Saturday, February 7, 2009

गजल

जिस्काइ यो मनलाई चलेर पो गयौ निस्ठुरी
सल्किएर मुटुभित्र जलेर पो गयौ निस्ठुरी ..


अधुरै भए कठै ! अत्रिप्त मेरा प्यासहरु
आँखाभरी लटरम्म फलेर पो गयौ निस्ठुरी .....


कोरेर छोडिदियौ नाम नमेटिने जिन्दगी यो
प्रतिबिम्ब यो मनकी ढलेर पो गयौ निस्ठुरी .....


चिसा भए हिउँदहरु धेरै बगे बर्षाहरु
औँला भाँच्दै बस !! भनी छलेर पो गयौ निस्ठुरी ......

No comments: