Friday, October 2, 2009

गजलमै प्रदिप भाईलाई उत्तर दिन्छु म


कृष्ण सुबेदी
चितवन नेपाल
हाल : दोहा कतार





(प्रदिप भाईको गजल पढ्दा किन किन मलाई उत्तर खोजे जस्तो लाग्यो त्यो गजल ले हुन त भाईको वास्तविक जिबन के होला त्यसमा आफ्नै परिस्थितीहरु हुन सक्छन तर पनि यो ब्लग भाईले मेहनत गरेर यती सुन्दर बनाउदा पनि यहाँ का रचनाहरु वास्तव मा एक्ला अनी सुन्यतामा रमाइरहेका पाउछु म । त्यसैले यो यती मिठो गजल लाई एक्लिन नदिन म उत्तर लेखेर भाईको ब्लग मा पाहुना बनेर झुल्किएको छु )






सङ्लो मन थियो कसैको धमिलो माया मिसायौ
आफ्नै जुठो मन छ तिम्रो ब्यर्थै म सङ्ग पो रिसायौ ।

रहर गरेका थियौ र पो दिएकी थिय यो चोखो मन
मेरै आँखाँहरु छली बेकारमा किन जहर मिसायौ ।

अझै पनि तिम्रो लागि म रित्तिएकी छैन प्रदिप
माझेरिमै स्वागत छ तिमीलाई, किन आँगनिमा बिसायौ ।

सङ्लो मन थियो कसैको धमिलो माया मिसायौ
आफ्नै जुठो मन छ तिम्रो ब्यर्थै म सङ्ग पो रिसायौ ।

(समाप्त )

1 comment:

Unknown said...

दाजु निकै रमाइलो पाराले उत्तर दिनु भएछ त मलाई त निकै मन पर्‍यो शायद हजुर हरुको माया यसरी नै पाए भने त मेरो ब्लग अनी म एक्लिने कुरै हुँदैन नि है न त ...

धन्यवाद यती मिठो रचनाको लागि आशा गर्छु भबिस्यमा पनि