Sunday, January 18, 2009


दुई दिनलाई सँगै भयौ ...
अनायासै डाँडा काट्यौ ....
भन ! कस्तो माया लायौ ॥?
बादल जस्तै तिमी फाट्यौ ।

खै ! कस्तो माया लायौ
बादल जस्तै तिमी फाट्यौ
खै ! कस्तो माया लायौ ...?
बरै ! मलाई जिउँदै मार्यौ ...
यो दुखिलाई रुवाँइ छाड्यौ ।

आँखा बाट आशु झरे बिरहको कथा लेख्थे
मनभित्र पहिरो जाँदा कठै ! मलाई कस्ले देख्थे
सँगै मरम सँगै बाँचम भन्ने पनि तिमी थियौ
दिनभर त सँगै थियौ साँझपख कता गयौ ...?
भन कस्तो माया लायौ ...?
झुट्टा कसम किन खायौ ॥?

पुरानो भो मेरो माया ठिकै छ नि नयाँ खोज्यौ
दौलतको तराजुमा चोखो मेरो माया माया जोख्यौ
दुनियाँ ले जे जे भने आफुलाई नि उतै मोड्यौ
तिर्खाएर प्यास मेट्यौ बगरमा मलाई छोड्यौ ।
किन यस्तो चाल् चाल्यौ ...?
भन कस्तो माया लायौ ...?
सधैं भरी रुने पार्यौ ....
बरै ! मलाई जिउँदै मार्यौ ।

No comments: