Saturday, February 7, 2009

मेरो पिडा तिम्रो अनुभुती














तिमी सपनामै रमाउछ्यौ प्रिया !!
तिमी कल्पनामै रमाउछ्यौ .....
यता म
आँखाभरी तिम्रो तस्बिर बोकेर
एउटा मिलनको ब्यग्र प्रखाईमा
बादल फाँटे झै मन डुलाएर
औलाहरु भाँचिरहेको हुन्छु
हुन त
तिमी जिन्दगीका हजारौ पहाड चढिसक्दा पनि
म तिम्रो सम्झनाको काँडे तारमै घोचिएको छु
तिमीलाई हिमालले देख्दा पवनले छुदा
म बगरमै तातो बालुवाले पुरिएको छु
आखिर दोस कस्को ........?
तिम्रो सपनाको
य मेरो प्रतिक्षाको ......
सायद ,
तिम्रो खुशी लेखेको कलमले
मेरो ब्यथा लेख्न सकेन
तिमी जस्तै म हाँसेको
बिधताले देख्न सकेन
त्यसैले पनि
तिमी खुशीले उन्माद भै पिङमा मच्चिदा
म बाढिमा हेलिनु परेको छ
कल्पनामै स्पर्श गर्दै तिमी रमाउँदा
म आँखाको डिलबाट चिप्लिनु परेको छ
आखिर !!! मेरी प्रिया..
यथार्थ तिमीलाई तितो भएपनी
कल्पना त मिठो भएको रहेछ
सातै जन्म तिम्रो हुन्छु भन्थ्यौ
एउटै हिउँद चिसो भएछ
ठिकै .....छ ......

No comments: