Tuesday, February 24, 2009

नो नम्बर को कल






तेरे नाम हाम्ने लिया .....!!!
मेरो निन्द्रा नै टुट्यो अनी छामछुम गरेर सिरानीमुनी बाट मोबाइल निकालेर हेल्लो भने अर्धनिन्द्रामा
उताबाट हेलो ! प्रदिप लाई पाउन भन्दै एउटा कोकिल नारी स्वर आयो ।
म बोलिरहेको छु को बोल्नुभा होला मेरो उत्तर ।
नमस्ते मलाई चिन्नु भएन ....
म नत्मस्तक भए खै फोनमा मान्छेको अनुहार त आउँदैन क्यारे !
यस्तै हो धन कमाउन लागे पछी .....
हैन साँच्चै भन्नु न को बोल्नुभा हो ! मैले जान्न खोजे
बगेको समय सँगै मान्छे ले मान्छेलाई भुलेपछी खै के भन्नु र .....
उनको यो साहित्य पाराको बोली निकै रहस्यमय थियो । निन्द्रामै फोन पिकअप गरेको ले नम्बर पनि हेरेको थिएन मैले।
अत के खबर छ त तपाईंको तर मैले चिन्न सकिन माफ गर्नु होला है .....
माफ त तपाईंले गर्नु पर्छ मलाई किनकी गल्ती मेरै थियो तपाईं लाई नजिक बाट चिन्नु ...
हैन हजुर को घर कता पर्‍यो त .....
लक्ष्य बिनाको यात्री लाई के थाहा गोरेटाहरु धेरै ठाउँमा अलगिन्छन भन्ने कुर न त ...
हैन यो मेरो उतर त आएन नि मैले उनिलाई जान्ने प्रयास जारी राखे ...
समय ले कसरी मानिसलाइ परिवर्तन गर्दो रहेछ भन्ने कुरा आज देखिरहेकी छु मैले । उनी अझ भाबुकतामा बग्दै थिइन ...
माफ गर्नु होला जिबनमा आजसम्मा यती ठुलो गल्ती गरे जस्तो त लाग्दैन तर तपाईंले बेकारको सँजाए दिन खोजिरहनु भएको छ । मैले उतर जारी राख्छु ......
हो !! ठिकै छ तपाईंको जिबन सफलताले भरिपूर्ण होस भगवान सँग मेरो प्रथाना छ .....
अनायासै लाइन काटियो यता म दङ्दास् परे । निन्द्राले छर्लङ्गै छोडिसकेको थियो, हातको घडी हेरे बिहान को ३ बजिरहेको थियो । मन मनै केलाउन थाले जिबनका अन्तरङ्गहरु अनी बितेका पलहरु । अँह ठम्माउनै सकिन को हो भनेर । स्वर सुन्दा प्रेमको खेती गर्दा बाली नस्ट्र भएको प्रेमी जस्तो लाग्यो । फेरी मैले आफन्त का स्वरहरु सम्झे एक एक गर्दै, मावल तिर त यसरी फोन गर्ने कोही छैनन अनी फुपुतिर बाट सम्झिने त कोही नै थिएनन । स्कुले साथीहरुको कुरा गरु भने पनि सबै बिहे गरेर भन्टा भुन्टी बनाइसकेका आ - आफ्नै ब्यस्ततामा अल्झिरहेका लाई के फुर्सद होला र मसँग जिस्किने । गाउँमा यती धेरै पैसा खर्च गरेर फोन गर्ने को नै होला र म जैरे लाई ।
मन आँफै गह्रौ भएर आयो निकै बेर सोच्दा पनि कुनै जुक्ती भने भेट्टाइन । नजिकै सुतिरहेको साथी घुरिरहेको थियो ।
मन मा झन बेचैनी बढ्न थालयो अनी फोन गर्ने सोच बनाएर incoming call मा नम्बर हेर्न लागेको त no number पो छ ।
निन्द्रा त लागेन नै मनमा अनेक अतितका घटना हरु नाँचिरहे तर केही कतै बाट त्यो नारी स्वर चिन्न सकिन । आँफैलाई दु:ख लाग्यो तर के गर्ने । सोच्दा सोच्दै फिर्रर उज्यालो पनि भयो । तेती बेलै बाहिर गाडीले हर्न बजाउन थालयो .....
ला म त ढिला पो भएछु अनी हतार हतार गर्दा पनि बस त छुट्यो नै अफिस पुगेर हाकिमको गाली समेत खानु पर्‍यो ।
जे भए पनि यती यो मेरो ब्लग तपाईंको सामु पुग्यो अथवा फेरी no number बाट फोन गरेर भए पनि मलाई तपाईंको नम्बर दिनुहोला किनकी म यो किलियर गर्न चाहन्छु सायद् तपाईंले लगाएको दोश मेरो भागमा हैन कि ......
प्रदिप

No comments: