Monday, January 12, 2009

किन मार्छन् मान्छे ले मान्छे हरु


आखिर मान्छे को सत्रु मान्छे नै भएपछी कस्को के लाग्छ । यतिबेला दुनियाँ मा मान्छे मार्ने ठुलो होड्बाजि चलिरहेको छ त्यसैले पनि होला आज आफ्नै भनेर विश्वाश गर्ने ठाउँ पनि भएना । नेपाल पहिले निकै सान्तिको नामबाट विश्वामा कहलिएको देश अहिले असान्ती असुरक्षा मा नम्बर वन मा पर्छ । यहाँ मान्छे मार्नको लागि कुनै कसैलाई डर लाग्दैना किनकी यसको पछाडि राजनीति का ठेकेदार हरुको हात हुन्छ त्यसैले पनि अपराध गर्ने अपराधी ढुक्कले छाती फुलाएर झन ठुलो अपराध को खोजिमा हिडिरहेको हुन्छ भने उता नेता भनाउदा हरु आयोग खडा गरेर राष्ट्र को ढुकुटि रित्याउने दाउमा हुन्छन । हेर्नुस् आज राज्यले फेरी अर्को दु:खद घडीको सामना गर्नु पर्नेछ किनकी यहाँ २ । ४ दिन जुलुस निकलिनेछन , टायर् बालेर सडक अबरुद्द पारीने छ, अनी नेता जि भन्नेछन हामी अपराधी लाई जनता को अगाडि कारबाही गर्नेछौ.......यसरी नै यहाँ धेरै उमा हरु को समाप्ती भएको छ र धेरै उमाहरु समाप्ती हुँदैछन किनकी कानुनका रखवालाहरु नै कानुनको अबहेलना गरिरहेछन मात्रा कुर्चिको लोभमा । हुन त मेरो ब्लग न्युज लेख्ने गर्दैन यहाँ थाकेका मनहरु अनी सपना बोकेका तनहरु मच्चिरहेका हुन्छन तर पनि आजा एउटी रेडियो पत्रकार अनी निस्वार्थ कलम चलाऊने मानिस मारिएको खबरले मेरो मन क्षत बिक्षत बनेको छ । उमा तिम्रो मिर्त आत्माको चिर शान्तिको कामना गर्दछु यो मेरो ब्लग मार्फत ........
प्रदिप
सपनाहरु
(फोटो साभार् : दैनिकी डट कम )

1 comment:

dipak thapa said...

आहा कती राम्रो
तपाईं बिचार... ,
मलाई मन पर्‍यो | नेपाल को जल्दो बल्दो यर्थाथ लाई पस्किनु भय्को म धेरै धेरै धन्यबाद तपाईं लाई ...
हाम्रो नेपाल को बातावरण नै यस्तै जुन जोगी आएे पनि कनै चिरेको उखान आज पनि ब्यप्त छ |
नेपाल बारे म सोच्ने मात्र होइन त्यसको उपचार लागि पनि केही ल्कम गर्नु पर्छ ले ।।
यो लेख असाध्यै राम्रो लाग्यो |
यस्ता कुरा बुझ्ने ले किन बुझ्दैन करण के होला ?