Thursday, February 26, 2009

घाइते मुटु सिएजस्तै भो


















घाइते मुटु सिएजस्तै भो
आँफै टाढा भा का हौ मायालु मैले धोका दिएजस्तै भो !!!

अत्यन्तै मिठो भाकामा अती बियोगात्मक प्रेमी शब्दले भरिएको माथिको यो गीत "झुक्कायो मलाई ढाका टोपिले" नामक लोक गिती एल्बम मा समाबेसी गीत हो र यसकी धनी नबोदित गायिका लक्ष्मी घिमिरे सापकोटा उर्फ सुमित्र हुन । सर्बप्रथम उनिलाई धेरै धेरै धन्यवाद शाहीत आगामी शुभकामना दिन चाहन्छु मेरो यो ब्यक्तिगत ब्लग मार्फत । हामी एउटै गाँउले एउटै स्कुले साथी पनि आज उनको यो नेपाली लोक संगीत प्रतिको मह देख्दा म एकछिन त अचम्मै परे किनकी बिगतमा मैले उनिमा यस्तो संगीत प्रतिको चासो कहिल्यै पनि देखेको थिएन । कहिले काही स्कुलको साप्ताहिक कार्यक्रम मा भाग लिन को लागि अनुरोध गर्दा पनि लाजले गाला रातो पार्थिन उनिले । कहिले हामीहरु झगडा पनि गर्थ्यौ अनी कहिले खुब मिल्थ्यौ पनि त्यो त सबैमा हुन्थ्यो नै । जब हामी हरु ८औ कक्षा पास गरेर ९ मा पुग्यौ उनी अल्ली यो गीत संगीत तिर ध्यान दिन थालेको पाउथे मैले किनकी हाम्रो स्कुलमा प्रया शुक्रबार यस्तै कार्यक्रम हरु हुने गर्थ्यो सदन सदन बिच र म एउटा सदनको लिडर पनि थिए । संयोग उनी पनि मेरै सदनमा परेकी थिइन । एक दिन हाम्रो शुक्रबारे कार्यक्रम मा लोकगित प्रतियोगिता राखिएको थियो मैले उनिलाई शहभागी बनाए । मलाई अझै याद छ त्यतिबेला उनिले गाएको गीत "म्याग्दी खोला झर्यो तिरै तिर सधैं भरी हाँसौला साथीभाइ नभए जिन्दगीमा पिर " अती मिठो थियो त्यो भाका अनी लय पनि । त्यो दिन को पुरुस्कार हाम्रै सदनको पोल्टामा परेको थियो उनको सुरिलो अनी मिठो स्वरले । समय आफ्नै गतिमा थियो हामी आफ्नै गतिमा थियौ । त्यतिबेला SLC दिन को लागि फोर्म भर्न पर्थ्यो ९ कक्षामा अनी अनायासै हाम्रो कक्षामा नाम फेर्ने लहर नै आयो । लक्ष्मी ले पनि साथीहरु सँगै नयाँ नामको न्वारन गरिन सुमित्र त्यसैले माथि मैले लक्ष्मी उर्फ सुमित्र लेखेको हुँ ।
हामीहरुका दिनहरु पनि यसरी नै बित्दै थिए । १०औ कक्षामा पढिरहेको बेलामा एक्कासी उनको बिहे भयो गाउँकै हाम्रै रामु दाई सँग । नारिको जिन्दगी पनि अचम्मको हुदोरहेछ, छोरीबाट सुरु हुने कर्तब्य कसैकी श्रीमती हुँदै ममतामयि आमा भएर जिन्दगी को अभिभार निभाउनु पर्ने हुन्छ अनी सुमित्र (हुन त बिहे पछी सबैले लक्ष्मी नै भन्न थाले ), लक्ष्मी का दिनचार्य पनि उही कर्तब्य बोध बनेर बिते केही बर्षा हरु खै थाहा भएन यो अबधिमा उनिमा संगीत को चाहना कसरी लुकेर बस्न सक्यो हुन त मनिस परिस्थितीको दास हो । म पनि समय र परिस्थितीसँग हातेमालो गर्दै जिन्दगी का चरण हरु पार गर्दै कहिले देसभित्र त कहिले देश बाहिर हुँदै बिताइरहेको छु । मैले आज औंला भाँच्दा थाह भयो उनिसँग भेट हुननसकेको पनि झन्डै ९ बर्षा हरुले डाँडो काटिसकेछन । अहिले बजारमा आएको यो उनको एल्बम देखेपछी उनिलाई यो ब्लग मार्फत शब्दहरुले शुभकामना दिन मन लागेको छ ।

जती गीत सुन्दै छु उती मार्मिक लाग्छ मलाई उनको यो लयको गीत ।

"माया मेरो चङ्गा भो छिनेझै गाइले दाम्लो छोडेर हिनेझै "
जे होस् उनको प्रयास राम्रो छ शायद आशा गर्छु उनका पाइला नरोकिउन कतै गोरेटाहरुमा अनी नल्झिउन कतै चौबाटाहरुमा मेरो शुभकामना
तिमीलाई लक्ष्मी उर्फ सुमित्र जि ।
आगामी दिनहरुमा तिम्रो प्रगतिको शुभकामना शहीत अहिले यही रोकिन्छु ल ......

प्रदिप
दोहा कतार

No comments: