Sunday, January 25, 2009

के प्यलेस्टैनी हरु आतंककारी नै हुन त ?

साँच्चिकै मानिसहरु यतिबेला युद्दमा होमिएका छन बिस्वभरी नै । जसले जती मार्न सक्यो उती उँ बहादुर कहलाउछ क्यारे । त्यसैले नि दिनऊ गोली र बारुद्सँग मितेरी गास्दै छन आजकल मान्छे हरु । जुन देशको हेर्यो उही रगत बगेको देखिन्छ जता छिर्यो उतै चित्कार् सुनिन्छ । के साच्चिकै उपलब्धी मिलेको छ त मार्नेहरुलाई ? आखिर मान्छे बाट नै मान्छेलाई खतरा बढीरहेको छ चारैतिर ।
मैले अल जजिरा च्यानल हेरिरहेको थिए बमको धुँवाले ढपक्कै ढाक्यो मर्नेहरु सबै बालबच्चाहरु अनी बुढाबुढिहरु मात्रै देखिन्थे । मैले मनलाई सम्हाल्न सकिन अनी च्यानल बन्द गरेर मेरी एक प्यलेस्टैनी साथीलाई मेल गरे । उनको मेल पढेपछी मेरो मनमा प्रश्नहरु जेलिन थाले के मर्ने जती सबै आतंककारी हुन ? मर्ने अधिकांस बाल्बच्चा अनी बुढाबुढी हरु छन के यिनिहरुको गल्ती भनेकै प्यालेस्टैनी नागरीक हुनु हो ?

यहाँ मेरी साथीले उपलब्ध गराएका केही दर्दानक तस्बिर हरु हेर्नुहोस् तल । हेर्नुहोस् कसरी इज्राएलले आफ्नो रबाफ देखाएको छ प्यालेस्टैनमा आगो सल्काएर ? के यो नै इज्राएल्को बहादुरी हो ? के यो नै उसको असाहय माथिको बिजय हो ?यतिबेला कहाँ छ अन्तराष्ट्रिय कानुन अनी यू एन ?
कृपया मन लागेको प्रतिकृया पठाएर बहस गरु है त .....




2 comments:

Nina said...

Hi Pradip,

This photos made me really sad... I wish the war will stop... I can't stand watching the news any longer and see the injured children :(

God bless Gaza

Thank you for the post Pradip

Regards,
Nina

Unknown said...

Thanks naina for sweet comment. We should have keep hope it will be peace in Gaja soon.All Media has get chances to write a good news for the Palestrian Peoples.
Wish Gaja will release from war.

Once again Thanks for your comment.

With Regards,
Pradip