Monday, April 27, 2009

मेरो साथी को मेल बाट

निकै भएको थियो ब्यस्तताले ईमेल अपडेट पनि गर्न पाएको थिएन । आज अलिकती भए पनि गर्नु पर्‍यो भनेर यसो मेल बक्स चेक् गर्दै गरेको मेरो सहक्रमि साथी तथा मेरा सिनियर इन्जिनिएर दिपेश जि ले ईमेल फरवार्ड गर्नु भएको छ जती हेर्यो उती हाँस्यस्पद तथा यथार्थ परक खुराक रहेछ हामी नेपाली हरुले नेपालमा भोगेको । कुरा के परेछ भने साथीले एक दिन एउटा पुरानो कलेजको साथी लाई एक्कासी अन लाइन मा भेट्नु भएछ र सोध्नु भएछ साथी धेरै भयो यार संपर्क नभएको अनी के छ त तिम्रो खबर । अनी उता बाट साथीले केही नलेखी यो तलको कार्टुन सेन्ड गरिदिनु भएछ अनी उहाँ लाई एक मन त् निकै हाँसो पनि लागेछ तर अर्को मन आफ्नो देशको कटु यथर्था देख्दा नरमाइलो पनि लागेछ । हुन त यो स्थितिलाई मध्यानजर राख्दा कसलाई पो सामान्य लाग्ला र तर पनि यही सामन्य नलागोस भनेर जनताले विश्वाश को छाप मारेर सदन भित्र छिराएका नेता हरुको लडाईं देख्दा के भन्नु र खै । यस पाली दिपेश जि लाई नरमाइलो लागेको यो कार्टुन ले कतै हाम्रा नेताहरु लाई पनि नरमाइलो लागिदिए कस्तो हुन्थ्यो है ।





















धन्यवाद दिपेश जि लाई जे भए पनि कार्टुन को लागि । अनी आशा गरु हामी नेपाली जनताले भोग्नु परेको यो दुर्दशा छिट्टो पार होस् यही र यिनै सपनाहरु बाट है त तर सम्प्रक तथा प्रतिकिर्या गर्न चाँही नभुल्नु होला नि !!!

प्रदिप

3 comments:

Unknown said...

हुन त मैले यो कार्टुन पहिला नै हेरिसकेको थिएँ तर तपाँईको ब्लगमा हेर्न पाउँदा रमाईलो लाग्यो॥ के गर्नु, हाम्रो देशको स्थिति नै यस्तो छ

प्रबिण थापा said...

caarton herdaa ta ramailai lagyo tara yasako maram bhane pidaadayi chhan asaa garau yo bastabikataale chadainai dado kaatos .

दूर्जेय चेतना said...

हा हा बढो गजब लाग्यो ल कार्टुन, कस्तो मिलेको है जोडी