Wednesday, February 11, 2009

गजल

साँघुरो रहेछ बाटो, अनायासै ठोक्किए म
पुलुक्क हेर्यौ तिम्ले, सर्माउँदै रोक्किए म ।।

लापरबाह देखियौ तिमी, कसो कसो झोक्किए म
याचना गर्यौ तुरुन्तै, त्यसैले पो रोक्किए म ।।

जादुगरी तिम्रा आँखा, नचाहेरै पोखिए म
दुनियाँको नजर यतै, जोगिनलाई रोक्किए म ।।

धुलो छ्याप्ने धेरै हुन्छन, सम्हालिदै चोखिए म
सम्मोहनले तान्न थाल्यो, पाइला चाल्दै रोकिए म ।।
मन कतै अल्झियो र पो .............. ।।।

बिध्धा सापकोटा "निर्जला"
काठमाडौं नेपाल
सम्पर्क :nirjala0008@gmail.com

1 comment:

Anonymous said...

रोक्किएको मन कतै भेट्न पाए हुन्थ्यो बरै !
मनभरिका प्यास कतै मेट्न पाए हुन्थ्यो बरै !!

कस्ती हौली निर्जला देख्न पाए हुन्थ्यो बरै !
जिबनको कथा पनि लेख्न पाए हुन्थ्यो बरै !!

जे भए पनि साह्रै मिठो लाग्यो यो गजल आगामी सफलताको कामना
जिबन
सम्पर्क :