Saturday, February 14, 2009




प्रिया !!
शायद तिमीले भुलिसक्यौ पनि होला त्यही दिन थियो जुन दिन हामी आँफैलाई सबैभन्दा भाग्यमानी ठान्थ्यौ आज त्यही दिन आयो जुन दिन एकले अर्कालाई दोश थुपारेर नदिका दुई कीनार भई बग्नु परेको छ एउटा जिन्दगी । खै ! कसरी मनाउ मैले यो प्रणय दिबस आँखाभरी आशु बगाएर तिम्रो नाम मा ??
आखिर माया भन्ने चिजै यस्तो रहेछ जता ताने पनि नपुग्ने । यता तान्यो उता खुम्चिने , उता उकास्यो यता भात्किने मेरो माया पनि उकासिएर भात्कियो कहिले, मुटुका कुना कुना मा अड्कियो अहिले । यही अड्किने र भत्किने परिधिमा जिन्दगीले पनि तिसौ रेखा हरु सिमान्कन गरिसकेछ । अब के नै छ र मसँग तिमीलाई दिने यो प्रणय दिबसको शुभ साइतमा किनकी म चाहन्छु यि आँखामा भरिएका आशुहरुले कतै तिम्रो खुशीहरुमा हस्तक्षेप नगरुन , तिमी जुन ठाउँ मा छ्यौ त्यही हाशिखुशी रहनु यही मेरो शुभकामना तिमीलाई यो बर्षाको प्रेमी दिबसको परिबेश मा । अतित एउटा आँफैमा कथा हो कतै मिठो इतिहाँस रचेको हुन्छ त कतै तितो अनुभव सँगालिएको हुन्छ,शायद तिम्रो जिन्दगीका पानाहरुमा मेरो कलमले नमिठो सत्यता लेखेछ क्यारे ! समयले पनि पचाऊँन नसकेको यथार्थ तिमीले पचाउने कुरै भएन त्यसैले पनि म अतितमा फर्केर तिम्रो सुन्दर हरियाली जिन्दगीमा सिसिर ल्याउँन चाहन्न ।
अन्त्यमा तिम्रो जिन्दगिमा सधैं खुशीयालिको बहार आओस यही मेरो शुभकामना ……
हरेक बर्षाको प्रणय दिबस मा झै यो बर्षा पनि ल …
प्रदिप

No comments: