरो चर्मा चक्षु भित्र को यि द्वन्द्र
करण
आखिर यिनै आँखा हरु >
अनौठो हेराई बोकेका यिनै आँखाहरु
अदभुत रहस्य पोखेका यि आँखाहरु
म फगत मा
या त द्रबिभुत भएर ....
या त मदहोसी बनेर
पीइरहेको छु प्यालाहरुमा जिन्दगी को
म पल पल झुमिरहेछु नशा भित्र यि आँखाको
आखिर बुझ्नै गार्हो यि आँखाहरु
जती नै खोजे पनि
आखिर भुल्नै गार्हो यि आँखाहरु .............
4 comments:
साँच्चै गाह्रो हुन्छ भुल्नलाई.....
साच्ची केही त लुकेका छन यि नयाहरुमा प्रदिप जि !जस्को भाब बुझ्नु धेरै गाह्रो र गहिरो छ म जस्तो मान्छेले त बुझ्न पनि सक्दिन ।
साच्चै भुल्ने काम चाही गाह्रौ नै हो है।
प्रदिपजी, तपाईको साईड खोल्दा पप अफ खुलेर हैरान गर्छ। कहिले काहि त अलि असजिलो पाराको पनि हुने गर्छ। यो तपाई आफैले राखेको हो वा कतै बाट यसो हुन गयो प्रतिकृया पाउहै।
दुर्जय सर हेर्नु न मलाई पनि केही थाहा भएन । निकै दु:ख पाएको छु बरु सुझाब पाउन पाए हुन्थ्यो के गरेर पो हटाउन सकिएला ??
Post a Comment