Wednesday, January 21, 2009

तिमीलाई



राँख बनाउ बरु म जल्न
सकु सस्तो बनाइदेउ बरु म बिक्न सकु
तर,
बजारमा नै नबिक्ने
जल्न खोज्दा नजल्ने नबनाउ
गोली हानी मरिदेउ बरु
घाइते नबनाइदेउ .......
ह्वार बली डढोस्
बरु पानी नखनाइदेउ
तर,
बल्न खोज्दा नबल्ने
मर्न खोज्दा नमर्ने नबनाइदेउ
पिडाले मदहोस्
छटपटिले बेहोस् छु
पारी तर्नु छ मलाई
सक्छौ यदी तिमी सक्छौ नै भने
तारिदिने माध्यम बन
ताकी तरिदिने नाँउ उपनाम दिउं तिमीलाई ।

स्रिजना सिरु
काठमाडौं

1 comment:

Anonymous said...

सरहै राम्रो कबित छ
फोटो पनि तेस्ताइ राम्रो लगयो मलाई त
तपाईं कुनै मोडेल हो र
कहाँ दखे जास्तो लगयो मलाई त
please reply me

I want to be ur close friend

ram bhakta chaudhary
h_bhairab_i@yahoo.com