Friday, January 30, 2009

माया को मोल नबुझ्ने

हर खुशी छोडेर तिमीलाई अङ्गाले
शायद तीमी नै मेरो जिन्दगी हौ भनेर
छोडेर गएउ आज मलाई
सस्तो माया लाउने भनेर

मेरो माया सस्तो होइन
माया को ओईरो लाउनु मेरो भूल भयो
आखिर तिमी मेरै थिएउ भने
माया मा कन्जुसियाई गर्नु किन पर्‍यो ?

दिल खोलेर माया दिएँ
मन खोलेर माया लाएँ
सुख सबै पाखा लागाइ
हाँसि हाँसि दु:ख अङ्गाले

तर बैमानी रैछौ तिमी त
माया को मोल नबुझ्ने
मेरो चोखो माया लाई
सस्तो बचन् लगाउने

From Sima's Blog

No comments: