Sunday, February 8, 2009

के आन्दोलन नै समस्याको समाधान हो त ??




कुनै दिनको सुन्दर शान्त नेपाल आजभोलि हरेक क्षण युद्दमा होमिएको छ । बिभिन्न्न पत्र पत्रीका हरुका मुख्य पृष्‍ठ नै बन्द,हड्ताल, चोरि, लुटपाट जस्ता खबर हरुले रंगिएका हुन्छन । म प्राय: यिनै समाचारले दिक्का नै हुन्छु अनी मनमा एक किसिमको प्रश्नहरु उब्जिन्छ । के साँचिक्कै आन्दोलन नै समस्याको समाधान नै हो त ? के अहिलेसम्म सोचेको उपलब्धी मिलेको छ त यि आन्दोलनकारीहरुलाई ? आन्दोलनको नाममा कसैले राजनीतिक स्वार्थ लुटेको त छैन के यो सबै आन्दोलनमा उत्रिनेहरुलाइ थाहा छ त ? मेरो मनमा जिज्ञाशा हरु ले उथुल् पुथुल् गर्छन् अनी फेरी कम्प्युटर खोलेर my sansar ma निकालिएको यो फोटो हेर्छु केही बेर

मनले सुकै दिदैन अनी ब्लगमा लेख्न बस्छु मनमा उर्लिएका यिनै छालहरु बोकेर सातसमुन्द्र पारी अर्काको देशमा गुलामी गर्दै । कहिले काही सोच्छु कास मेरो देश पनि बिकासित भएको भए आज आफ्नै देशको काखमा बसेर काम गर्न पाउने त थिए । सरसर्ती हेर्छु फेरी तिनै आन्दोलनमा होमिएका अनुहारहरु, आगोमा सल्केका हरुको अनी बिस्फोटन गर्न उत्साहित अबोध शाहसिहरुको तस्बिर । हुन त हरेक कुरामा आ आफ्ना स्वार्थ हुन्छ भन्छन शायद यो लेखिरहनु पनि आफ्नो मनलाई त्रिप्त बनाउने मेरो पनि एउटा स्वार्थ होला नभन्न सकिन्न तै पनी एउटा युबक अनी यो आन्दोलनमा पनि सरिक् हुने धेरै युबकै भएको हुनाले मेरो मनमा यि जिज्ञाशा हरु उठिरहेका छनकी कतै यि युबाहरु कसैको सत्ता टिकाउने यन्त्र बनिरहेका त छैनन । एक्चोटी यिनलाई हेर्ने कि कसरी पुलिस को लठ्ठी को सामना गरेका छन यहाँ ....




यसरी सबै कुराहरुलाई नियालेर हेर्ने हो भने मैले त आन्दोलन गरेर उपलब्धी भएको पाइन कतैपनी किनकी हाम्रै आँखाँ अगाडि जन आन्दोलनका घाइते हरुका पिडाहरु नै ज्वलन्त उदाहरण हुन हैन र ? शायद यिनै आन्दोलनको प्रभाब पनि हुन सक्छ आज युबा जगत बिभिन्न प्रकरण मा होमिदै गैरहेका छन । अपहरण, हत्या, डकैति, चोरि जस्ता कृयाकलापहरुमा युबा हरु प्रेरित भैरहेको स्पस्ट देखिन्छ यस्को नियन्त्रण गर्न सरकार ले कुनै योजना ल्याउला भन्ने आशा समेत गर्न कठिन परिस्थिती छ । आखिर नेता भनाउदा ले आफ्नो कुर्चिको अस्थित्व जोगाउन नै युबाहरुलाई अनेक लोभ देखाएर हतियारको रुपमा प्रयोग गरेको अहिलेसम्मा को ईतिहासले देखाउछ तर हामी जो सडकमा उत्रेर आफ्नै बातावरण लाई धमिलाउछौ त्यो नै हाम्रो कम्जोरी हैन र ? जुन जाती को नाममा गरे पनि, जुन सङ्गठन् खोले पनि आन्दोलन नै हाम्रो प्रमुख कमजोरी हो अनी यही कमजोरी को फाईदा उठाएर नाताबाद र कृपाबाद गर्ने हरुले आफ्नो सक्ती को रबाफ देखाउने मौका पाएका छन । हामी सडकमा उत्रिएर अर्काको स्वार्थको लागि बाटो रोक्ने , टायर् बाल्ने , गाडी फुटाउने गरेर के नेपाली जनताले चाहेको नयाँ नेपाल बन्ला त ? एक चोटि सोच्ने कि हामी सडक तताउने हरुले ?
मेरो यो भावना यदी पढ्नु भयो भने चित्त नबुझेका कुरामा लेख्न चाँही नबिर्सनु है त । तपाईंहरुका भावना हरु को पनि आशा गरेको छु -
प्रदिप
तस्बिरहरु बिभिन्न पत्र पत्रीका बाट सभार गरिएको हो

3 comments:

डीआर न्यौपाने'सूर्य' said...

लौ प्रदिप् जी तपाइको सपनाको संसारमा म पनि समाहित हुन आइपुगे । वास्तवमा लाग्छ जिन्दगि नै एउटा सपनाहरुको कुहिरो हो। सपनाको कुहिरोलाई फटाएर गन्तब्य हासिल गर्नु नै जिन्दगिको यथार्त लक्ष्य हो । खुसि लाग्यो तपाइको सपनाको संसारमा लहरिन पाउदा । प्रगतिको कामना गर्न चाहन्छु ।

Unknown said...

धन्यवाद सिकारु जि मेरो गोरेटो मा पाइला रखिदिनु भएको मा । हो रहेछ जिन्दगी नै सपना जुन बिहानिको किरणसङै बिलाइदिन्छ ।
तपाईंको ब्लग त झन सिक्दै नै सबै जनेको रहेछ ।
तपाईंलाई सधैं well come मेर यिनै सपनाहरुमा .........
प्रदिप

Rasmin Rai said...

Hi how r u? and where are you Pradip G?i had seen your blogger site this is very nice site na