Friday, January 23, 2009

माया



माया मार्यौ बैगुनिले मन भयो खल्लो बरै !

हिजो डुल्ने एउटै बाटो आज भयो पल्लो बरै !


कस्को आँखा लागे कुन्नी निस्छल हाम्रो माया माथि
गुँड पनि सुन्य लाग्छ टुहुरो भयो चल्लो बरै !


दुनियाँले कुरा काट्दा मुटु दुख्छ फुटेसरी
ढुङ्गा भन्दा झनै साह्रो बेदनाको डल्लो बरै !


जती भुल्यो उती बढ्ने नशै रैछ माया पनि

निश्ठुरिको आँखाभित्र मेरो जिबन झल्लो बरै !


माया मार्यौ बैगुनिले मन भयो खल्लो बरै !

हिजो डुल्ने एउटै बाटो आज भयो पल्लो बरै !

No comments: